ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा उत्साहजनक सहभागिता
१७ असार २०८१
•
३ मिनेट पाठ
ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा उत्साहजनक सहभागिता
ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ । कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई लक्षित गरी खुलाइएको ग्लोबलको छात्रवृत्ति पाउन विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका हुन् ।  




कलेजकाअनुसार विज्ञानतर्फ यही असार १७ सोमबार र व्यवस्थापनतर्फ १८ गते मंगलबार छात्रवृत्ति तथा प्रवेश परीक्षा सञ्चालन हुनेछ । जसमा विज्ञान विषयतर्फ उत्कृष्ट २५ जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनेछ । त्यस्तै, व्यवस्थापन तथा विज्ञान दुवै समूहमा जीपीएलाई मूल आधार मानी मेरिट प्रणालीद्वारा आंशिक छात्रवृत्ति प्रदान गरिने कलेजले बताएको छ ।

ग्लोबल स्कुलका अनुसार १७ असारमा हुने विज्ञान विषयको प्रवेश परीक्षाको नतिजामा ४० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने सबै विद्यार्थी भर्नाका लागि योग्य मानिनेछन् । परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीलाई तयारीका लागि चाहिने नमुना प्रश्नपत्रको पुस्तक उपलब्ध गराइएको छ । परीक्षाको समय तालिकालगायतका आवश्यक जानकारी एसएमएस तथा फोनमार्फत पनि जानकारी दिइरहेको कलेजले बताएको छ ।

यसरी छात्रवृत्ति खुलाएसँगै एसईईको नतिजा प्रकाशित भएपछि भर्नाका लागि आवेदन दिन तथा जानकारी लिन ग्लोबल कलेजमा आउने विद्यार्थीको चाप रहेको देखिन्छ । ग्लोबलका अनुसार भर्ना भएका विद्यार्थीको कक्षा ११ र १२ को अध्ययन अवधिभर पढाइको पूर्ण जिम्मेवारी कलेजले नै लिनेछ ।

‘हाम्रोमा भर्ना भएका विद्यार्थीका लागि बिहान ६ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म मुख्य विषयमा विद्यार्थीलाई अध्ययन सहजताका लागि छुट्टै व्यवस्था गर्दै आएका छौँ । कक्षा १२ को अध्ययन पूरा नहुँदासम्मको ती सबै कुराको पूर्ण जिम्मेवारी हामीले लिने गरेका छौँ,’ ग्लोबल कलेजका प्राचार्य अम्बादत्त जोशीले भने, ‘त्यसैले उत्कृष्ट नतिजासहित १०० प्रतिशत उत्तीर्णको पूर्ण उत्तरदायित्व हामीले लिने गरेका छौँ ।’

विगत दुई दशकदेखि व्यवस्थापन विषयमा उत्कृष्ट नतिजा दिइएको ग्लोबल कलेज अफ म्यानेजमेन्टले शैक्षिक क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएकोले पनि विद्यार्थीको चाप देखिएको कलेजको विश्वास छ ।

छोटो समयमा नै विज्ञान विषयमा विद्यार्थी सङ्ख्याको तुलानामा उत्कृष्ट नतिजासहित शिक्षक तथा विद्यार्थीको पहिलो छनोटमा पर्न थालेको हो । कलेजका अनुसार विद्यार्थीका लागि पर्याप्त खेलकुदको पूर्वाधारको व्यवस्था पनि कलेजले गरेको छ । फुटसल, बास्केट बल तथा क्रिकेटलगायतका खेलको अभ्यासका लागि खेल मैदान तथा भौतिक सुविधाको भरपूर उपयोग गर्न सकिने व्यवस्था छ ।

कलेज परिसरमा खुला मैदान र अध्ययनका लागि पुस्तकालयसहितको व्यवस्था छ । बगैँचासहितको खुला अध्ययन स्थलसमेत कलेज परिसरमा विद्यार्थीको पहुँचमा रहेको छ । यसका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीकै नेतृत्वमा राष्ट्रिय स्तरका गोष्ठीहरू सम्पन्न हुँदै आएका छन् । जसले विद्यार्थीलाई भोलिको नेतृत्वदायी भूमिका निर्वाह गर्ने असल युवा तथा राष्ट्रिय उन्नतिका संवाहकका रूपमा कार्य गर्ने क्षमता निर्माण गर्न सक्ने कलेजको विश्वास छ ।

त्यस्तै, विगत दुई दशकमा ग्लोबलमा अध्ययन पूरा गरेका विद्यार्थीहरू देश तथा विदेशका ख्यातिप्राप्त विश्वविद्यालयमा अध्ययन–अध्यापनमा सक्रिय रहेका छन् ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
९ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस