सडकले फेरिँदै पश्चिम सुर्खेतको मुहार
२० कार्तिक २०८१
•
५ मिनेट पाठ
सडकले फेरिँदै पश्चिम सुर्खेतको मुहार
सुर्खेत पश्चिम खण्डमा पर्ने मदन भण्डारी राजमार्गको निर्माणाधीन सडकको अनुगमन गर्दै नेपाली कांग्रसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का।
सुर्खेत पश्चिमको चौकुने गाउँपालिका–७ सान्नेघारीका विजय कसेरा आँगनअगाडिको सडक कालोपत्र गर्न धमाधम काम भइराखेको देख्दा दंग परेका छन्। जिल्ला सुर्खेत भए पनि सरकारी कामकाजबाहेक अन्य कामका लागि सुदू्रपश्चिमको कैलालीमा निर्भर हुनुपर्ने बाध्यताको अन्त्य यो सडकले गर्ने विश्वास उनमा छ।




हुन पनि चौकुनेबाट सदरमुकाम वीरेन्द्रनगर आउन अहिलेको सडकको अवस्थाले दिनभर लाग्छ। बर्खामा त झन् सडककै कारण गन्तव्यमा पुग्ने नपुग्ने कुनै टुंगो हुँदैन।

‘मेरो घरदेखि सदरमुकामसम्मको दूरी जम्मा ६० किलोमिटर हो,’ उनले भने, ‘जीर्ण सडकका कारण हामी प्रशासनिक कामबाहेक अरू कामका लागि सदरमुकाम वीरेन्द्रनगरको सट्टा कैलाली जाने गर्दछौं।’ सुर्खेत पश्चिमका तीनवटा पालिकाका गाउँ बस्ती छिचोल्दै मदन भण्डारी राजमार्ग निर्माणले तीब्रता पाएको छ।

मदन भण्डारी राजमार्ग सुर्खेतको वीरेन्द्रनगरदेखि डोटीको सिमानासम्म एक सय ४१ किलोमिटर पर्छ। योमध्ये वीरेन्द्रनगरदेखि बड्डीचौरसम्मको २९ किलोमिटर खण्ड कर्णाली राजमार्गमा पर्छ। यो खण्ड कालोपत्र भएको दुई दशक पुग्यो। बड्डीचौरदेखि लगामसम्मको ८७ किलोमिटरमध्ये कुनै खण्डमा काम भइरहेको छ भने कतै प्रक्रियामै छ ।

मदन भण्डारी राजमार्गले सुर्खेत पश्चिमको सदरमुकामसमेत रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग सोझो सम्बन्ध मात्रै स्थापित गर्ने छैन, दुईवटा प्रदेशलाई पनि जोड्ने छ। ‘त्योभन्दा महŒवपूर्ण पश्चिमको समग्र जनजीवनमा समृद्धिको रेखा बन्नेछ,’ लगामका जय विकले भने, ‘मदन भण्डारी राजमार्गले वषौंदेखि पछाडि पारिएको पश्चिम सुर्खेत विकासको मार्गमा प्रवेश गर्ने अपेक्षा हामीले लिएका छौं ।’

अहिले सदरमुकाम वीरेन्द्रनगरसम्म पुग्न पनि दिनभर गाडी चढ्नुपर्ने भए पनि सडक कालोपत्र भए तीन घण्टामा सदरमुकाम पुगिने उनले बताए। सडक कालोपत्र भएसँगै पश्चिमको उत्पादनले पनि बजार पाउने उनको भनाइ छ। सदरमुकाम जोड्ने सडक वषौंदेखि निर्माण तथा स्तरोन्नति नहुँदा यहाँका बासिन्दा दैनिक उपभोग्य वस्तुुदेखि अन्य कुरामा कैलालीसँग भर पर्नुपर्ने बाध्यता छ।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका इन्जिनियर रेशम ओलीले सुर्खेत पश्चिम खण्डको काम धमाधम भइरहेको बताए। उनका अनुसार मदन भण्डारी राजमार्ग आयोजनाको कार्यक्षेत्र पर्ने भए पनि बड्डीचौरदेखि खम्बागाडेसम्मको १३.१ किलोमिटर खण्ड कर्णाली प्रदेश सरकारले निर्माण गरिरहेको छ।

यो खण्डको निर्माण कार्य अत्यन्त सुस्त छ। यो खण्ड कालोपत्र गर्न अनक जयदेवी जेभीले ४२ करोड ४७ लाखमा २०८१ असार २४ गतेभित्र कालोपत्र सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ३० प्रतिशत मात्रै काम भएको छ। सडक निर्माणको जिम्मा संघीय सांसद दिक्पाल शाहीको निर्माण कम्पनीले पाएको छ।

यस्तै खम्बागाडे–विद्यापुर १०.३ किलोमिटर र विद्यापुर–गुटु–बिजौरा–बल्दे २२ किलोमिटर मदन भण्डारी राजमार्ग आयोजनाले निर्माण गरिरहेको छ। बल्देदेखि लगामसम्म १५ किलोमिटर ठेक्का भइसकेको छ भने लगाम–धनरास–धामीसैन–पाल्पाघाटसम्मको करिब २५ किलोमिटरमध्ये १८ किलोमिटर सडक खण्डको डीपीआर सम्पन्न भएर स्रोत सुनिश्चितताको क्रममा छ। लगामदेखि बेनीघाटसम्मको २७ किलोमिटरको प्रक्रिया पनि अगाडि बढिरहेको छ ।

सुदूरपश्चिमसँग जोडिएका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका छेउका धेरै बस्ती दुर्गम छन्। बराहतालको केही भागलाई मात्रै कर्णाली राजमार्गले छुन्छ।

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिकले पश्चिम सुर्खेतको चौकुनेका अधिकांश वडा कैलाली, डोटी र अछामसँग जोडिएपनि कैयौँ गाउँमा यातायात र अन्य पूर्वाधारको समस्या भएको बताए। ‘यातायातको सहज पहुँच नभएको पश्चिम सुर्खेतका लागि मदन भण्डारी राजमार्ग समृद्धि मार्ग हो,’ अध्यक्ष विकले भने, ‘अहिले पनि पश्चिममा बाख्रापालन, केराखेती, खाद्यान्न, तरकारी–फलफूल खेतीमा राम्रो गरेका परिवार छन्, राम्रो सडकको पहुँच नहुँदा उत्पादनको बजारीकरण हुन सकेको छैन। यो राजमार्ग समयमा नै बनेपछि यहाँको जीवनशैली नै बदलिदिनेछ।’

उपसभापति खड्काद्वारा अनुगमन

नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको पश्चिम क्षेत्रको विकास र समृद्धिका लागि आफू निरन्तर क्रियाशील रहेको बताएका छन्। उनले पश्चिम क्षेत्रको विकास र समृद्धिको मार्गको रूपमा रहेको मदन भण्डारी राजमार्गलाई पूर्णता दिन आफू निरन्तर लागिपरेको बताए।

‘यहाँको विकास र समृद्धिका लागि बड्डीचौरदेखि सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोड्ने मदन भण्डारी राजमार्ग समयमै पूरा हुन आवश्यक छ,’ सडक अनुगमनपछि खड्काले भने, ‘मदन भण्डारी राजमार्गलाई समयमै सम्पन्न गर्नका लागि म निरन्तर लागिरहेको छु।’

मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–खम्बागाडे सडकको १३.१ किलोमिटर सडक कर्णाली प्रदेश सरकारले निर्माण गरिरहेको छ। यस्तै खम्बागाडे–विद्यापुर १०.३ किलोमिटर र विद्यापुर–गुटु–विजौरा–बल्दे २२ किलोमिटर मदन भण्डारी राजमार्ग आयोजनाले निर्माण गरिरहेको छ। यस्तै बल्देदेखि लगामसम्म १५ किलोमिटर ठेक्का भइसकेको छ भने लगाम–धनरास–धामीसैन–पाल्पाघाटसम्मको करिव २५ किलोमिटर मध्ये १८ किलोमिटर सडक खण्डको डीपीआर सम्पन्न भएर स्रोत सुनिश्चितताको क्रममा छ।

