डाइनेस्टी हेलिकप्टर दुर्घटना: मृतकको शव परीक्षण थालियो
२४ साउन २०८१
•
१ मिनेट पाठ
डाइनेस्टी हेलिकप्टर दुर्घटना: मृतकको शव परीक्षण थालियो
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ। 




महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए। उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो।

हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी छ। चिनियाँ नागरिकको शव परीक्षणका लागि यहाँस्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको व्यवस्थापक पण्डितले जानकारी दिए। 
अर्को समाचार
टिचिङ अस्पतालमा पानीको हाहाकार
२० फागुन २०८१
•
३ मिनेट पाठ
टिचिङ अस्पतालमा पानीको हाहाकार
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुई वटै बोरिङ बिग्रिएपछि सोमवारदेखि पानीको अभाव भएको अस्पतालले जनाएको छ। दुई वटा बोरिङ मध्येमा एउटा एक साता पहिला नै बिग्रेको थियो भने अर्को सोमवारदेखि बिग्रेको हो । अस्पतालमा आपूर्ति हुने कुल पानीको मात्रा मध्येमा ७५ प्रतिशत बोरिङको माध्यमबाट र २५ प्रतिशत केयुकेएल मार्फत हुने गरेको छ ।




केयुकेएलको पानी  पनि  पानीको ट्र्याकमा लिक भएर कम आपूर्ति भएपछि  अस्पतालमा सोमवारदेखि  पानीको ठूलो सङ्कट परेको अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्यराले बताए ।

बोरिङ बिग्रिएपछि अस्पतालको बहिरङ्ग विभाग, बगैँचा, शौचालय, अन्य विभागहरूमा पानीको आपूर्ति  बन्द भएको सूचना अधिकारी रोस्यराले  बताए । अति आवश्यक सेवा दिइने विभागहरूमा भने पानीको आपूर्ति नियमित राखिएकोले व्यवस्थापन जसोतसो भएको अस्पतालले जानकारी दिएको छ ।  बिग्रेको बोरिङ मध्येमा एउटा पहिला नै मर्मत थालिएको भएपनि सोमवारसम्म बन्न सकेको थिएन । बिग्रेको अर्को बोरिङ पनि मङ्गलवार बिहानैदेखि मर्मत कार्य सुरु भएको र साँझसम्म बन्न सकेको छैन । 

पानीको सङ्कट परेपछि विशेष अनुरोधमा सोमवार साँझ केयुकेएलले तीन घण्टा पानी आपूर्ति गरेको थियो । सो पानीले सोमवारको रात कटे पनि मङ्गलवारदेखि पुन कमी भएपछि केयुकेएललाई  अस्पताल प्रशासनले अनुरोध गरेर दिनभरमा दश वटा ट्याङ्ककरबाट पानी आपूर्ति गरी काम चलाइएको अधिकृत रौस्यराले बताए । सोमवार पनि बोरिङ बन्न नसकेमा पानीको सङ्कट हुने दिन लम्बिने सम्भावना रहेको अस्पतालले जनाएको छ । ‘ बोरिङ धेरै गहिरोमा भएकोले मर्मत गर्न समय लागेको , आजै बन्छ भन्ने निश्चित छैन’ उनले भने ।

रौस्यराको अनुसार तत्कालको लागि ट्याङ्कर या अन्य स्रोतबाट लिएको पानीले काम चले पनि टिचिङमा कायम पानीको अभावको दिगो समाधान भएको छैन । गत वर्ष बोरिङमा समस्या आएपछि टिचिङको धारामा धमिलो पानी आएको विषय चर्चामा रहेको थियो । पानीको अभाव भएपछि  गत वर्षदेखि मात्र चार इन्चको पाइप जडान गरी पानी आपूर्ति सुरु भएको थियो । यो अस्पतालको सुरुमा तीन सय शय्या हुँदा एक इन्चको पाइपबाट पानी आपूर्ति हुन्थ्यो ।

बर्सेनि अन्तरङ्ग र बहिरङ्ग विभागमा बिरामीको चाप बढ्नु, सेवा विस्तार हुनुले पछिल्लो वर्ष बिरामी , चिकित्सक, कर्मचारी र कुरुवा सहित  दैनिक १३ हजार जनाले अस्पतालको पानी प्रयोग गर्छन् । यो अस्पतालको बहिरङ्ग विभागमा दैनिक २२ सय जना र तिनको साथी सहित ४४ सय जना आउँछन् भने अन्तरगं विभागमा १ हजार जना र तिनका कुरुवा र भेटन आउने मानिस र  अस्पतालमा विद्यार्थी,चिकित्सक र नर्स सहित ५ हजार जना दैनिक आउँछन् । यो हिसाबले दैनिक पानी प्रयोग गर्नेको संख्या १३ हजार पुगेको हो।

यो हिसाबले दैनिक १० लाख लिटर पानी खपत हुन्छ । यो पानीको लागि हाल अस्पतालमा रहेको पानीको स्रोत नै छैन । पहिलाको तुलनामा पानीको स्रोतले अपुग हुँदै गएपछि बोरिङ बर्सेनि मर्मत गर्दै जानु परेको छ । ‘सुरुमा ५० फिट गहिराइमा रहेको बोरिङबाट पानी आउन छोडेपछि हरेक वर्ष गहिराइ बढी खन्दै गए पनि भने जति पानी आउन सकेको छैन’ उनले भने । बोरिङको गहिराइ पचास, पैसठ्ठी हुँदै दुई सय ४५ फिट गहिरो भइसकेको छ । तैपनि पानी आउन छोडेको छ ।

यो स्थितिले अस्पतालको दैनिक आवश्यक पानीको आपूर्ति अस्पतालभित्रको जमिनको स्रोतबाट सम्भव नदेखिएको  उनले बताए । अस्पताल सार्वजनिक सेवाको ठाउँ भएकोले अस्पताल एक्लैले ठूलो परियोजनाको साथ पानीको स्रोत निर्माण गर्न नसक्ने भएकोले यो अस्पतालमा पानीको दिगो समाधान चाहिएको र त्यसको समाधान सरकारी तहबाट सम्भव भएको रोस्याराले बताए । ‘अस्पतालबाट ठूलो परियोजना सम्भव छैन, तत्कालै सरकारको सहयोग आवश्यक छ’ उनले भने ।

काठमाडौं  उपत्यका खानेपानी उपत्यकाका  प्रवक्ता प्रकाश कुमार राईको अनुसार यस अघि टिचिङको बोरिङ  पनि केयुकेएलले नै राखेको थियो । पानी आउने सम्भावना देखेपछि राखेको थियो  । यो स्रोतबाट अपुग हुने भएपछि अस्पतालले थप क्षमताको पानी माग गरेमा प्रक्रिया अनुसार ठूलो पाइपबाट पानी आपूर्ति गर्न सकिन्छ । यो हुनु अघि अस्पतालको माग आउनु पर्छ र खानेपानी ले पानीको एनालाइसिस गरेर आपूर्ति गर्न  सक्छ । ‘ पहिला अस्पतालले माग गर्नु प¥यो , हामी एनालाइसिस गरेर प्रक्रिया अघि बढाउँछौ’ उनले भने । 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस