बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से ११.१० अंकले घट्दै २६५४.३५ विन्दुमा पुगेको छ।
बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार नौ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार घटेर सात अर्ब ८५ करोड रुपैयाँमा सीमित भयो। कारोबार रकममा एक अर्ब ३५ करोड रुपैयाँको कमी आएको हो।
बिहीबार ३१८ वटा धितोपत्रको १ करोड ५१ लाख चार हजार ३३ कित्ता सेयर किनबेच भएको छ। ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, र सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ। यस्तै, सुपरमादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले घटेर क्रमशः १,२४७.४० रुपैयाँ र ९७९.२० रुपैयाँमा झरेको छ।
बिहीबार सबैभन्दा बढी कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भयो। यस कम्पनीको प्रतिकित्ता १,५०० रुपैयाँमा ३० करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जुन अघिल्लो दिनको तुलनामा ९.८९ प्रतिशतले बढी हो।
दोस्रो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर रह्यो, जसको २१ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर १,२१० रुपैयाँ प्रतिकित्ताका दरले कारोबार भएको छ।
बिहीबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा वृद्धि देखियो। तर, बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्सेमा गिरावट आयो। वित्त समूहको परिसूचक सर्वाधिक २.४३ प्रतिशतले घटेर सबैभन्दा कमजोर प्रदर्शन गर्यो।