तपाईं कुनै कम्पनीको नियमित ग्राहक हुनुहुन्छ भने त्यसलाई आफ्नो सन्तान जत्तिकै माया गर्नुहुन्छ। कहिलेकाहीँ ग्राहकले आफूलाई मनपर्ने ब्रान्डलाई आफ्नै उपनामसमेत दिने गरेको पाइन्छ। खुद्रा बिक्रेता कम्पनी ब्लुमिङडेल्सलाई प्रायः ग्राहकले प्यारो मानेर ‘ब्लुमिज्’ भन्ने गर्छन्। त्यस्तै होवार्ड जोन्सन होटललाई नियमित ग्राहकले ‘होजो’ भन्छन्।
यस्तो प्यारो नाम राखेकामा कहिलेकाहीँ केही कम्पनीले तिनैलाई आफ्नो विज्ञापनमा नारा बनाइदिन्छन्। जस्तो, ‘सपिङ कहाँ? ब्लुमिज्मा’ होस् वा ‘गो ह्याप्पी, गो होजो (होटल जोन्सन)’ यस्ता केही सीमित उदाहरण हुन्, जसलाई ग्राहकले प्रेमपूर्वक दिएको उपनाम कम्पनीले प्रयोग गरिदिन्छ।
यसरी ग्राहकले राखेका नाम कम्पनीले नारा बनाउँदा परिणाम सकारात्मक नै निस्कन्छ भन्ने चाहिँ नहुँदो रहेछ। हालै म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी अमेरिका) ले निकाल्ने एमआइटी–सलोन म्यागेजिनले प्रकाशन गरेको समाचारअनुसार अमेरिका र चीनमा गरिएको एउटा सर्वेक्षणमा परिणाम नकारात्मक समेत हुनसक्ने बताइएको छ।
सर्भेक्षणअनुसार सर्वसाधारणले प्रेमपूर्वक दिएको उपनामलाई उत्पादक कम्पनीले कहिलेकाहीँ आफ्नो विज्ञापनको नारा बनाउँदा नकारात्मक असर परेकोसमेत देखिएको हो। वालमार्ट, आइबिएम, क्रिस्चियन लोबों लगायतका अन्य कम्पनीहरूको वास्तविक ब्रान्ड र त्यसलाई ग्राहकले दिएका उपनाममध्ये कुन नाम बढी रुचाउनुहुन्छ भनेर सोधिएको थियो। धेरै ग्राहकले ती उपनामलाई पूरै अस्वीकार गरेका थिए।
हालै एक लाख ३० हजार ग्राहकमाझ गरिएको सर्वेक्षणमा युपिएस अथवा टार्गेटजस्ता ब्रान्डको साटो बिग ब्राउन (युपिएस) वा टार्जे (टार्गेट) राख्दा ग्राहकले कम नम्बर दिएका थिए। यसको ठीक विपरीत एक्समा पोस्ट गर्दा सर्वसाधारण प्रायः छोटकरी उपनाम प्रयोग गर्ने गर्छन्। जस्तो सेभ्रोले कारलाई छोटकरीमा ‘सेभी’ नाममा पोस्ट गरिरहेका हुन्छन्। त्यस्ता ट्विटमा कम्पनी वा प्रोडक्टको पूरा नामभन्दा पनि उपनाम बढी प्रयोग गरिएको अध्ययनले देखाएको छ।
उपनाम बढी प्रयोग भए पनि ठूला कम्पनीले चाहिँ ती उपनाम प्रयोग गर्दा नकारात्मक असर किन पर्छ त? तीन हजार चार सयभन्दा बढी ग्राहकलाई पूरक सर्वेक्षण गर्दा के पाइयो भने जसले उपनाम प्रयोग गर्छन्, उनीहरूले त्यहाँ आफ्नो शक्ति प्रदर्शन गरिरहेका हुन्छन्। जब कम्पनीले त्यो शक्ति हरण गरी आफ्नो बनाउँछन्, उपनाम दिने सर्वसाधारणले आफ्नो शक्ति खोसिएको अनुभूति गर्छन्। त्यसैले ग्राहकले प्रयोग गरिरहेका ब्रान्डलाई अर्कै नाम त दिन्छन् तर त्यो अरूले प्रयोग गरेको रुचाउँदैनन्। जब ग्राहकको उपनाम कुनै कम्पनीले प्रयोग गर्न थाल्छ, उनीहरूले ब्रान्ड कमजोर हुन थालेको अर्थमा बुझ्न थाल्छन्।
यसअघि स्टारबक्स कफी हाउसले ग्राहकले दिने गरेको उपनाम ‘स्टारबि’ज’लाई विज्ञापनमा उपयोग गर्दा १६ प्रतिशत ग्राहकले त्यो ठाउँमा आफू खान जान छाडेको प्रतिक्रिया दिएका थिए। यसरी ग्राहकको शक्ति क्षीण बनाउने कम्पनीलाई उनीहरूले त्याग्न बेर लगाउँदैनन् भन्ने उदाहरण पनि सर्वेक्षणबाट देखियो।
अध्ययनअनुसार ग्राहकले कुनै कम्पनीको ब्रान्डलाई उपनाम बनाउन थाले भने त्यो कम्पनीको शक्ति र ग्राहकको आशक्ति हो। त्यसैलाई विज्ञापनको औजार बनाउँदा हुन्छ भन्ने सोच चाहिँ पूर्ण रूपमा भ्रामक रहेको अध्ययनले प्रमाणित गरेको छ। त्यसैले ग्राहकको शक्तिलाई उनीहरूलाई नै छाडेर कम्पनीले आफ्नो रणनीति बलियो बनाउनुपर्ने निष्कर्ष अध्ययनमा संलग्न वेस्टर्न युनिभर्सिटीस्थित आइबी बिजनेस स्कुलका प्राध्यापक झे झाङ र उनको अध्ययन टोलीले निकालेको छ।