नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य अङ्कले वृद्धि भएको छ। अघिल्लो कारोबार दिन मंगलबार पनि सामान्य अङ्कले वृद्धि भएको नेप्सेले सोही क्रमलाई निरन्तरता दिएको हो।
बुधबार नेप्से परिसूचक १.८६ अङ्कले बढ्दै २६८५.७३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ०.२५ अङ्कले वृद्धि भएको छ भने फ्लोट इन्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२४ अङ्कले बढेको छ।
नेप्से परिसूचकसँगै बजार कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन ७ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा बुधबार ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन ३०७ कम्पनीका १ करोड ५५ लाख २० हजार कित्ता शेयर ८२ हजार ८०५ पटकको कारोबारमार्फत किनबेच भएका छन्।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। कम्पनीको ३९ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, सिईडिबी होल्डिङ्सको ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने रिभर फल्स पावरको करिब ३१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक वृद्धि भएको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूह सर्वाधिक १.५६ प्रतिशतले बढेको छ। विकास बैंक र लगानी उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। घटेका उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।
बुधबार बजार सूचक सामान्य वृद्धि भए पनि कारोबार रकममा सुधार देखिएको छ। स्टकहरू मिश्रित रूपमा चलेका छन् भने केही कम्पनीहरूको शेयर मूल्य उल्लेखनीय रूपमा बढेको छ।