निर्माण सम्पन्न भएको चार वर्षमा पनि ठेकेदारले पाएन भुक्तानी
३२ साउन २०८१
•
५ मिनेट पाठ
निर्माण सम्पन्न भएको चार वर्षमा पनि ठेकेदारले पाएन भुक्तानी
कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्र्तगतको टीकापुरस्थित प्राकृतिक श्रोत व्यवस्थापन कलेजले भवन निर्माणबाफतको रकम चार वर्षदेखि भुक्तानी नगर्दा ठेकेदार समस्यामा परेका छन्।




निर्माण कम्पनी एमके/बि एण्ड पि जेभीले बारम्बार ताकेता गर्दा पनि कलेजले भवनबाफतको रकम भुक्तानी नगरेको बताएको छ।

निर्माण व्यवसायी प्रकाश शाहले आफ्नो करिव साढे १७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए।

उनकाअनुसार भेरियसन (थपिएको काम) वाफत १० लाख २२ हजार १३८, धरौटी वाफत ६ लाख र थप डेढ लाख रुपैयाँ कलेजले भुक्तानी गर्न बाँकी रहेको छ।

२०७६ वैशाख ३० गते कार्यादेश पाएको निर्माण कम्पनीले सोहीवर्षको चैत मसान्तसम्ममा सबै निर्माणको काम सक्नुपर्ने थियो। सो समयमा संसारभर कोडिभ–१९ फैलियो। जसको प्रभाव नेपालमा समेत परेको थियो। कोभिड–१९ को प्रभावले विकास निर्माणका काम समेत ठप्प भएका थिए। तर, कलेजको भवन निर्माणको कामले भने निरन्तरता पाईरह्यो।

२०७४ सालमा टीकापुरमा स्थापना भएको कलेजका कक्षाहरु तत्कालिन समयमा वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पसको भवनमा सञ्चालन भइरहेको थियो। क्याम्पसले स्नातकोत्तर तहको अध्ययनअनुमति पाएपछि कक्षाकोठा अपुग हुने भएपछि भवन छिटो खाली गरिदिन कलेजलाई आग्रह गर्यो।

तत्कालिनअवस्थामा टीकापुर नगर विकास समितिले कलेजका नाममा टीकापुर नगरपालिका वडा नम्बर १ मा १० विगहा जमिन उपलब्ध गराएको थियो। कलेजले सो जमिनमा भवन निर्माणका लागि पहल गरिरहेको थियो। सोही क्रममा कलेज जतिसक्दो छिटो भवन निर्माण गर्नुपर्ने दबाबमा थियो।

निर्माण कम्पनीकाअनुसार कृषि संकायका तत्कालिन डिन प्रा. जय प्रकाश दत्तले भवन छिटो निर्माण सम्पन्न गर्न आग्रह गरे। सोहीअनुसार निर्माण कम्पनीले कोरोनाको समयमा समेत भवन निर्माणको कामलाई निरन्तरता दियो। २०७७असार मसान्तभित्र भवन निर्माणको काम सम्पन्न भयो र साउन महिनाबाट कक्षा सञ्चालन गरियो।

‘कोरोनाको कहरमा समेत काम गरियो’ निर्माण व्यवसायी शाहले भने–‘तैपनिअहिलेसम्म रकम भुक्तानी हुन सकेको छैन।’

निर्माणको काम एकातिर समयमै र अर्कोतिर सम्झौताभन्दा धेरै गर्न पर्ने देखियो। प्राविधिक पक्षले २०७६ फागुन १२ गते डिन कार्यालयलाई थप्नुपर्ने कामकाबारेको स्पष्ट जानकारीसहित पत्राचार गरेको थियो। सो पत्रमा २ वटा ल्याबभवन, २ वटा शौचालय, सेफ्टी ट्यांकी, माटो पटानी समेत गर्नुपर्ने भएकाले कामथपिएको उल्लेख छ।

प्राविधिक पक्षको पत्राचार पश्चात २०७६ फागुन २० गते निर्माण समितिका अध्यक्ष समेत रहेका डिन प्रा. दत्तको अध्यक्षतामा बैठक बस्यो। सो बैठकले कामथप्नुपर्ने कुरालाई स्विकार गरेर निर्माण कार्य अघि बढाउने निर्णय गर्यो।

यतिञ्जलेसम्म दुई पक्षबीच कुनै समस्या देखिएन। २०७७ असार मसान्तमै मेल मार्फत पठाएको बिल भरपाईकै आधारमा रकम भुक्तानी समेत भएको थियो। विश्वविद्यालयको टोलीले २०७७ कार्तिकमा भवन निर्माण स्थलको निरिक्षण गर्यो। इन्जिनियरले सम्झौताभन्दा धेरै काम भएको भन्दै भेरियसन रकमथप्ने जानकारी दिए।

निरिक्षणमा आएको टोलीले नै सम्झौताभन्दा धेरै कामभएको भनेपछि निर्माण पक्षले भोलिका दिनमा समस्या आउने कुराको आशंका नै गरेन। ‘यस्तो समस्याको त कल्पना समेत गरिएको थिएन,’ शाहले भने–‘हामी त जस्तोसुकै कठिनाई भोगेर भएपनिकाम छिटो गर्न मै तल्लिन थियौं।’

निर्माण पक्षले २०७७ चैत ६ गते भेरियसनका लागि लेखेको पत्रडिन कार्यालयमा दर्ता गर्यो। डिनले प्रशासन र प्राविधिक पक्षलाई नियमानुसार चेकजाँच गरी रकम उपलब्ध गराउनआदेश दिए। सोहीदिन निर्माण पक्षले अन्तिम बिलभुक्तानीका लागि समेत पत्र दर्ता गर्यो। अन्तिम बिल भुक्तानीमा समेत डिनले त्यस्तै आदेश दिए।

२०८० साउन ९ गते निर्माण पक्षले विश्वविद्यालयको केन्द्रिय कार्यालयमा उपकुलपति, रजिष्टार, डिन लगायतसँग बैठक गरेको थियो। सो बैठकमा एक महिनाभित्र अन्मित बिल भुक्तानी गर्ने मौखिक सहमति भएको निर्माण व्यवसायीशाहले बताए। एक महिनाभित्र अन्तिम बिल भुक्तानी गर्ने भनेको विश्वविद्यालयले त्यसपछि पनि वेवास्तागर्दै गयो। निर्माण पक्षले पुनः २०८० फागुन २४ गते बिल भुक्तानीका लागि पत्राचार गर्यो।

निर्माण व्यवशायीशाह २०८१ असार ९ गते चितवन रामपुरस्थित विश्वविद्यालयको केन्द्रिय कार्यालय पुगे। उनले ०८१ असार मसान्तभित्र रकम भुक्तानी गरिदिन आग्रह गरे। तैपनि विश्वविद्यालयले कुनै वास्तानगरेको शाहले बताए। उनले २०८१ साउन ६ गते उपकुलपतिका नाममा पत्राचार गरी भुक्तानी नगर्नुको कारण र भुक्तानी गर्ने वा नगर्ने बारेमा एक साताभित्र जवाफ माग गरे। तैपनि विश्वविद्यालयले कुनै जानकारी नदिएको शाहले बताए।

विश्वविद्यालयले नियुक्त गरेका तत्कालिन इन्जिनियर यज्ञबहादुर बस्नेतले निर्माण व्यवसायीमाथि विश्वविद्यालयले अन्याय गरेको बताए। उनले आफू हालकार्यरत नरहेको बताए। ‘म अहिले छैन। त्यो काम मैले नै हेरेको हो। उहाँहरु पीडित हो’उनले भने–‘थपकामभएकै हो। त्यसको जानकारी समयमै विश्वविद्यालयलाई दिईएको थियो।’

विश्वविद्यालयले उनलाई काम सकिनु अगावै हटायो। दुई पक्षबिच विवाद भएपछि उनलाई पुनःविश्वविद्यालयले ३ महिना कामगर्न लगाएको थियो। उनलाई थपिएको ३ महिनामा अधुरो काम सम्पन्न गर्ने जिम्मेवारी तोकिएको थियो। ‘मैले थपिएको समयमा समेत सबै कुरा उल्लेख गरेर लिखित रुपमै बुझाएको थिए’उनले भने–‘के कारण भुक्तानीगर्न मानेको छैन, थाहा भएन।’

हालकृषि संकायका डिन रहेकाप्रा.डा. अर्जुन श्रेष्ठले निर्माणको काम सार्वजनिक खरिद ऐन बमोजिमन भएको बताए। ‘कार्यादेश बिनै काम गर्नु भएको रहेछ’ उनले भने–‘मौखिम रुपमा भनेको त होला तर त्यो कानूनी आधार भएन।’

उनले कानूनी रुपमा जटिलता भएकाले भुक्तानीमा समस्या भएको बताए। उनले टीकापुरमा मात्रै नभई अन्यत्र समेत यस्ता कामको भुक्तानी हुन नसकेको जानकारी दिए। उनका अनुसार यी सबै काम आफू डिन हुनु भन्दा अघिको समयमा भएका हुन्। ‘म भन्दा अघिको काम हुन मैले माथिल्लो निकायमा पठाएको छुँ’ उनले भने–‘यस बारेमा केन्द्रिय कार्यालयले बुझ्दैछ।’

यस बारेमा बुझ्न खोज्दा विश्वविद्यालयका उपकुलपति डा. पुण्यप्रसाद रेग्मीसँग सम्पर्क हुन सकेन।
अर्को समाचार
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
१८ मिनेट अघि
•
१ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 

केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।

वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।

“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”

कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।

असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार 

हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”

चाडपर्व र मेलामा अत्यधिक माग

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।

उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।



सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस