नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेशले रोजगार क्षेत्रमा समस्या: संयुक्त ट्रेड युनियन
१० मंसिर २०८१
•
२ मिनेट पाठ
नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेशले रोजगार क्षेत्रमा समस्या: संयुक्त ट्रेड युनियन
<br>
नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेशले रोजगार क्षेत्रमा समस्या आएको ट्रेड युनियनहरूले बताएका छन्।




सोमवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै ट्रेड युनियनका प्रतिनिधिहरूले यस्तो कुरा बताएका हुन्। नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेश गर्दा नेपाली श्रम बजारमा जटिल अवस्थामा पुगेको दाबी ट्रेड युनियनहरूले गरेका छन्। ट्रेड युनियनहरूले नेपाली श्रम बजार अनौपचारिकतातिर जाँदा श्रम बजारमा विविध खालका समस्याहरू उत्पन्न भएको कारण श्रम बजार कमजोर हुँदै गएको बताए। 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्ष योगेन्द्रकुमार कुँवरले पछिल्लो समय बाहिरबाट मजदुरहरू ल्याउने कारणले गर्दा रोजगार क्षेत्रमा समस्या आएको बताए। उनले नेपाली श्रम बजार अनौपचारिकरण हुँदै गएको पनि उल्लेख गरे । उनले पछिल्लो श्रम बजारमा देखिएका समस्याका कारण ट्रेड युनियनहरूको लागि डरलाग्दो परिस्थिति बनेको बताए । उनले श्रम ऐनमा भएका व्यवस्थाहरूलाई गलत व्याख्या गरेर रोजगारदाताहरूले करार गर्दा पनि सरकार मूकदर्शक भएर बस्ने काम गरेको आरोप लगाए । उनले ट्रेड युनियनको उपस्थिति पनि कमजोर बन्दै गएको बताए।उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ट्रेड युनियन आन्दोलन कमजोर हुँदै गएको दाबी गरे। उनले विश्वको नेतृत्व विगहाउसहरु र कम्पनीहरूले नियन्त्रणमा लिँदा सरकारहरु नै  ठुला रोजगारदाताहरूको चङ्गुलमा डुबेको उल्लेख गरे।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा ट्रेड युनियन आन्दोलन अहिलेसम्म मजदुरको पक्षमा भएका कामले सकारात्मक रुपमा अगाडी बढेको बताए। उनले ट्रेड युनियन आन्दोलनबाट श्रमिक वर्गको हक हित र सामाजिक सुरक्षा क्षेत्रमा सकारात्मक सुधार गरेको बताए । 

उनले ट्रेड युनियन आन्दोलनबाट भएका उपलब्धिहरू सकारात्मक रहेको बताए। उनले सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भए मात्रै श्रमिक वर्गले न्याय पाउने अपेक्षा रहेको बताए।उनले मन्त्री परिवर्तन हुँदा सामाजिक सुरक्षा कोषका कर्मचारी र सञ्चालक परिवर्तन हुने व्यवस्था राख्न नहुने ट्रेड युनियनको माग रहेको बताए । 
अर्को समाचार
जलवायु परिवर्तनले रोजगारीमा नयाँ चुनौती र जोखिम: अध्यक्ष कुँवर
१३ कार्तिक २०८१
•
१ मिनेट पाठ
जलवायु परिवर्तनले रोजगारीमा नयाँ चुनौती र जोखिम: अध्यक्ष कुँवर
.
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनले श्रम रोजगारीको क्षेत्रमा चुनौती सिर्जना गरेको बताएका छन्।




मंगलबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा जलवायु परिवर्तनले श्रम रोजगार क्षेत्रमा पारेको प्रभाव विषय कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो कुरा बताएका हुन।

उनले विश्वमा जलवायु परिवर्तनका भएको असरले रोजगारको क्षेत्रलाई प्रत्यक्ष असर परेको बताए। उनले श्रम रोजगारमा जलवायु परिवर्तनका विषयमा सरकारले बेवास्ता गरेको समेत आरोप लगाए।

उनले सरकारलाई दबाब सिर्जना गरी जलवायु परिवर्तनले श्रम रोजगारमा पारेको असरलाई न्यूनीकरण गर्न केन्द्रले विभिन्न कार्यक्रम गर्दै खबरदारी गरेको बताए। उनले जलवायु परिवर्तनको कारण श्रमिकले काम गर्ने समयमा समेत असर परेको बताए।उनले दिउँसोको समयमा काम गर्न नसक्दा बिहान बेलुका काम गर्ने अवस्था रहेको बताए। 

पर्वतारोहणको क्षेत्रका श्रमिकलाई थप चुनौती रहेको उनले जानकारी दिए। उनले सवारी साधनमा आएको परिवर्तन,कृषिमा बेमौसममा पानी पर्दा कृषिमा समेत असर परेको बताए। उनले निर्माणको क्षेत्रमा बढी जोखिम भएको बताए। उनले वातावरणीय प्रभावको कारण रोजगारी प्रभावित भइरहेको बताए।

उनले जलवायु परिवर्तनको असरले मजदुरहरूलाई विभिन्न किसिमका रोगहरू लाग्न थालेको बताए। 
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १७ सेकेन्ड अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस