मनास्लु आधारशिविरः आरोहणका लागि तयार भयो अस्थायी ‘भिलेज’
१० असोज २०८१
•
३ मिनेट पाठ
मनास्लु आधारशिविरः  आरोहणका लागि तयार भयो अस्थायी ‘भिलेज’
मनास्लु आरोहणका लागि पुगेका आरोही र उनीहरुका सहयोगीका लागि आधारशिविरमा बनाइएको अस्थायी भिलेज। तस्बिर सौजन्यः बोधराज भण्डारी
मनास्लु हिमाल (८,१६३मि) आरोहणका लागि यो बेला आधारशिविरमा आरोहीको भीडभाड रहेको छ। यो सिजनमा सबैभन्दा बढी आरोही मनास्लुमा आएको पर्यटन विभागको भनाई छ। आरोहणमा आएका आरोही र उनीहरुका सहयोगीका कारण अहिले मनास्लु आधारशिविरमा अस्थायी बस्ती नै तयार भएको छ।




पर्यटन विभागका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ टिमले स्वीकृति लिएका छन्। ती टिममा २ सय २६ जना पुरुष र ८२ जना महिला छन्। सबैगरि यो वर्ष ३ सय ८ जनाले यो सिजनमा मनास्लु आरोहणका लागि स्वीकृति लिएको विभागको भनाई छ। यो सिजनमा विभिन्न १६ वटा हिमाल आरोहणका लागि विदेशी आरोहीले अनुमति लिएकोमा सबैभन्दा बढी मनास्लुका लागि छन्।

मनास्लु आरोहणका लागि अहिले आधारशिविर (४८०० मि) मा आरोहीको भीडभाड रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का आयोजना प्रमुख सन्तोष शेरचनले बताए । उनका अनुसार आरोहणका लागि आएका आरोही सहित उनीहरुका शेर्पा, सहयोगी, गाइड र भरियाका कारण अहिले आधारशिविरमा भीडभाड रहेको छ।  

‘अहिले मनास्लु आधारशिविरमा फरक ‘भिलेज’ तयार भएको छ। विभिन्न रंगीचंगी टेन्ट टाँगेर आरोहणका लागि आएका आरोही र उनीहरुका सहयोगीहरु बसिरहेका छन,’ शेरचनले भने, ‘मनास्लुमा यो सिजनमा अरु सिजनमा भन्दा बढी आरोही हुन्छन्। उनीहरुका सहयोगीका कारण भीडभाड रहन्छ।’ सहयोगीहरु आरोहीको व्यवस्थापनमा खटिन्छन भने आरोहीहरु अभ्यासमा जुटिरहेका हुन्छन।

गोरखाको माथिल्लो भेग सामागाँउदेखि आधारशिविर एकदिनमा आउजाउ गर्न सकिन्छ। स्थानीयले आरोहीसँग गएका सहयोगीलाई सामागाँउ भन्दा माथि जान दिँदैनन। सामागाँउ भन्दा माथिल्लो भेगमा आरोहीको व्यवस्थापनमा स्थानीय खटिन्छन। ‘आरोहीहरु हेलिकप्टरमै पुग्छन। केहीगरि सहयोगीहरु गए भने उनीहरु सामागाउँमै रोकिन्छन। सामागाउ भन्दा माथिल्लो क्षेत्रमा स्थानीयले आरोहीको काममा सघाउँछन, त्यसले स्थानीयलाई लाभ पनि दिएको छ,’ उनले भने, ‘भारी बोक्नदेखि व्यवस्थापनको काममा स्थानीय खटिन्छन। त्यसले उनीहरुको आर्थिक अवस्था पनि बढाएको छ।’

मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा धेरै २०७९ सालमा ४ सय ४ जनाले अनुमति लिएका थिए। त्यो संख्या २०८० मा २६ समूहका ३ सय १ जनाले अनुमति लिएका थिए भने यसवर्ष बढेर ३ सय ८ जनाले अनुमति लिएका पर्यटन विभागको तथ्याङकमा उल्लेख छ। अहिले आरोहणसँगै मनास्लु क्षेत्रमा पदयात्री पनि बढिसकेका छन। यो बेला पदयात्राको सिजन पनि भएकोले पदयात्रीहरुको पनि भीड बढिसकेको उनले बताए। अगष्टदेखि अक्टोवरसम्म मनास्लु आरोहणका लागि उपयुक्त सिजन भएकोले यो बेला भीडभाड रहेको शेरचनले बताए।  

स्थानीय व्यावसायी वीरवहादुर लामा पनि आरोही र उनीहरुका सहयोगीका कारण यो बेला आधारशिविरमा भीडभाड र चहलपहल बढेको बताउँछन। ‘सामागाउँसम्म मनास्लु क्षेत्रको पदयात्रामा आएका पर्यटक छन्। त्यसभन्दा माथिको आधारशिविरमा भने आरोही र उनीहरुको सहयोगमा खटिएका सहयोगीले भिन्दै बस्ती नै बसालेका छन। बस्तीमा आरोहीसँगै उनीहरुका सहयोगी आरोहणको उपयुक्त मौसम कुरेर बसिरहेका छन,’ लामाले भने, ‘यो बेला मनास्लुमा आरोहणमा आउने धेरै हुन्छन। अरु हिमालतिर अर्काे सिजनमा आउँछन । तर, मनास्लुमा यहीबेला भीडभाड लाग्छ।’  

मनास्लुमा सबैभन्दा पहिलो सन् १९५६ मा पहिलो पटक आरोहण पुरा भएको थियो। त्यसपछिको यो अवधिमा अहिलेसम्म करिब ३ हजार जनाले मनास्लु हिमाल आरोहण गरिसकेका छन्। यो सिजनमा २६ जना विदेशीलाई मनास्लु आरोहण सफल बनाउन सकेका स्नोइ होरिजन ट्रेक्स एण्ड एक्सपीडिसनका अध्यक्ष बोधराज भण्डारी मनास्लुमा यो बेला आरोहणका लागि उपयुक्त समय मानिने भएकोले भीडभाड हुने बताउँछन्।  

‘योपटकको सिजन सुरु हुनासाथ मौसमले साथ दियो र धमाधम आरोहण भयो। धेरै आरोहण सफल पनि भए,’ भण्डारीले भने, ‘अब भने आरोहणको समय सकिने बेला भएको छ। यो सिजनको अन्तिम समय हुन थालेको छ।’ अगष्ट अन्तिम सातादेखि अक्टोवर पहिलो सातासम्म मनास्लु आरोहणका लागि उपयुक्त समय मानिने उनले बताए। ‘मेरै २६ जनाले यो सिजनमा मनास्लु आरोहण पुरा गरिसकेका छन,’ उनले भने।  
अर्को समाचार
१६१ ले चढे मनास्लु
१४ कार्तिक २०७९
•
२ मिनेट पाठ
१६१ ले चढे मनास्लु
यस वर्षको शरद ऋतु  (असोज, कात्तिक) मा एकसय सय ६१ आरोहीले मनास्लु हिमाल (८,१६३ मिटर) आरोहण गरेका छन्।




पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् । विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनास्लु आरोहणका लागि चार सय ४ विदेशीले अनुमति लिएकामा ७७ ले आरोहण गरेको जानकारी दिए।  

विदेशी आरोहीका साथमा नेपाली शेर्पा सहयोगी पनि मनास्लुको चुचुरोमा पुगेका छन्। उनले यो मौसमको मनास्लु आरोहण सकिएको तथा अन्य हिमाल तथा चुलीको आरोहण जारी रहेको बताए। अघिल्लो वर्षभन्दा केही कम सङ्ख्यामा आरोही मनास्लुको चुचुरोमा पुगेको जनाइएको छ। यो पटक मनास्लु आरोहण सुरु हुनैलाग्दा मनास्लु आधारशिविर माथितिर हिमपहिरोको घटना भएको थियो।  

मनास्लु हिमालमा गत असोज १० गते हिमपहिरो खस्दा एक जनाको मृत्यु भएको थियो भने केही आरोही घाइते भएका थिए। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमाल हो। मनास्लु मानसिरी पर्वतशृङ्खलामा पर्दछ। यो मौसमका लागि मनास्लु आरोहण आकर्षक मानिन्छ।  

वसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनास्लु आरोहण उपयुक्त मानिन्छ। वसन्त ऋतुमा बढी सगरमाथा लगायत हिमालको आरोहण हुने गरेको छ। पर्वतारोहण शाखाको विवरणमा यो मौसममा मनास्लु आरोहणका लागि मात्रै ३८ आरोही समूहका ७९ महिला र तीन सय ७ पुरुष गरी कूल चार सय ४ ले आरोहण अनुमति लिएका थिएका थिए।

शरद ऋतुको आरोहणका लागि सगरमाथा (८, ८४८. ८६ मिटर), मनास्लु लगायत हिमाल तथा चुली आरोहणका लागि एक सय ४६ आरोही समूहका एक हजार दुई सय ३८ आरोहीले आरोहण अनुमति लिएका छन्। शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्छ।  

शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो मौसममा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ। सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए।  सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो मौसम आरोहणको उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेको बताए। रासस
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस