जलविद्युत् आयोजनामा विपन्न नागरिकको पहुँच बढाउन सरकारले बिना धितो सहुलियत दरमा कर्जा दिने भएको छ। जलविद्युत् आयोजनाको सेयरमा विपन्न नागरिकको सहभागिता बढाइ जीवनस्तर सुधार्न यस्तो नीति लिइएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ (दोस्रो संशोधन)मार्फत यस्तो व्यवस्था गरेको हो।
दुई लाखदेखि अधिकतम पाँच लाखसम्म विना धितो सहुलियत कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताए। ‘विपन्न नागरिकलाई जलविद्युत्को सेयर सुनिश्चित गर्ने व्यवस्था मिलाएका छौं,’ खड्काले भने, ‘अब सेयर लगानी गर्ने र त्यसको प्रतिफल जनताले पाउँछन्।’
सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। सुरुमा आयोजना प्रभावित जिल्ला र प्रसारण लाइन रहेका जिल्लाका विपन्न वासिन्दामा लागु गरिए पनि विस्तारै उक्त व्यवस्थालाई देशभर लागु गर्ने मन्त्रालयले जनाएको छ।
सरकारले दिएको घरधुरीको संख्याअनुसार गरिब तथा अति विपन्न वर्गको पहिचान गरी उनीहरूको सेयरको ग्यारेन्टी सरकारले लिनेछ। सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत मुलुकभर २२ जलविद्युत् आयोजनालाई अगाडि सारेको छ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत संखुवासभाको चार सय ८२ मेगावाटको अरूण किमाथांका, संखुवासभाकै एक हजार मेगावाटको माथिल्लो अरूण, ३० मेगावाटको इखुवा, तीन सय ७२ मेगावाटको अरूण–४, ताप्लेजुङमा रहेको ७२ मेगावाटको घुन्साखोला, ताप्लेजुङमा रहेको ७० मेगावाटको सिम्वुआ खोला, दोलखामा रहेको पाँच सय ९६ मेगावाटको तामाकोसी, नुवाकोटमा रहेको ३७ मेगावाटको माथिल्लो त्रिशुली–३ बी आयोजना रहेका छन्।
त्यसैगरी, गोरखाको ६० मेगावाटको बुढी गण्डकी ग्वारखोला, एक सय मेगावाटको बुढीगण्डकी प्रोक, दुई सय ४० मेगावाटको बुढीगण्डकी–२, सुर्खेतको ४० मेगावाटको भेरीबबई डाइभर्सन, कालिकोटमा चार सय ९२ मेगावाटको फुकोट कर्णाली, डोल्पा र जाजरकोटमा ९२ मेगावाटको जगदुल्ला एक सय ६५ मेगावाटको जगदुल्ला–२, बझाङमा दुई सय एक मेगावाटको चैनपुर सेती, एक सय ६३ मेगावाटको सेती–३, बझाङमा ५० मेगावाटको अपर सेती, रसुवामा १४.८ मेगावाटको माथिल्लो सान्जेल, रसुवामा एक सय ११ मेगावाटको रसुवागढी आयोजनामा त्यहाँ विपन्न स्थानीयले सहुलियत कर्जा लिएर सेयर हाल्न पाउनेछन्।
सेयर खरीदका लागि आयोजना निर्माण हुने जिल्लाभित्रका आर्थिक रूपले विपन्न पिछडिएका र गरिब नागरिकलाई बैंक तथा वित्तीय संस्थामार्फत शतप्रतिशत विना धितो सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउन कम्पनीले मन्त्रालयको सहयोग लिई आवश्यक व्यवस्था मिलाउने कार्यविधिमा उल्लेख छ।
मन्त्रालयले नेपाल सरकारले परिभाषा गरेका विपन्न नागरिक र स्थानीय तहले सिफारिस गरेका विपन्न नागरिकलाई प्राथमिकता दिएर काम गर्नेछ। ‘यसले विपन्न वर्गलाई अगाडि बढाउँदै समृद्ध मुलुक निर्माणमा सहयोग पुर्याउँछ,’ मन्त्री खड्काले भने, ‘ सरकार तल्लो वर्गका नागरिक र न्यून आय भएका राष्ट्रसेवक कर्मचारीलाई लक्षित गरी यो कार्यविधि संशोधन गरेको हो।’
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतका आयोजना निर्माण गर्ने कम्पनीको सेयर संरचनामा कम्तीमा एकाउन्न प्रतिशत संस्थापक समूह र बढीमा उनन्चास प्रतिशत सर्वसाधारण समूह रहने व्यवस्था गरिएको छ।
प्राकृतिक स्रोतमाथिको अधिकार सबै नागरिकमा समान हुने भएकाले आर्थिक दृष्टिले विपन्न रहेका नागरिकलाई समेट्ने गरी जलविद्युत्को विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता बढाउन लागिएको हो। यो कार्यक्रम सञ्चालनमा आएपछि गरिबीको रेखामुनी रहेका लक्षित वर्गको आर्थिक एवम् सामाजिक जीवनस्तरमा सुधार आउने ऊर्जा सचिव सुरेश आचार्यले बताए। ‘विपन्न वर्गको जीवनस्तर उकास्न सो कार्यविधि संशोधन गरिएको हो’, उनले भने।
आन्तरिक पुँजी बजारको माध्यमबाट नेपाली नागरिकलाई जलविद्युत् आयोजना गर्ने उद्देश्यले सेयर लगानी गर्ने र त्यसको प्रतिफल जनताले सुनिश्चित गर्ने व्यवस्था गरिएको हो। मन्त्रालयको सहमति लिई जलविद्युत् आयोजनाको प्रकृति र क्षमताको आधारमा कर्जा तथा स्वपुँजीको संरचनामा आवश्यकता अनुसार कर्जा तथा स्वपुँजी अनुपात कायम गर्न सक्ने व्यवस्था गरेको छ।
सेयरमा पहुँच बढाउन संस्थापक तथा सर्वसाधारण समूहको सेयर सम्बन्धी व्यवस्था संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार सम्बन्धित कम्पनीले मन्त्रालयको सहमति लिई दफा ५ बमोजिमको संस्थापक समूहका सेयरधनीको लागि छुट्याइएको सेयर विभाजन गर्दा नेपाल सरकार, प्रदेश सरकार, सम्बन्धित आयोजना रहेको जिल्लाको स्थानीय तह, नेपाल सरकारले तोकेको निकाय तथा संगठित संस्था, स्वदेशी वा विदेशी लगानीकर्तालाई सहभागी गराउन सक्ने व्यवस्था छ।
त्यसैगरी, दफा ५ बमोजिम सर्वसाधारण समूहको लागि छुट्याइएको सेयर संरचनामा आयोजना प्रभावित वासिन्दालाई प्राथमिकता दिई दोहोरो सेयर नपाउने गरी व्यवस्था गरेको छ। त्यस्तो सेयर पाउनेमा जलविद्युत् आयोजना रहेको जिल्लाका प्रभावित बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, सम्बन्धित जिल्लाको आर्थिक रूपले विपन्न नागरिक, आयोजना प्रभावित स्थानीय बासिन्दा, सम्बन्धित कम्पनीमा कार्यरत कर्मचारी, आयोजना रहेको जिल्लामा कार्यरत श्रेणीविहीन/निम्न तह वा सो सरहका अन्य राष्ट्रसेवक कर्मचारी रहेका छन्।