विदेशी विनिमय सञ्चिति पौने तीन खर्ब बढ्यो
२१ माघ २०८१
•
५ मिनेट पाठ
विदेशी विनिमय सञ्चिति पौने तीन खर्ब बढ्यो
मुलुकको आन्तरिक अर्थतन्त्र मबजुत हुन नसकेपछि अर्थतन्त्रका बाह्य सूचक मजबुत भएका छन्। विदेशी विनिमय सञ्चिति, रेमिटेन्स आप्रवाह, सोधनान्तर लगायतका सूचक सकारात्मक रहेका छन्।




नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात धान्न सक्ने अवस्थामा पुगेको छ। चालु आर्थिक वर्षको ६ महिनामा विदेशी विनिमय सञ्चिति करिब पौने तीन खर्ब रूपैयाँले बढेको छ।

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई पुस मसान्तमा २३ खर्ब १६ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा पुस मसान्तमा  १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गतअसार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रूपैयाँ रहेकोमा पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड रूपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न प¥याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

पछिल्ला दुई आर्थिक वर्षमालगातार उच्च वृद्धि देखिएको विप्रेषण आप्रवाह चालु आर्थिक वर्षमा भने गत वर्षकै अवस्थामा देखिएको छ। चालु आर्थिक वर्षको ६ महिनामा सात खर्ब ६३ अर्ब आठ करोड रूपैयाँ रेमिट्यान्स आएको छ। जुन गत आवको सोही अवधिको तुलनमा ४.१ प्रतिशतले बढी हो।

मंसिरसम्म ६ खर्ब ४० अर्ब ४३ करोड रहेको रेमिट्यान्स पुसमा एक खर्ब २२ अर्ब ४३ करोड रेमिट्यान्स आएको हो। चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ३० हजार चार सय ३९ र पुनःश्रम स्वीकृति लिनेको संख्या एक लाख ६२ हजार ६ सय २८ रहेको छ।

गत आवको सोही अवधिमा वैदेशिक रोजगारीमा जान अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या दुई लाख ६ हजार तीन सय ९० र पुनश्रम स्वीकृति लिनेको संख्या एक लाख ३३ हजार नौ सय ४० थियो।

समीक्षा अवधिमा चालु खाता एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोहीअवधिमा चालु खाता एक खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर चार अर्ब २९ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन अर्ब ११ करोड रहेको थियो। यसैगरी समीक्षा अवधिमा ६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आप्रवाह चार अर्ब ५४ करोड रहेको थियो।

त्यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोड रूपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तरस्थिति समीक्षा अवधिमा एक अर्ब ८२ करोडले बचतमा रहेको छ।

यसैगरी, समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोड रूपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रूपैयाँ रहेको थियो।

त्यसैगरी समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई एक खर्ब एक अर्ब ९२ करोड रूपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्पmको व्यय ५६ अर्ब ८३ करोड रहेको छ। अघिल्लो वर्षको सोहीअवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रहेकोमा शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड रूपैयाँ रहेको थियो।

चालु आवकोे छ महिनामा सरकारको कुल खर्च ६ खर्ब ६७ अर्ब ६० करोड रहेको छ। समीक्षा अवधिमा चालु खर्च चार खर्ब ५२ अर्ब, पुँजीगत खर्च ५६ अर्ब ९४ करोड र वित्तीय व्यवस्था खर्च एक खर्ब ५८ अर्ब ६६ करोड रूपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंक तथावित्तीय संस्थाहरूमा रहेको निक्षेप दुई खर्ब ३९ अर्ब  ६ करोड (३.७ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन खर्ब ७७ अर्ब सात करोड (६.६ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ।

वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जाको ब्याजदर ३९ महिना यताकै सस्तो भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा बैंकहरूले कर्जा प्रवाह गर्दा लिने भारित औषत ब्याजदर ८.६९ प्रतिशत थियो।

३९ महिनापछि अर्थात् पुस मसान्तसम्ममा पनि बैंकहरूको भारित औषत ब्याजदर ८.६९ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८१ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत रहेको छ।

महँगी बढ्यो

नेपाल राष्ट्र बैंकका अनुसार पोहोरको तुलनामा मूल्यवृद्धि बढेको छ। चालु आवको पुस मसान्तसम्म उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रा स्फीति ४.१९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोहीअवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २८.५२ प्रतिशत, घ्यु तथा तेलको १०.६७ प्रतिशत, दाल तथा गेडागुडीको ९.४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ भने मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.१२ प्रतिशतले घटेको छ।
अर्को समाचार
विश्व अर्थतन्त्र बिथोल्दै अमेरिका-चीन व्यापार युद्ध
२८ चैत्र २०८१
•
५ मिनेट पाठ
विश्व अर्थतन्त्र बिथोल्दै अमेरिका-चीन व्यापार युद्ध
चीनमाथि अमेरिकी कर १२५ प्रतिशत पुर्‍याइएपछि दुई देशबिच व्यापार युद्ध चर्किने र यसको प्रभाव विश्वव्यापी हुने देखिएको छ।




यसअघि चिनियाँ सामानमा अमेरिकाले २० प्रतिशत कर लगाएकोमा गत साता मात्रै राष्ट्रपति डोनल्ड ट्रम्पले थप ३४ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। यो घोषणा अप्रिल ९ देखि लागु हुने भनिएको थियो तर यो व्यवस्था लागु हुनुभन्दा केही घण्टाअघि ट्रम्पले ५० प्रतिशत कर अझै थप गर्ने घोषणा गरे। यसरी चिनियाँ सामानको आयातमा कुल अमेरिकी कर १२५ प्रतिशत पुगेको छ।

यसको प्रत्युत्तरमा चीनले बुधबार अमेरिकी वस्तुहरूमाथिको कर ५० प्रतिशतबाट बढाएर ८४ प्रतिशतमा पुर्‍याएको छ। ट्रम्पले विश्वका अन्य कतिपय देशका लागि पनि पारस्परिक कर (रेसिप्रोकल) लगाउने घोषणा अप्रिल २ मा गरेका थिए।

ट्रम्पको यो कर प्रावधानले विश्व नै आर्थिक मन्दीतर्फ उन्मुख हुने आकलन गरिएको थियो। तर बुधबार अकस्मात् उनले चीनबाहेक अन्य राष्ट्रलाई लगाउने भनिएको पारस्परिक करलाई ९० दिनसम्म रोक्ने र तत्काललाई १० प्रतिशत कायम गर्ने घोषणा गरेका छन्। ट्रम्पको अचानक निर्णय परिवर्तनले अमेरिकी सेयर बजारमा बुधबारको कारोबारमा ऐतिहासिक उछाल देखिएको छ। तत्काललाई पारस्परिक कर नलगाउने घोषणाले अन्य देशहरूले राहतको सास फेरेका छन्।

ट्रम्पको यो घोषणापछि अमेरिका र एसियाली सेयर बजारहरूमा राम्रो वृद्धि देखिएको छ। अमेरिकी सेयर बजारको सूचकांक एसएन्डपी (५००) मा ९.५ प्रतिशत, नासड्याकमा १२.२ प्रतिशत र डाउ जोन्समा ७.९ प्रतिशतले बढोत्तरी देखिएको छ।

यसैगरी एसियाली बजारहरूमा जापानको निक्की (२२५) मा ८.६ प्रतिशतले दक्षिण कोरियाको कोस्पीमा ४.८ प्रतिशतले, ताइवानको ताइएक्समा ९.३ प्रतिशतले र अस्ट्रेलियाको एएसएक्स (२००) मा ५ प्रतिशतले बढोत्तरी देखिएको छ। सेयर बजारका जानकारहरूका अनुसार ट्रम्पले दिएको यो राहतले बजारको भावनालाई ‘डरबाट उत्साह’मा परिवर्तन गरेको छ। यद्यपि खतरा अझै टरेको छैन।

विशेषगरी विश्वका दुई ठुला अर्थतन्त्र चीन र अमेरिकाबिच टकराव बढेको छ।

ट्रम्पको ताजा घोषणाप्रति चीनले ‘चुपचाप’ नबस्ने बताएको छ। चीनको सरकारी मिडिया सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘जब आफ्ना जनताको वैध अधिकार र हितमा चोट पुर्‍याइन्छ, चीन सरकार चुपचाप बस्नेछैन।’

अमेरिका र चीनबिचको द्विपक्षीय व्यापार गत वर्ष करिब पाँच सय ८५ अर्ब डलर थियो। अमेरिकाले चीनबाट चार सय ४० अर्ब डलर बराबरको आयात गरेको थियो भने चीनले अमेरिकाबाट एक सय ४५ अर्ब डलर बराबरको आयात गरेको थियो।

त्यसो त पहिलो पटक राष्ट्रपति हुँदा पनि ट्रम्पले चिनियाँ वस्तुहरूमा भारी कर लगाएका थिए। उनका उत्तराधिकारी राष्ट्रपति जो बाइडेनले यी करलाई कायम राखेका थिए। यिनै करका कारण अमेरिकी आयातमा चीनको योगदानमा कमी आएको थियो।

सन् २०१६ मा कुल अमेरिकी आयातको २१ प्रतिशत हिस्सा चीनले लिएको थियो तर गत वर्ष यो घटेर १३ प्रतिशतमा खुम्चिएको थियो। त्यसैले व्यापारमा चीनमाथि रहेको अमेरिकी निर्भरता पछिल्लो एक दशकमा कमी आएको छ।

कतिपय विश्लेषकहरूका अनुसार अमेरिकामा हुने चिनियाँ सामानका कतिपय निर्यातहरू दक्षिण पूर्वी एसियाली देशहरूमार्फत हुने गरेका छन्। उदाहरणका लागि ट्रम्पले चीनबाट आयात हुने सोलार प्यानलमा सन् २०१८ मा ३० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। तर अमेरिकी वाणिज्य विभागले २०२३ मा जनाए अनुसार चीनका सोलार प्यानल निर्माताहरूले मलेसिया, थाइल्यान्ड, कम्बोडिया, भियतनाम जस्ता देशहरूमा आफ्नो एसेम्बली स्थापना गरिसकेका थिए र ती देशहरूको बाटो हुँदै उत्पादनहरू अमेरिका पठाइएका थिए। यसरी चीनका कम्पनीहरू करको प्रभावबाट बच्न सफल भएका थिए।

सन् २०२४ मा अमेरिकाबाट चीनमा निर्यात हुने मुख्य वस्तुहरूमा सोयाबिन, फर्मास्युटिकल्स र पेट्रोलियम पदार्थहरू पर्छन् भने चीनबाट अमेरिकामा निर्यात हुने सामानमा ठुलो मात्रामा इलेक्ट्रोनिक्स, कम्प्युटर र खेलौनाहरू छन्। इलेक्ट्रिक गाडीहरूका लागि आवश्यक ब्याट्रीको ठुलो हिस्सा पनि चीनले निर्यात गर्छ। चीनबाट अमेरिकामा हुने कुल निर्यातको ९ प्रतिशत हिस्सा स्मार्टफोनले लिएको छ।

यी स्मार्टफोनहरूको ठुलो हिस्सा अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलका लागि बनाइन्छ। यही कारणले चीनमाथि अमेरिकी कर लगाइएपछि पछिल्ला साताहरूमा एप्पलको सेयर बजारको मूल्य सबैभन्दा बढी घटेको छ। गत एक महिनामा मात्रै यसको सेयरमा २० प्रतिशतसम्म गिरावट आएको छ।

पहिलो कार्यकालमा ट्रम्पले चीनलाई २० प्रतिशत कर लगाएपछि अमेरिकामा चीनबाट आयातित सामानको मूल्य ह्वात्तै बढेको थियो। अब आएर सबै चिनियाँ वस्तुहरूमा १२५ प्रतिशत कर लाग्दा अमेरिकामा यसको असर धेरै गुणा बढी हुने विश्लेषकहरू बताउँछन्। यही स्थिति चिनियाँ उपभोक्ताले बेहोर्नुपर्ने देखिएको छ।

अमेरिकी निर्यातमा जवाफी कर लगाउँदा चीनमा पनि कतिपय सामग्रीको मूल्य बढ्नेछ र चीनका उपभोक्ताहरूमा यसको प्रत्यक्ष मारमा पर्नेछ। तर करका प्रावधानबाहेक अन्य माध्यमबाट यी दुई देशसँग एकअर्कालाई नोक्सान पुर्‍याउने अन्य उपायहरू पनि छन्।

उदाहरणका लागि अमेरिकी उद्योगहरूका लागि आवश्यक पर्ने तामादेखि लिथियमजस्ता धातु रिफाइन गर्ने कार्यमा चीनको मुख्य भूमिका छ। बेइजिङले यी धातुहरूलाई अमेरिका पुग्न बाधा पुर्‍याउन सक्छ। यसअघि नै चीनले जर्मेनियम र ग्यालियम जस्ता दुई धातुमा यस प्रकारको अवरोध गरिसकेको छ। यी दुवै धातु सेनाले थर्मल इमेजिङका लागि प्रयोग गरिन्छ।

यसैगरी पूर्वराष्ट्रपति जो बाइडेनले सुरु गरेको ‘टेक्नोलोजिकल ब्लकेड’लाई अमेरिकालले अझ कडा पार्न सक्ने देखिएको छ। यसो गर्दा चीनलाई ‘एडभान्स्ड माइक्रोचिप्स’ आयात गर्न अझ कठिनाइ हुन सक्छ। यी सामग्री आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता एप्लिकेसनहरूका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। चीनले यस्ता सामग्री अझै आफैंले बनाउन सकेको छैन।

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफका अनुसार यस वर्ष कुल विश्वव्यापी अर्थतन्त्रमा अमेरिका र चीनको अर्थतन्त्रको हिस्सा करिब ४३ प्रतिशत छ। यदि यी दुवै देशबिच व्यापक व्यापार युद्ध भयो भने यसले दुवैको विकास दरलाई सुस्त बनाउनेछ अथवा उनीहरूलाई मन्दीतर्फ धकेल्न सक्छ। यसबाट उत्पन्न सुस्त विश्वव्यापी विकास दरले अन्य देशका अर्थतन्त्रलाई पनि नोक्सान पुग्नेछ। विश्वव्यापी लगानीमा पनि नकारात्मक असर पर्ने विज्ञहरू ठान्छन्।

यसैगरी यो सम्भावित व्यापार युद्धका अन्य खतरा पनि छन्। विभिन्न वस्तुको विश्वको सबैभन्दा ठुलो उत्पादक राष्ट्र चीन हो र यसले घरेलु मागभन्दा धेरै ठुलो स्तरमा विभिन्न वस्तुको उत्पादन गर्छ। चीनले घरेलु सहुलियत र मन पर्ने कम्पनीहरूलाई कम ब्याजमा ऋण दिएर सस्तो हिसाबले वस्तुहरूको उत्पादन गर्छ। स्टिल यसको एक उदाहरण हो।

अब यस्ता उत्पादन अमेरिका नपठाइएको अवस्थामा चीनका कम्पनीहरूले तिनीहरूलाई अन्य देशहरूमा ‘डम्प’ गर्न सक्छन्। एकातिर यो आम उपभोक्ताका लागि लाभदायक हुन सक्छ तर यो डम्पिङले ती देशका उद्योगहरूलाई नराम्रो असर पर्नेछ। यसले त्यहाँ रोजगारी गुम्नेछ र बेरोजगारी बढ्नेछ। चीन र अमेरिकाबिच खुला व्यापार युद्धको क्षति विश्वव्यापी स्तरमा हुनेछ।  (बिबिसीमा आधारित)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस