चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक
१३ साउन २०८१
•
३ मिनेट पाठ
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक
सौराहाका होटल व्यवसायी सुमन घिमिरेले गत आर्थिक वर्षमा पर्यटक आएनन् भनेर निराश हुनु परेन। भूकम्प, नाकाबन्दी, कोरोना भाइरस महामारीमा सुनसान बनेको होटल गत वर्ष भरिभराउ रह्यो। ‘सौराहामा कोभिडपछि स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्दै गएको देखिन्छ’, क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले भने, ‘अघिल्लो वर्ष होटल व्यवसायीलाई निराश हुनुपर्ने अवस्था आएन।’ नेपालको आर्थिक अवस्थामा सुधार आउने हो भने सौराहामा पर्यटकको संख्या अझै बढाउन सकिने उनी बताउँछन्।




चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै सबैभन्दा धेरै पर्यटक आव २०८०/२०८१ मा भित्रिएका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्ष तीन लाख ६ हजार आठ सय ३७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका छन्।

निकुञ्जमा घुम्न आएका पर्यटकको संख्या हालसम्मकै धेरै रहेको उनले बताए। ‘निकुञ्जमा के कारणले पर्यटकको संख्या वृद्धि भएको थाहा भएन’, तिवारीले भने, ‘सम्भवतः निकुञ्ज घुम्ने पर्यटकको संख्या हालसम्मकै धेरै हो।’ निकुञ्ज भ्रमण गर्नेमा विदेशी पर्यटकको संख्या पनि उच्च छ। सो वर्ष एक लाख ३० हजार पाँच सय ५१ विदेशी पर्यटकले भ्रमण गरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। विदेशीमध्ये सार्क राष्ट्रका ३६ हजार चार ७१ र अन्य मुलुकका ९४ हजार ५० जना रहेका छन्।

निकुञ्जले सो वर्ष ३६ करोड ७२ लाख ९२ हजार ८ सय ७ रूपैयाँ राजस्व आम्दानी गरेको छ । अघिल्लो आव २०७९/०८० मा निकुञ्ज प्रवेश गर्ने पर्यटक संख्या दुई लाख ९९ हजार चार सय १२ थियो। यो आवभन्दा गएको आवमा विदेशी पर्यटकको संख्या वृद्धि भएको देखिन्छ। आव २०७९/०८० मा ९२ हजार आठ सय विदेशीले मात्र निकुञ्ज घुमेका थिए।

गत आवमा एक लाख ३० हजार बढीले घुमेका छन् तर आन्तरिक पर्यटकको संख्या भने निकुञ्जमा घटेको छ। अघिल्लो आव दुई लाख पाँच हजार पर्यटकले निकुञ्ज घुम्दा गएको वर्ष एक लाख ७६ हजार तीन सय १६ जनाले भ्रमण गरेका थिए। अघिल्लो आवमा २९ करोड ८९ लाख ६५ हजार चार सय ९५ रूपैयाँ राजस्व उठेको थियो।

गएको वर्ष नेपाली सबैभन्दा धेरै कात्तिकमा ३१ हजार दुई सय ३७ जनाले निकुञ्जको भ्रमण गरेका थिए। पछिल्लो १० वर्षमा सबैभन्दा कम आव २०७२/०७३ मा ८७ हजार तीन सय ९१ र कोरोना भाइरसको महामारी फैलिएको आव २०७७/०७८ मा ९८ हजार दुई सय २८ पर्यटकले निकुञ्ज घुमेको देखिन्छ। पछिल्ला वर्षहरूमा विदेशीभन्दा स्वदेशी पर्यटकले निकुञ्ज घुमेको कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। कोभिडपछि विदेशीको संख्या पनि क्रमशः बढ्दो छ।

सरकारले २०३० सम्म भ्रमण वर्ष दशक मनाइरहेको छ। यो अवधिमा २० लाख विदेशी पर्यटक भिœयाउने सरकारी लक्ष्य थियो। त्यसमध्ये चितवन निकुञ्जमा वार्षिक चार लाख पर्यटक आउनुपर्ने लक्ष्य यहाँका व्यवसायीको रहेको छ। यसका लागि यहाँका व्यवसायीले ‘घुमौं सौराहा’, ‘भरतपुर भ्रमण वर्ष’ लगायतका कार्यक्रम राखेका छन्। छिमेकी चीन र भारतमा पुगेर प्रचार–प्रसार गरेको व्यवसायीले बताएका छन्। चितवनमा १५ हजार पर्यटक राख्ने होटल छन्।

निकुञ्जमा पर्यटक बढेसँगै राजस्व संकलन पनि बढ्न थालेको छ। आव ३६ करोड ७२ लाख ९२ हजार ८०७ रूपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जका अनुसार सबैभन्दा धेरै पर्यापर्यटनबाट ३० करोड ५७ लाख १८ हजार चार सय रूपैयाँ र गैरकाठ तथा वनपैदावार बिक्रीबाट चार करोड ६५ लाख ३५ हजार चार सय रूपैयाँ राजस्व संकलन भएको छ। संकलित राजस्वको ५० प्रतिशत रकम निकुञ्जले मध्यवर्ती क्षेत्रमा उपलब्ध गराउँदै आएको छ। वन्यजन्तुले मानव तथा मानव बस्ती र खेतीबालीमा क्षति पु¥याएमा सोवापत राहत रकमसमेत निकुञ्जले उपलब्ध गराउँदै आएको छ।
अर्को समाचार
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए
०५ साउन २०८१
•
२ मिनेट पाठ
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन्। भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि थप पर्यटक आएका हुन्।




निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा तीन लाख छ हजार आठ सय ३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ रहेको थियो। निकुञ्जले यो सङ्ख्या नै हालसम्मको उच्च रहेको जनाएको थियो। त्यो तथ्याङ्कलाई पार गर्दै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन्।

तिवारीका अनुसार गत आर्थिक वर्षमा नेपाली एक लाख ७६ हजार तीन सय १६ भित्रिएका थिए। अघिल्लो आर्थिक वर्षमा नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो। यसैगरी गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ र अघिल्लो आर्थिक वर्षमा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए।

यस्तै अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० र अघिल्लो आर्थिक वर्षमा ५५ हजार आठ सय ७२ भित्रिएका थिए। यो तथ्याङ्कलाई हेर्दा गत आवमा अघिल्लो वर्षको तुलनामा तेस्रो मुलुकका पर्यटक निकै बढेका छन्। सार्क मुलुकका पर्यटकको सङ्ख्या हाराहारी नै छ भने नेपालीको सङ्ख्या घटेको छ।

निकुञ्जमा कूल पर्यटक र त्यसमा पनि विदेशी पर्यटक बढेसँगै राजस्व निकै बढेको छ। तिवारीका गत आवमा पर्या–पर्यटनबाट ३० करोड ५७ लाख १८ हजार चार सय राजस्व सङ्कलन भएको छ। अघिल्लो आवमा यो रकम २२ करोड ९३ लाख ९५ हजार नौ सय ५०  थियो। आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए। यो आवमा ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो।

यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो। आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। सो आवमा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको थियो।

तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो। त्यसवर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ। यसबाट एक लाख ४० हजार दुई सय ९८ राजस्व सङ्कलन भएको थियो। दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो।

सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताइन्।

भ्रमण वर्षमा आउने पर्यटक मुख्य गन्तव्य निकुञ्ज रहेको भन्दै उनले जहाँ बसे पनि पर्यटक निकुञ्ज घुम्न जाने गरेको बताइन्। उनले भनिन्, ‘निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या बढ्नुमा भरतपुर भ्रमण वर्ष पनि हो।’

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस