विद्युतको प्रशारण लाइन निर्माण गर्न सरकार र निजी क्षेत्रबीच सम्झौता भएको छ। अहिलेसम्म सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरणले प्रशारण लाइन बनाउँदै आएकोमा पहिलो पटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने गरी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको छ।
मन्त्रालयले प्रशारण लाइनमा निजी क्षेत्रलाई पनि सहभागी गराउने नीतिगत व्यवस्था गरे पछि दुई पक्षबीच सम्झौता भएको हो। उर्जा मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्याकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र निजी कम्पनीका प्रतिनिधीहरुले सम्झौता पत्रमा हस्ताक्षर गरे। सरकारसँग प्रशारण लाइन बनाउन निजी क्षेत्रका कम्पनीहरु सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालिले सम्झौता गरेका हुन्।
मुलुकको विकासमा निजी क्षेत्रसँग साझेदारी गर्ने अभियान अन्तर्गत प्रशारण लाइनमा निजी क्षेत्र ल्याएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताए। ‘नेपालमा पहिलोपटक अब निजी क्षेत्रले पनि प्रसारण लाइन निर्माण गर्ने भएको छ,’ खड्काले भने, ‘यसले सरकारी लक्ष्य पुरा गर्न टेवा पुग्छ।’ सरकारले सन् २०३५सम्मा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारी लक्ष्य पुरा गर्न निजी क्षेत्रले साथ दिने अपेक्षा गरिएको खड्काले बताए।
राष्ट्रिय प्रसारण ग्रिडले सार्वजनिक निजि लगानीमा प्रसारण लाइन निर्माणको शुरुवात गर्ने भएको छ। विद्युतको समग्र बिकास सहित देशको आर्थिक बिकासमा गुणात्मक फड्को मार्ने उदेश्यले सम्झौता भएको जनाइएको छ।