नेपालको तराई मधेसमा रक्षा बन्धनलाई विशेष चाडका रुपमा धूमधाम साथ मनाइने गरिन्छ। गुरुहरूबाट हातमा रक्षा बन्धनको डोरा बाँध्ने चलन छ।
यस्तै दिदी बैनीले दाइ भाइलाई राखी बाँध्ने चलन समेत छ। अहिले तौलिहवा बजार भरी व्यापारीहरूले रङ्गीचङ्गी र थरिथरीका राखी बेच्न राखेका छन। तर फाटफुट मात्र व्यापार भएको व्यापारीहरूको गुनासो छ।
व्यापारीहरूले यसपालि बजार सुनसान भएको बताउँछन्। तौलिहवाको शिव मन्दिर टोलका बालाजी गिफ्ट सेन्टरका मालिक विकास कुमार कान्दुले यो वर्षको रक्षा बन्धनमा तौलिहवा बजार झनै सुनसान बनेको बताए।
रक्षा बन्धनलाई लक्षित गरी आफूले थरथरीका राखी बेच्नको लागि राखे पनि फाटफुट मात्र व्यापार भएको उनी सुनाउँछन्।
‘ भदौ ३ गते रक्षा बन्धन हो तर भदौ २ गते सम्म पनि खासै व्यापार भएको छैन ’ उनले गुनासो गरे। उनले पसलमा १० रुपैयाँ देखि ५ सय सम्म पर्ने खाले राखी बेच्नका लागि राखेका छन्। तर यस पटक व्यापार नै चौपट भएको उनको गुनासो छ
अर्का व्यापारी बृजेश भटराले रक्षा बन्धनलाई लक्षित गरी ल्याएको सामान खासै नबिकेको बताए। राखी, लगाउने टीका लगायतका सामाग्रीहरु पनि बिक्री नभएको उनले सुनाए। विगत बर्सहरूको तुलनामा यस वर्ष भने व्यापार नभएको उनको गुनासो छ।
वारिका उपभोक्ताहरू भारत तर्फ सामान किन्न आकर्षित हुने र कोरोनाका कारण छाएको मन्दीले समेत व्यापारमा असर पुगेको उनी बताउँछन्। मिठाई, फलफूल लगायतका व्यापारीहरूले समेत खासै व्यापार नभएको बताए।
यस वर्षको चाडबाड आफुहरुकालागि नाम मात्रको भएको व्यापारीहरूको भनाई छ। तौलिहवा उद्योग वाणिज्य संघका महासचिव देबेस जैसवालले यस वर्ष विगत बर्सहरूको तुलनामा रक्षा बन्धनका कम व्यापार भएको बताए। अधिकांश उपभोक्तहरु भारतीय बजारमा जाने गरेकाले समेत समस्या आएको उनले बताए।