अमेरिकामा बसेर सेयर बजारको संसार हल्लाउने सर्टसेलर नाथन एन्डरसनले आफ्नो सर्टसेलर संस्था हिन्डनबर्ग बन्द गर्ने घोषणा गरेका छन्।
उनको संस्थाले सेयर बजारमा सर्टसेल गर्दा कम्पनीहरूलाई अर्बौ घाटा लागेर कंगालीको स्तरमा पुर्याइदिने गरेको थियो। उनकै कारण निकोला र इकान इन्टरप्राइजेजले अर्बौं डलर गुमाउनुपरेको थियो।
पछिल्लो समय भारतीय खर्बपति गौतम अडानीको अडानी इन्टरप्राइजेज र अन्य कम्पनीको मूल्य औसतभन्दा बढी रहेको र आम्दानी आकडामा ठूलो गडबडी रहेको बताउनेबित्तिकै कम्पनीको सेयर ८० प्रतिशतले झरेको थियो। त्यसबेला कम्पनीले १३ अर्ब डलर गुमाउन पुगेको थियो।
‘गएका आठ वर्ष मैले कि त झुत्ती खेलेँ कि त त्यसको तयारीमा बिताएँ,’ नाथनले भनेका छन्, ‘यत्तिका वर्ष मैले जे गर्छु भनेर सोचेको थिएँ, त्यो पूरा गरेँ। धुर्त्याइँ गरेर व्यापार गरिरहेकाहरूलाई तह लगाउने मेरो जुन उद्देश्य थियो, त्यो पूरा भएको छ।’
अब भने आफूले तालिम दिने बताएका छन्। ‘अहिलेसम्म मैले कम्पनीमा जे जे कानुनी छिद्र छन् र त्यसले कम्पनीलाई अप्ठेरोमा पार्न सक्छ, तिनका बारेमा चेतना बाँड्ने काम गरेँ। अब त्यही तालिम म अन्यलाई पनि दिनेछु। यस्तो तालिमले ती कम्पनीलाई फाइदा पुग्नेमा म विश्वस्त छु,’ उनले द वाल स्ट्रिट जर्नललाई बताए।
अबको जीवन आफ्नी फियोन्से (बिहे गर्ने टुंगो लागेर सँगै बसेकी महिला) र सन्तानका लागि छुट्याएको उनले बताएका छन्। जीवनमा चाहिने पर्याप्त पैसा सर्टसेलबाट कमाएको बताउँदै उनले बाँकी रहेको पैसालाई इन्डेक्स फन्डमा लगानी गरेर आरामपूर्वक जीवन बिताउने प्रतिक्रिया दिएका छन्। उनी अब आफू तनावपूर्ण जीवन नबिताउने निर्णयमा समेत पुगेको प्रतिक्रिया दिएका छन्।
यसअघि उनले मेल्भिन क्यापिटललाई पनि तारो बनाएका थिए। सो संस्थाले एकै दिनमा एक अर्ब डलर गुमाएको थियो।
पछिल्लो समय ठूला कर्पोरेसनहरूले गर्ने बदमासीबारे खुलासा गर्दै सर्टसेलिङ गर्ने संस्था तथा व्यक्तिहरूलाई नायकका रूपमा मान्ने गरिन्छ । जिम कानोसले एनरोन कर्पोरेसनलाई सन् २०२३ मा धूलिसात् बनाएका थिए। त्यसबेला सो कम्पनीले ६ अर्ब डलर गुमाउन पुगेको थियो।
एन्डरसनले सन् २०१७ मा स्थापना गरेको हिन्डनबर्गलाई सर्टसेलर अभियन्ताका रूपमा चिनाउँदै आएका थिए। यसका लागि उनले सर्टसेल गरेका कुरालाई सर्वसाधारणमाझ सामाजिक सञ्जालमा समेत बताउने गर्थे। यसअघि यस्ता सर्टसेलरहरूलाई अपराधीका रूपमा चित्रण गरिन्थ्यो। उनीहरू कानुनी रूपमा अपराधी नमानिए पनि सर्वसाधारणको लगानी डुबाउने कारक व्यक्तिका रूपमा चिनिन्थे। त्यसैले उनीहरू ‘खलनायक’का रूपमा चिनिन्थे।
पछिल्लो समय भने उनीहरूले आफ्नो उद्देश्यबारे सामाजिक सञ्जालमा खुलेर बताउने गरेकाले पहिलेजस्तो खलनायक भने हुनु परेको छैन। यसको उदाहरण स्वयं एन्डरसन पनि एक हुन्। प्रायः सर्टसेलरहरूले अरूको पैसामा सर्टसेलिङ गर्ने गर्थे। हिन्डनबर्गले भने अरूको पैसा व्यवस्थापन गर्दैन। बरु सरकार वा यस्ता कुरामा रुचि भएका अन्य लगानीकर्ता खोजेर अनुसन्धान गर्थे। सरकारले फाइनान्सियल छेडखानी गरेर सेयर मूल्य बढाउनेहरूबारे खोजी गर्नेहरूलाई पुरस्कारसमेत दिने भएकाले हिन्डेनबर्गले त्यस्ता लगानी खोजी गर्नेगथ्र्यो।