अनुदानको भरमा कर्णालीको बजेट, बढेन आन्तरिक आम्दानी
०७ कार्तिक २०८१
•
५ मिनेट पाठ
अनुदानको भरमा कर्णालीको बजेट, बढेन आन्तरिक आम्दानी
सङ्घीयता कार्यान्वयन भएको छ वर्ष पूरा भइसक्दा पनि कर्णाली प्रदेश आन्तरिक आम्दानी बढाउन कमजोर देखिएको छ। विगत छ वर्षमा रु दुई खर्बको बजेट ल्याएको प्रदेश सरकारले यसबीचमा रु दुई अर्ब ७९ करोड ८२ लाख मात्र आम्दानी गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ।




हालसम्म बजेटको एक दशमलव तीन प्रतिशत हिस्सा मात्रै आन्तरिक आम्दानीको देखिन्छ भने बाँकी सङ्घ सरकारको अनुदानमा निर्भर छ। प्रदेशमा उठेको राजस्वले सामान्य प्रशासनिक खर्चसमेत धान्न नपुग्ने प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ललित थापाले बताए। उनका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७४/७५ मा काम चलाउको रुपमा रु एक अर्ब २० करोडको बजेट ल्याएको थियो।

आव २०७५/७६ मा रु २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएको सरकारले आन्तरिक आम्दानीको लक्ष्य ५० करोड राखेकामा लक्ष्यको १४ दशमलव आठ प्रतिशत राजस्व सङ्कलन भएको सूचना अधिकारी थापाले जानकारी दिए। आव २०७६/७७ मा रु ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट विनियोजन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा आधाले घटाएर रु २५ करोड १० लाख ४१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सोको ९३.४० प्रतिशत सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

आव २०७७/७८ सरकारले रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट ल्याउँदा आन्तरिक आम्दानीको लक्ष्य ३० करोड ६५ लाख ३० हजार राखेको थियो। उक्त वर्ष लक्ष्यको दोब्बरभन्दा बढी अर्थात्  ६३ करोड ९४ लाख ९३ हजार रकम राजस्व सङ्कलन भएको सूचना अधिकारी थापाले जानकारी दिए। त्यस्तै, आव २०७८र७९ मा ६० करोड आन्तरिक आम्दानीको लक्ष्य राखेकामा रु ६६ करोड २४ लाख, आव २०७९/८० मा रु ७१ करोड २९ लाख ७४ हजार राजस्वको लक्ष्य रहँदा सोको ८० प्रतिशत सङ्कलन गरेको थियो।

गत आर्थिक वर्ष २०८०/८१ मा रु ८३ करोड ६२ लाख १२ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको सरकारले रु ७२ करोड ५३ लाख ७४ हजार सात सय ४५ आम्दानी गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याउँदा रु ८३ करोड ४४ लाख ६५ हजार आन्तरिक राजस्व सङ्कलन हुने अनुमान गरेको छ।  

किन बढेन आन्तरिक आम्दानी ?

प्रदेश सरकारले आफ्ना आम्दानीका स्रोतहरु बढाउँदै आत्मनिर्भर हुनुपर्ने भए पनि आम्दानीका स्रोत पहिचान गर्न नसक्नुले आम्दानी बढ्न नसकेको विज्ञहरु बताउछन्। कर्णालीमा ठूला उद्योग सञ्चालन हुन नसकेको भन्दै आफ्ना आम्दानीका क्षेत्र पहिचान गर्न नसक्दा आन्तरिक आम्दानी खुम्चिएको मध्यपश्चिम विश्वविद्यालयमा अर्थशास्त्र अध्यापन गराइरहनुभएका उपप्राध्यापक निर्मल थापाले बताए।

'सरकारले आफ्नो आम्दानीको स्रोत पहिचान गरी सदुपयोग गर्न सकेन', उनले भने, 'सरकारले स्रोत पहिचान, सदुपयोग गरी करको दायरा बढाउनुपर्नेमा त्यसो हुन नसक्दा आम्दानी नबढेका हो।'

कर्णालीमा पर्याप्त मात्रामा प्राकृतिक संशाधन रहेको भन्दै यसको परिचालन गर्दै उद्योगधन्दा स्थापनातर्फ ध्यान दिएर बजेट विनियोजना गर्नुपर्ने उपप्राध्यापक थापाको सुझाव छ। करको दायरा बढाउन आम्दानीका स्रोतको पहिचान गर्नुपर्ने भन्दै सोपछि आन्तरिक आम्दानी बढाउन सकिने धारणा उनले राखे।

अर्थ विश्लेषक पिताम्बर ढकालले पनि आम्दानीका स्रोतहरु खोजी हुन नसकेको भन्दै प्रशस्त सम्भावना रहेको कर्णालीका प्राकृतिक स्रोतसाधन परिचालन गरी आम्दानी बढाउन सकिने धारणा राखे। “जडीबुटीको हबका रुपमा रहेको कर्णालीमा जडीबुटी उत्पादनदेखि, प्रशोधन र औषधि उत्पादन गरेर बिक्रीवितरण गर्न सके प्रशस्त आम्दानी लिन सकिन्थ्यो, त्यसो हुन सकेको छैन”, उनले भने।

सुर्खेतको पश्चिमी क्षेत्रमा चुन ढुङ्गाको सम्भावना रहेको भन्दै सोको शुभारम्भ समेत हुन नसक्नु दुखद विषय भएको भन्दै विश्लेषक ढकालले स्रोत पहिचान गरी सदुपयोग गर्न सके आन्तरिक आम्दानी वृद्धि हुँदै जाने उल्लेख गरे।

प्रदेशसभाका सांसद एवं पूर्वआर्थिक मामिला तथा योजनामन्त्री बिन्दामान विष्टले आन्तरिक आम्दानी बढाउने उपायका सम्बनधमा यसअघि तयार भएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। 'आफू मन्त्री भएको बेला बनाएको प्रतिवेदनमा उल्लेखित सुझावका आधारमा योजना बनाउन सके आम्दानीका स्रोतहरु वृद्धि गरेर आत्मनिर्भर प्रदेश बनाउन सकिन्छ', उनले भने, 'नयाँ सरकारले उक्त प्रतिवेदन अध्ययन गरी आवश्यकता परे परिमार्जनसहित कार्यान्वयन गर्नुपर्ने हुन्छ।'

प्रदेशको आम्दानीका लागि तोकिएका क्षेत्र कर्णालीमा सीमित रहेकाले आम्दानी बढ्न कठिनाइ हुने सांसद विष्टको तर्क छ। यस्तो अवस्थामा करका क्षेत्रहरु फराकिलो बनाउन प्रदेश सरकारले ध्यान दिनुपर्नेमा उनले सुझाव दिए।  

यस्तो छ आम्दानी बढाउने तयारी

सङ्घ सरकार तथा संविधानले दिएको अधिकार अनुसार काम गर्ने वातावरण सिर्जना नगर्दा आन्तरिक आम्दानी बढाउन नसकिएको प्रदेश सरकारको दाबी छ। प्रदेशलाई आत्मनिर्भर बनाउने गरी आफूले योजना निर्माण गरिरहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले बताए।

चालु आवका लागि राखिएको राजस्वको लक्ष्यभन्दा बढी उठाउने गरी संयन्त्र बनाइएको योजना मन्त्री शाहले जानकारी दिए। 'मेरो पहिलो योजना भनेको करका दायरा बढाउने हो, त्यसका लागि वित्तीय अनुसाशन चाहिन्छ', उनले भने, 'अहिलेसम्म प्रदेश सरकारले बनाउने बजेटको वित्तीय अनुशासन नभएकाले यसलाई व्यवस्थापन गर्दै दिगो र सवल अर्थतन्त्र हुनेगरी काम गर्दैछौँ।'

वित्तीय विधेयक मन्त्रिपरिषद्मा पेस गरेको भन्दै संसद्बाट पास भएपछि प्रदेशमा वित्तीय अनुशासन कायम हुने योजना मन्त्री शाहले बताए। यसले आम्दानीसँगै रोजगारी पनि सिर्जना हुने उनको दाबी छ। आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिना मात्रै भएको जनाउँदै उनले मन्त्रालयमा राजस्व शाखासमेत नरहेकाले सोको स्थापनाको तयारी भइरहेको बताए।

'प्रदेशलाई संविधानले कर उठाउने दायरा पनि सानो दिएको छ, कर्णालीको सन्दर्भमा पनि यो सानो भएकाले हामीले भने अनुसार आम्दानी गर्न सकिरहेका छैनौँ', योजना मन्त्री शाहले भने, 'यस विषयमा सङ्घीय सरकारसँग गहन रुपले छलफल गरी करको दायरा फराकिलो बनाउन पहल गर्नेछौँ ।' साथै आन्तरिक स्रोत पहिचान गरी सोको सदुपयोग गर्दै आम्दानी बढाउने योजनामा प्रदेश सरकार रहेको उनले उल्लेख गरे। टेकराज केसी/रासस
अर्को समाचार
कर्णालीमा बहुवर्षीय आयोजनालाई बजेट अभाव
०४ जेष्ठ २०८०
•
२ मिनेट पाठ
कर्णालीमा बहुवर्षीय आयोजनालाई बजेट अभाव
कर्णाली प्रदेश सरकारसँग हालसम्म ११४ वटा बहुवर्षीय आयोजना छन्। ति आयोजनाका लागि प्रदेश सरकारसँग प्रयाप्त बजेट छैन्। कर्णालीको आगामी आर्थिक वर्षको बजेट बहुवर्षीय आयोजना केन्द्रीत हुने देखिन्छ। आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले नयाँ योजना भन्दापनि बहुवर्षीय आयोजना सम्पन्न गर्ने गरेर बजेट ल्याइने बताए।




‘एक त कर्णालीको आन्तरिक स्रोत नहुँदा प्रदेशको बजेट न्यून छ,’ उनले भने, ‘बहुवर्षीय आयोजना धेरै हुँदा नयाँ योजना समेटन सकिने अवस्था छैन्।’ ११४ आयोजना मध्ये कर्णाली प्रदेश रंथगशालाबाहेकको स्रोत सुनिश्चितता छैन्। प्रदेश सरकार अहिले नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रीत छ। आगामी जेठ १५ गते नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने प्रचलन छ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३२ अर्ब ३१ करोड ६१ लाख बजेट ल्याएको थियो। प्रदेशको आन्तरिक आम्दानी नभएकाले कर्णालीको बजेट केन्द्रबाट आउने अनुदानको भरमा निर्माण हुन्छ। प्रदेश सरकारले ३० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको छ। ‘संघीय सरकारले पठाउने सशर्त र विशेष अनुदानका आधारमा हामीले बजेट बनाउने हो, प्रदेशको आन्दानी न्यून छ,’ उनले भने, ‘संघबाट आउने बजेटका आधारमा ३० अर्बसम्मको बजेट ल्याउने तयारी छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिमको बजेट अघिल्ला आर्थिक वर्षको भन्दा कम नहुने बताउँदै आएका छन्।

चुनावकै बेला हालका प्रधानमन्त्री र उपप्रधानमन्त्रीले कर्णालीका विभिन्न जिल्लामा भएका कार्यक्रमहरुमा विगतको भन्दा धेरै बजेट सिंहदरवारबाट पठाउने घोषणा गरेका थिए। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का विगतको भन्दा नघट्ने गरेर कर्णाली र सुदूरपश्चिमलाई बजेट पठाइने बताउँछन्।

‘विकासमा पछाडि परेको कर्णाली र सुदूरपश्चिमलाई विगतको भन्दा धेरै बजेट पठाउने गरेर हामीले गृहकार्य गरिरहेका छौं,’ उपप्रधानमन्त्री खड्काले भने, ‘आर्थिक मन्दीका कारण संघको बजेट कम भएपनि कर्णाली र सुदूरपश्चिमलाई जाने बजेटमा कमि हुन दिँदैनौं।’

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रतिवर्ष १० हजार युवाहरुलाई रोजगार दिने घोषणा गरेका छन्। यसका लागि अहिले कर्णालीले प्राप्त गरिरहेको बजेट अपुग हुन्छ। देशको आर्थिक मन्दीको असर मुख्यमन्त्रीको घोषणामा पनि पर्ने देखिन्छ।

आर्थिक मामिला मन्त्री सिंहले वितरणमुखि र विचौलियाको नियन्त्रणमा नरहने गरेर बजेट ल्याइने बताए। ‘तीन वटै तहका सरकारको महत्वलाई जोगाउँदै वितरणमुखि विचौलियाको नियन्त्रणमा लागेर जनताकाले परिवर्तनका अभाष हुनेगरी बजेट निर्माण गरिरहेका छौं,’ उनले भने, ‘कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै कर्णालीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरेर बजेट ल्याउँछौं।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस