पर्यटन मन्त्री पाण्डेका प्रशस्त चुनौती
०१ साउन २०८१
•
५ मिनेट पाठ
पर्यटन मन्त्री पाण्डेका प्रशस्त चुनौती
विदेशी पर्यटक आकर्षित गर्न सके नेपालको अर्थतन्त्रमा प्रचुर योगदान दिन सक्ने संभावनायुक्त क्षेत्र हो, पर्यटन।




कोभिड महामारीका कारणले थला परेको पर्यटन क्षेत्र अहिले विस्तारै तंग्रिदै गएको छ तर गति लिन सकेको छ।

यिनै परिवेशबीच पर्यटन मन्त्रालयको नेतृत्व गरेर नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाजुराका सांसद बद्री पाण्डे आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका पाण्डेलाई पर्यटन क्षेत्रलाई गति दिन वातावरण बनाउने जिम्मेवारीसँगै चुनौती पनि थपिएको छ।

पाण्डेले मन्त्रालय सम्हाल्दै गर्दा समयनाकूल पर्यटन ऐन तथा नीति निर्माणमा संलग्न भइहाल्नु पर्ने अवस्था छ। यससँगै नवनियुक्त मन्त्री पाण्डेको क्षेत्रधिकारभित्र रहेका गर्नैपर्ने धेरै कामहरू बाँकी छन्। मन्त्री पाण्डेले समग्र मुलुकको हवाई उड्डयन क्षेत्रको सुधार र विकास गर्नुपर्नेछ।

युरोपेली संघ (ईयु) ले नेपाली विमान कम्पनीलाई विगत पाँच वर्षदेखि कालो सूचीमा राखिरहेको छ । उनका लागि नेपाली विमान कम्पनीलाई कालो सूचीबाट हटाउनुलाई प्रमुख चुनौती मानेर काम अघि बनाइहाल्नुपर्ने अवस्था छ।

पूर्वमन्त्रीहरूले नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायमा विभाजन गर्न पटक पटक प्रयास गरे तर सकेका थिएनन्। यसतर्फ पनि उनले प्राथमिकता निर्धारण गर्नुपर्ने छ।

यस्तै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल उड्डयन प्राधिकरणबीचको तिक्ततालाई मिलाएर लानुपर्ने चुनौती अगाडि रहेको छ।

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध र तेस्रो पोखरा विमानस्थललाई चलायमान बनाउनु पर्ने अर्को काम मन्त्री पाण्डेले तत्कालै सुरु गर्नुपर्ने छ। २०२२ मे १६ मा सञ्चालनमा आएको गौतमबुद्ध र २०२३ जनवरी १ मा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्न नसकिएको अवस्थामा मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने चुनौती विद्यमान छ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत ठूलो लगानीमा निर्माण भएका यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न नसक्दा पर्यटन क्षेत्रको लय बिग्रिरहेको व्यवसायीको गुनासो छ।

यस्तै घोषणामै सीमित रहेको पर्यटन दशक (सन् २०२३–२०३३) लाई पनि मन्त्री पाण्डेले नयाँ आकार दिनुपर्ने भएको छ। सरकाले पर्यटन दशक घोषणा गरी कोरोनाले शिथिल पारेको पर्यटन क्षेत्रको पुनः उत्थान गर्न सो योजना ल्याएको थियो।

पर्यटन दशक घोषणा भएको डेढ वर्ष बितिसक्दासम्म एउटै सरकारी कार्यक्रमहरू समेत हुन नसकेको अवस्थामा यस कार्ययोजनालाई पुनः ब्युँत्याएर मन्त्री पाण्डेले काम अगाडि बढाउनुपर्ने छ।

कोभिडले शिथिल भएको पर्यटन क्षेत्रको पुनः उत्थान र यस क्षेत्रलाई थप चलायमान गर्ने उद्देश्यले ल्याइएको पर्यटन दशक एक उत्कृष्ट कार्यक्रम भए पनि सरकारले यसलाई कार्यान्वयन गर्न सकिरहेको छैन।

यस्तै भरतपुर विमानस्थल विस्तारको कार्य आगामी वर्षसम्ममा सम्पन्न गरिसक्नुपर्ने, सुर्खेत विमानस्थलको स्तरोन्नति गर्नुपर्ने, रोल्पाको बडाचौर, दाङको टरिगाउँ, जुम्ला, विराटनगर, धनगढी र नेपालगञ्‍ज विमानस्थलको स्तरोन्नति गर्नुपर्ने काम पनि छँदैछ।

यसका साथै नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेर विश्वव्यापी प्रचार गर्नुपर्ने, सगरमाथा लगायतका अन्य हिमालको पहिचान, प्रवद्र्धन, आरोहणका लागि नीतिगत सुधारका कार्यहरू गर्नुपर्ने, पर्यटन क्षेत्रलाई बाह्रैमास पर्यटक आउन सक्ने वातावरण सिर्जना गरी धेरै भन्दा धेरै पर्यटक भिœयाएर मुलुकको पर्यटनलाई एउटा उचाइमा पु¥याउनु पर्ने आवश्यकता छ।

सरकारले चालु वर्षमा पर्यटन क्षेत्रलाई पाँच रूपान्तरणकारी क्षेत्रअन्तर्गत राखेकोमा नेपाललाई बेडिङ हब, लुम्बिनीलाई ‘बर्थिङ हब’को रूपमा विकास गर्न मदत पुग्ने कार्ययोजना पनि मन्त्री पाण्डेले ल्याउनुपर्नेछ।

यस्तै पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्‍चालन गर्न ग्रेट हिमालयन ट्रेल, मुन्धुम ट्रेल, गुरिल्ला ट्रेललगायतका पर्यटकीय पूर्वाधारको विकास, हाल सञ्‍चालनमा नरहेका बलेवा, लामीडाँडा, मनाङ, रुम्जाटार, बैतडी लगायतका आन्तरिक विमानस्थललाई निजीक्षेत्रको सहकार्यमा पाराग्लाइडिङ, पारासुट, स्काई डाइभिङ, अल्ट्रालाइट जस्ता मनोरञ्‍जनात्मक र साहसिक पर्यटकीय गतिविधिका लागि उपयोग गर्नुपर्ने सरकारी प्रतिबद्धतालाई पनि अगाडि बढाउनुपर्नेछ।

यस्तै सरकारले घोषणा गरेअनुसार पर्यटनलाई विस्तार गर्न छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख शहरहरूमा पर्यटक लक्षित रोड सो, मेला, महोत्सवजस्ता पर्यटन प्रवद्र्धन कार्यक्रम गर्नुपर्ने, सीमावर्ती जिल्लामा छिमेकी मुलुकका पर्यटक लक्षित पर्यटकीय स्थल, बजार र स्वास्थ्य सुविधा उपलब्ध गराउने पूर्वाधार विस्तार गरी सीमावर्ती पर्यटन प्रवद्र्धन जस्ता काम गर्नुपर्ने छ।

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आफूसँगै २१ मन्त्रीको शपथ गराएकोमा कांग्रेसका सहमहामन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले समयानकूलको पर्यटन नीति बनाउने बताएका छन्। मन्त्रीले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताएका हुन्।

मन्त्री पाण्डेले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिनेगरी कार्यगत शर्त तोकिएको बताउँदै पर्यटन मन्त्रालयको सेवा गर्ने जानकारी दिए।

यसैक्रममा उनले यथेष्ट लगानी गर्न सक्ने वातावरण बनाउन सके मात्रै पर्यटकहरू मुलुक भित्रिने धारणा राखे। ‘पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटक भिœयाउनुपर्ने छ’, मन्त्री पाण्डेले भने, ‘पर्यटन क्षेत्रमा युवाहरूको आशा सञ्चार गर्ने गरी मुलुकमै बस्ने अवस्था सिर्जना हुने गरी सिर्जनशील र रचनात्मक रूपमा काम गर्नुपर्ने छ। पर्यटन नीति परिमार्जन गर्न कार्यदल गठन गर्नेछौं।’

उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटक भित्र्याउने अवसर हाम्रा सामु भएकाले आगामी दिनमा सोहीअनुसार काम गर्ने बताए।
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
१७ मिनेट अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस