लुम्बिनीमा ४६ प्रतिशत उद्योगको औसत क्षमता
०६ माघ २०८१
•
५ मिनेट पाठ
लुम्बिनीमा ४६ प्रतिशत उद्योगको औसत क्षमता
नेपालगन्जमा सञ्चालित तारजाली उद्योग। तस्बिर: गणेश/नागरिक
पछिल्लो समय औद्योगिक क्षेत्रको विकासमा लम्किँदै गएको लुम्बिनी प्रदेशमा यहाँका उद्योगको औसत क्षमता उपयोग ४६.४१ प्रतिशत देखिएको छ।




नेपाल राष्ट्र बैङ्कले यहाँका २७ उद्योगलाई समेटी प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेद तयार पारि सार्वजनिक गरेको छ।

यस प्रतिवेदनमा लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाको कृषि, उद्योग, सेवा, पूर्वाधारलगायतका अन्य विषय समेटी निर्दिष्ट ढाँचामा तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण गर्नुका साथै क्षेत्रगत चुनौती र सम्भावना समेटिएका थिए। उक्त प्रतिवेदन तयार गर्दा प्राथमिक तथा द्वितीय तथ्याङ्कको प्रयोग गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।

गत वर्ष यो क्षमता उपयोगी प्रतिशत ५६.३६ प्रतिशत थियो। अध्ययनमा समेटिएका उद्योगमध्ये सबैभन्दा बढी रोजिन उत्पादन गर्ने उद्योगले ९२.४३ प्रतिशत र सबैभन्दा कम साबुन उत्पादन गर्ने उद्योगले २.४१ प्रतिशत क्षमता उपयोग गरेका छन्।

लुम्बिनी प्रदेशको क्षेत्रगत हिस्सा राष्ट्रिय तथ्याङ्क कार्यालयको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर उपभोक्ता मूल्यमा ४.०५ प्रतिशत पुग्ने अनुमान रहेको छ भने गत आर्थिक वर्ष यस्तो वृद्धिदर १.९९ प्रतिशत रहेको संशोधित अनुमान छ।

आर्थिक वर्ष २०८०/८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान १४.२६ प्रतिशत रहने अनुमान रहेको छ। त्यसैगरी, कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाई क्षेत्रगत रुपमा हेर्दा आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै विद्युत् क्षेत्रको २८.९३ प्रतिशत रहने अनुमान गरिएको छ भने सबैभन्दा कम उत्पादनमूलक उद्योगमा –१.४३ प्रतिशत हुने अनुमान गरिएको छ।

औद्योगिक वर्गीकरणका आधारमा प्रादेशिक अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी २९.६३ प्रतिशत रहने अनुमान रहेको छ भने सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको ०.३४ प्रतिशत रहने अनुमान छ।

नमुना छनोटमा परेका उद्योगमध्ये कच्चा पदार्थको सहजताका साथै बजार माग वृद्धि भएका कारण रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९२.४३ प्रतिशत र साबुन उद्योगकोकच्चा पदार्थको गुणस्तरमा आएको कमीका कारण सबैभन्दा कम २.४१ प्रतिशत क्षमता उपयोग गरेका छन्।

समीक्षा वर्षमा औद्योगिक उत्पादनतर्फ सबैभन्दा बढी बिजुलीको तारको उत्पादन ५५.४३ प्रतिशतले वृद्धि भएको छ। समीक्षा वर्षमा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ४.४४ प्रतिशतले वृद्धि भएको छ। जसमध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन र गैरखाद्य वस्तुको उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जामा वृद्धि भएको छ भने अन्य क्षेत्रमा प्रवाहित कर्जामा ह्रास आएको छ।

उद्योग विभागका अनुसार २०८१ को असार मसान्तसम्ममा लुम्बिनी प्रदेशमा तीन खर्ब २७ अर्ब ५७ करोडको लगानीमा जम्मा सात सय ५६ वटा उद्योग दर्ता भएका छन्। उक्त उद्योगले जम्मा ७६ हजार ८० जनालाई रोजगारीसमेत प्रदान गरेका छन्।

लुम्बिनी प्रदेशमा रहेका उद्योगको जिल्लागत हिस्सामा सबैभन्दा धेरै रुपन्देही जिल्लाको ३८.६२ प्रतिशत र सबैभन्दा कम प्युठान र रोल्पा जिल्लाको ०.४० प्रतिशत रहेको छ।

यस प्रदेशमा रहेको बुटवल औद्योगिक क्षेत्रमा ६४ र नेपालगन्ज औद्योगिक क्षेत्रमा ३० वटा उद्योग सञ्चालनका रहेका नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनका अनुसार बुटवल औद्योगिक क्षेत्रमा थप चारवटा उद्योग निर्माणको क्रममा रहेका छन् भने चारवटा बन्द अवस्थामा छन्। नेपालगन्ज औद्योगिक क्षेत्रमा पाँचवटा उद्योग बन्द अवस्थामा रहेका छन्।

त्यसैगरी, रुपन्देही जिल्लामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा हाल ११ वटा उद्योग सञ्चालनमा रहेका छन् भने दुईवटा सञ्चालन हुने क्रममा छन्। यस प्रदेशमा थप औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढेको छ।

युवावर्गलाई नव प्रवर्द्धन तर्फ आकर्षित गर्दै विदेश पलायन हुने क्रमलाई रोक्नु यहाँको मुख्य चुनौती देखिएको छ। ‘यस प्रदेशका सिमेन्ट उद्योगका लागि चाहिने चुनढुंगा उत्खनन् गर्दा हुने नकारात्मक वातावरणीय प्रभाव छ,’ प्रतिवेदनमा चुनौतीका रुपमा भनिएको छ, ‘कम गर्नु तथा अन्य उद्योगहरूबाट निस्कने फोहर तथा प्रदूषण व्यवस्थापन गर्नु।  भारत तथा बङ्गलादेशमा उत्पादित औषधीहरूको लागत तुलनात्मक रुपमा नेपाली औषधीको भन्दा कम हुने र हुँदा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने।’

यस प्रदेशका पहाडी र हिमाली जिल्लाहरूमा प्रशस्त मात्रामा जडीबुटी पाइने हुँदा जडीबुटी प्रशोधन यहाँको प्रमुख सम्भावना देखिएको छ। उद्योगहरुको विस्तार हुन सक्ने, भैरहवा विशेष आर्थिक क्षेत्रमा विद्युत् सवस्टेशनको निर्माण कार्य अन्तिम चरणमा रहेको नीतिगत र सुधारका कारण थप उद्योगहरू स्थापना हुन सक्ने, हाल सुस्त अवस्थामा रहेको पूर्वाधार निर्माणको काम बढ्न सकेमा सिमेन्ट तथा फलामे छड उत्पादन गर्ने, उद्योगहरुको उत्पादन क्षमतामा वृद्धि हुन सक्ने, रुपन्देहीको मोतिपुर तथा बाँकेको नौवस्तामा पूर्वाधारसहितको औद्योगिक क्षेत्र स्थापना भएमा नयाँ उद्यमीलाई उद्योग सञ्चालन गर्न प्रोत्साहन मिल्ने र यस प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जहरुमा वन पर्यटनको सम्भावना रहनुका साथै वनजन्य उत्पादन (जस्तैः बाँस, बेतबास, अम्रिसो) सम्बन्धी उद्योगहरू स्थापना हुन सक्ने देखिएकाले सम्भावना पनि राम्रो देखिएको प्रतिवेदनमा उल्लेख छ।

लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तमा २०८० असार मसान्तको तुलनामा ४.४४ प्रतिशतले वृद्धि भई एक खर्ब ३१ अर्ब ८८ करोड ६४ लाख पुगेको छ।

२०८० असार मसान्तमा पनि यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा ५.९५ प्रतिशतले वृद्धि भएको थियो। २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन र गैरखाद्य वस्तुको उत्पादनसम्बन्धी उद्योगमा प्रवाह भएको कर्जामा वृद्धि भएको छ भने अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जामा ह्रास आएको छ।

२०८१ असार मसान्तमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जामा औद्योगिक कर्जाको हिस्सा २३.५१ प्रतिशत छ। प्रवाहित कुल औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगहरुमा ४२.७२ प्रतिशत रहेको छ भने सबैभन्दा कम विद्युत्/ग्यास/पानीसम्बन्धी उद्योगमा ०.८१ प्रतिशत छ।
अर्को समाचार
लुम्बिनीमा ४६.१ प्रतिशत उद्योगको क्षमता औसत
१६ माघ २०८१
•
५ मिनेट पाठ
लुम्बिनीमा ४६.१ प्रतिशत उद्योगको क्षमता औसत
र




गणेश विशु

बाँके, माघ १५

पछिल्लो समय औद्योगिक क्षेत्रको विकासमा लम्किँदै गएको लुम्बिनी प्रदेशमा यहाँका उद्योगको औसत क्षमता उपयोग ४६.४१ प्रतिशत देखिएको छ। नेपाल राष्ट्र बैंकले यहाँका २७ उद्योगलाई समेटी प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन तयार पारेर सार्वजनिक गरेको छ।

प्रतिवेदनमा लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाको कृषि, उद्योग, सेवा, पूर्वाधारलगायतका अन्य विषय समेटी निर्दिष्ट ढाँचामा तथ्यांक संकलन, प्रशोधन, विश्लेषण गर्नुका साथै क्षेत्रगत चुनौती र सम्भावना समेटिएका थिए। उक्त प्रतिवेदन तयार गर्दा प्राथमिक तथा द्वितीय तथ्यांकको प्रयोग गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

गत वर्ष यो क्षमता उपयोगी प्रतिशत ५६.३६ प्रतिशत थियो। अध्ययनमा समेटिएका उद्योगमध्ये सबैभन्दा बढी रोजिन उत्पादन गर्ने उद्योगले ९२.४३ प्रतिशत र सबैभन्दा कम साबुन उत्पादन गर्ने उद्योगले २.४१ प्रतिशत क्षमता उपयोग गरेका छन्। लुम्बिनी प्रदेशको क्षेत्रगत हिस्सा राष्ट्रिय तथ्यांक कार्यालयको विवरणअनुसार आर्थिक वर्ष २०८०÷८१ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर उपभोक्ता मूल्यमा ४.०५ प्रतिशत पुग्ने अनुमान रहेको छ भने गत आर्थिक वर्ष यस्तो वृद्धिदर १.९९ प्रतिशत रहेको संशोधित अनुमान छ।

आर्थिक वर्ष २०८०÷८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान १४.२६ प्रतिशत रहने अनुमान रहेको छ। त्यसैगरी, कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाई क्षेत्रगत रूपमा हेर्दा आर्थिक वर्ष २०८०÷८१मा सबैभन्दा धेरै विद्युत् क्षेत्रको २८.९३ प्रतिशत रहने अनुमान गरिएको छ भने सबैभन्दा कम उत्पादनमूलक उद्योगमा –१.४३ प्रतिशत हुने अनुमान गरिएको छ। औद्योगिक वर्गीकरणका आधारमा प्रादेशिक अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी  

२९.६३ प्रतिशत रहने अनुमान रहेको छ भने सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको ०.३४ प्रतिशत रहने अनुमान छ। नमुना छनोटमा परेका उद्योगमध्ये कच्चा पदार्थको सहजताका साथै बजार माग वृद्धि भएका कारण रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९२.४३ प्रतिशत र साबुन उद्योगको कच्चा पदार्थको गुणस्तरमा आएको कमीका कारण सबैभन्दा कम २.४१ प्रतिशत क्षमता उपयोग गरेका छन्। समीक्षा वर्षमा औद्योगिक उत्पादनतर्पm सबैभन्दा बढी बिजुलीको तारको उत्पादन ५५.४३ प्रतिशतले वृद्धि भएको छ। समीक्षा वर्षमा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ४.४४ प्रतिशतले वृद्धि भएको छ। जसमध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन र गैरखाद्य वस्तुको उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जामा वृद्धि भएको छ भने अन्य क्षेत्रमा प्रवाहित कर्जामा ह्रास आएको छ।

उद्योग विभागका अनुसार २०८१ सालको असार मसान्तसम्ममा लुम्बिनी प्रदेशमा तीन खर्ब २७ अर्ब ५७ करोड रूपैयाँको लगानीमा जम्मा सात सय ५६ वटा उद्योग दर्ता भएका छन्। उक्त उद्योगले जम्मा ७६ हजार ८० जनालाई रोजगारी प्रदान गरेका छन्। लुम्बिनी प्रदेशमा रहेका उद्योगको जिल्लागत हिस्सामा सबैभन्दा धेरै रूपन्देही जिल्लाको ३८.६२ प्रतिशत र सबैभन्दा कम प्युठान र रोल्पा जिल्लाको ०.४० प्रतिशत रहेको छ।  

यस प्रदेशमा रहेको बुटवल औद्योगिक क्षेत्रमा ६४ र नेपालगन्ज औद्योगिक क्षेत्रमा ३० वटा उद्योग सञ्चालनमा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सो प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार बुटवल औद्योगिक क्षेत्रमा थप चारवटा उद्योग निर्माणको क्रममा रहेका छन् भने चारवटा बन्द अवस्थामा छन्। नेपालगन्ज औद्योगिक क्षेत्रमा पाँचवटा उद्योग बन्द अवस्थामा रहेका छन् ।  

त्यसैगरी, रूपन्देही जिल्लामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा हाल ११ वटा उद्योग सञ्चालनमा रहेका छन् भने दुईवटा सञ्चालन हुने क्रममा छन्। यस प्रदेशमा थप औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढेको छ।

युवावर्गलाई नवप्रवद्र्धनतर्फ आकर्षित गर्दै विदेश पलायन हुने क्रमलाई रोक्नु यहाँको मुख्य चुनौती देखिएको छ। ‘यस प्रदेशमा सिमेन्ट उद्योगका लागि चाहिने चुनढुंगा उत्खनन् गर्दा हुने नकारात्मक वातावरणीय प्रभाव छ,’ प्रतिवेदनमा चुनौतीका रूपमा औंल्याउँदै भनिएको छ, ‘कम गर्नु तथा अन्य उद्योगहरूबाट निस्कने फोहर तथा प्रदूषण व्यवस्थापन गर्नु। भारत तथा बाङ्लादेशमा उत्पादित औषधीहरूको लागत तुलनात्मक रूपमा नेपाली औषधीको भन्दा कम हुने र हँुदा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने ।’

यस प्रदेशका पहाडी र हिमाली जिल्लाहरूमा प्रशस्त मात्रामा जडीबुटी पाइने हुँदा जडीबुटी प्रशोधन यहाँको प्रमुख सम्भावना देखिएको छ। उद्योगहरूको विस्तार हुन सक्ने, भैरहवा विशेष आर्थिक क्षेत्रमा विद्युत् सवस्टेसनको निर्माण कार्य अन्तिम चरणमा रहेको नीतिगत र सुधारका कारण थप उद्योगहरू स्थापना हुन सक्ने, हाल सुस्त अवस्थामा रहेको पूर्वाधार निर्माणको काम बढ्न सके सिमेन्ट तथा फलामे छड उत्पादन गर्ने, उद्योगहरूको उत्पादन क्षमतामा वृद्धि हुन सक्ने, रूपन्देहीको मोतिपुर तथा बाँकेको नौवस्तामा पूर्वाधारसहितको औद्योगिक क्षेत्र स्थापना भए नयाँ उद्यमीलाई उद्योग सञ्चालन गर्न प्रोत्साहन मिल्ने र यस प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जहरूमा वन पर्यटनको सम्भावना रहनुका साथै वनजन्य उत्पादन (जस्तैः बाँस, बेतबास, अम्रिसो) सम्बन्धी उद्योगहरू स्थापना हुन सक्ने देखिएकाले सम्भावना पनि राम्रो देखिएको प्रतिवेदनमा उल्लेख छ।

लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तमा २०८० असार मसान्तको तुलनामा ४.४४ प्रतिशतले वृद्धि भई एक खर्ब ३१ अर्ब ८८ करोड ६४ लाख पुगेको छ। २०८० असार मसान्तमा पनि यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा ५.९५ प्रतिशतले वृद्धि भएको थियो। २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन र गैरखाद्य वस्तुको उत्पादनसम्बन्धी उद्योगमा प्रवाह भएको कर्जामा वृद्धि भएको छ भने अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जामा ह्रास आएको छ। २०८१ असार मसान्तमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जामा औद्योगिक कर्जाको हिस्सा २३.५१ प्रतिशत छ। प्रवाहित कुल औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगहरूमा ४२.७२ प्रतिशत रहेको छ भने सबैभन्दा कम विद्युत्÷ ग्यास÷ पानीसम्बन्धी उद्योगमा ०.८१ प्रतिशत छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस