केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए। बसाइँसराइका कारण त्यहाँका ३५ घरमा मात्रै अहिले बसोबास छ।अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ।
त्यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने केही बसाइँ सरेर चितवन पुगेका छन्। १४ वर्ष जापानमा काम गरेका एक युवक भने अहिले गाउँ फर्किएर बाख्रापालनमा रमाएका छन्।
काठेखोला–५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० बाख्रा पालेका छन्। उनले २०७९ साउनदेखि ८३ बाख्राबाट फार्म सुरु गरेका हुन्।
फार्ममा एक करोड ३५ लाख लगानी गरेका उनले त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग गरेका छन्। उनको बाख्रा फार्ममा अहिले ८० वटा बोका बिक्रीयोग्य छन्। रासस