पश्चिम खण्डमा निर्माण भइरहेका सडक खण्डको अनुगमनपछि उपसभापति खड्काले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए।

‘सडक निर्माण सम्पन्न नहुँदासम्म पटक–पटक यो क्षेत्रमा आएर निरन्तर अनुगमन गर्नेछु, देखिएका नीतिगत र प्राविधिक समस्या समाधानमा लाग्नेछु,’ उनले भने, ‘मदन भण्डारी राजमार्ग पश्चिम सुर्खेतको विकासको मेरुदण्ड हो, समयमै सम्पन्न गर्न सम्पूर्ण रूपमा लाग्नेछु ।’ उनले बड्डीचौर–खम्बागाडे सडक खण्डमा पर्ने रुखहरू कटानको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। ‘रुख कटानी र सडक कसले बनाउने विषयमा केही समस्या देखियो, अहिले त्यसको पनि समाधान भइसकेको छ,’ उनले भने, ‘चाँडै यो सडक निर्माणले पनि गति लिन्छ।’

उपसभापति खड्काले पश्चिम सुर्खेतमा प्रदेशको प्रहरी तालिम केन्द्र स्थापनाको प्रक्रियामा रहेको बताउँदै मन्त्रिपरिषद्बाट निर्णय नहुँदासम्म यसमा आफूले ठोस प्रतिक्रिया नदिने बताए।

उनले आफू सधैं जनताको काम र विकासप्रति उत्तरदायी रहेको बताउँदै आफ्नो नाम जोडेर कसैलाई राजनीति नगर्नसमेत आग्रह गरे। उनले केही समयमै पश्चिम सुर्खेतको केन्द्र बाबियाचौरबाट मालपोत तथा नापी कार्यालय स्थापना गरेर सेवा प्रवाह हुने पनि बताए।  

ररर
अर्को समाचार
मदन भण्डारी राजमार्ग निर्माण धिमा गतिमा
१२ वैशाख २०८२
•
३ मिनेट पाठ
मदन भण्डारी राजमार्ग निर्माण धिमा गतिमा
पूर्व झापादेखि पश्चिम डडेलधुरासम्म चुरे क्षेत्र (भित्री मधेस) मा बसोबास गर्ने जनतालाई सहज यातायात सुविधा प्रदान गर्ने उद्देश्यले सात वर्षअघि सुरु गरिएको मदन भण्डारी राजमार्ग आयोजनाको प्रगति निकै सुस्त छ।




आयोजनाका अनुसार एक वर्षमा यसको प्रगति करिब दुई प्रतिशत मात्र भएको छ। आर्थिक वर्ष २०८०/८१ सम्म यस राजमार्गको भौतिक प्रगति ५२ प्रतिशत थियो। आव २०८१/८२ मा यसको प्रगति करिब दुई प्रतिशत बढेर ५४ प्रतिशत पुगेको जानकारी आयोजना प्रमुख दीप बाराहीले गराए। बजेट अभावले प्रगति निकै सुस्त भएको उनको भनाइ छ।

‘यस आयोजनाको कुल बजेट करिब ७५ अर्ब रूपैयाँ हो। यस दृष्टिबाट चार प्रतिशत प्रगति हुनका लागि पाँच अर्ब रूपैयाँ खर्च हुनुपर्छ। चालु आर्थिक वर्षमा यस आयोजनाका लागि करिब दुई अर्ब रूपैयाँ छुट्याइएको छ’, उनले भने, ‘त्यसैले चालु आवमा यस आयोजनाको भौतिक प्रगति करिब दुई प्रतिशत हाराहारी छ।’

मदन भण्डारी राजमार्ग बनाउन काम सुरु भएको सात वर्ष पुगिसकेको छ । सात वर्षमा यस आयोजनाको प्रगति करिब आधा मात्र भएको छ । त्यसैले तोकिएको समयमा आयोजनाको काम पूरा नहुने निश्चित भएको छ भने भइरहेको काम पनि निकै सुस्त छ।

आव २०८१/८२ मा यो आयोजनामा तीन वर्ष म्याद थप गरिएको थियो। तीन वर्षे म्याद थप गर्न आयोजनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको प्रस्ताव अघिल्लै आवमा पास भइसकेको छ। तीन वर्षमा काम पूरा भए २०८५ साल असार मसान्तसम्म यस आयोजनाको अन्तिम म्याद तोकिएको छ। तीन वर्षभित्र पनि काम पूरा हुनेमा आयोजनाकै कर्मचारीहरू विश्वस्त छैनन्।

वन, जग्गामा विवाद, बजेट अभाव, कोरना महामारीलगायतका विभिन्न कारणले तोकिएको समयभित्र यस आयोजनाको काम पूरा हुन नसकेको आयोजनाका कर्मचारीहरू बताउँछन्।  

ठेकेदारलाई दिने पैसा अर्थ मन्त्रालयले निकासा नगरेकाले पनि वित्तीय कम देखिएको आयोजनाका कर्मचारीहरूको भनाइ छ। २०७५ जेठ ६ देखि यस आयोजनाको काम सुरु गरिएको थियो। सुरुमा २०८२ असार मसान्तभित्र आयोजनाको सबै काम पूरा गर्ने लक्ष्य राखिएको थियो। आयोजनाका अनुसार अहिलेसम्म करिब ४० अर्ब रूपैयाँ खर्च भइसकेको छ।

आव २०८१/८२ मा यस आयोजनाका लागि दुई अर्ब ५५ करोड रूपैयाँ छुट्याइएको थियो। आयोजनाका अनुसार राजमार्ग झापाको बाहुनडाँगीदेखि सुरु भएर डडेलधुराको रूपालसम्म पुग्ने छ। त्यस बेलासम्म यस राजमार्गको कुल लम्बाइ एक हजार तीन सय ९० किलोमिटर हुनेछ। त्यसमध्ये सात सय ४० किलोमिटर दूरी मदन भण्डारी राजमार्गले मात्र छुनेछ।

राजमार्गको कुल लम्बाइ एक हजार तीन सय ९० भए पनि केही ठाउँमा यो अन्य राजमार्गसँग जोडिएको छ। अन्य राजमार्गसँग जोडिएको लम्बाइ घटाइ मदन भण्डारी राजमार्गलाई मात्र जोड्ने हो भने यसको लम्बाइ सात सय ४० किलोमिटर हुनेछ।

राजमार्गको कुल लम्बाइमध्ये तीन सय ५० किलोमिटर बाटोमा अहिलेसम्म कालोपत्र भइसकेको छ। चार सय ५४ किलोमिटर दूरीमा कालोपत्र गर्न ठेक्का सम्झौता भइसकेको छ भने बाँकी दूरीमा ठेक्का सम्झौता हुन सकेको छैन। बजेट अभावमा सबै ठाउँमा ठेक्का सम्झौता हुन नसकेको आयोजनाले जनाएको छ।

राजमार्गमा निर्माण हुने एक सय ८५ वटा पुलमध्ये अहिलेसम्म एक सय ४२ वटा बनिसकेका छन्। ४३ वटा पुल बनाउन बाँकी छन्। यस राजमार्गले कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम गरी ६ वटा प्रदेशलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने भएको छ।

यस आयोजनाले झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, पाल्पा, गुल्मी, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, डोटी, कैलाली र कञ्चनपुर गरी १८ वटा जिल्लाई जोड्नेछ।

यस आयोजनाबाट ८४ लाख ३३ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ । यस आयोजनाले चुरेको वन क्षेत्रभन्दा तल रहेका क्षेत्रमा औद्यौगिक तथा आर्थिक विकासमा टेवा पुर्‍याउने अनुमान गरेको छ। सरकारले यस आयोजनालाई राष्ट्रिय प्राथमिक आयोजनाको रूपमा राखेको छ तर काम भने निकै ढिलो भइरहेको छ।

यस आयोजनाको कुल लागत ७७ अर्ब रूपैयाँ खर्च हुन अनुमान गरे पनि आयोजना सम्पन्न हुँदासम्म यसको कुल खर्च बढेर करिब एक खर्ब खर्च हुन सक्ने आयोजना कर्मचारीहरूले अनुमान गरेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस