चाँगेमा व्यावसायिक मौरीपालन सुरु
०८ जेष्ठ २०८१
•
१ मिनेट पाठ
चाँगेमा व्यावसायिक मौरीपालन सुरु
<br>
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ४ चाँगेमा व्यावसायिक मौरी पालन सुरु भएको छ। सो क्षेत्र मौरी पालनका लागि सम्भावनायुक्त स्थल हो। आठराई त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वयमा त्यहाँ करिब एक सय वटा आधुनिक मौरी घार वितरण गरिएको छ।




घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको प्राविधिक सहयोगमा सुरु भएको मौरी पालनबाट व्यावसायिक रूपमा मह उत्पादन सुरु हुने संकेत देखिएको जानकारी कार्यालयका निमित्त प्रमुख युवराज घोर्साईले दिए। ‘मौरीका लागि उपयुक्त चरन क्षेत्र रहेकाले पनि मह उत्पादनमा गुणात्मक नतिजा प्राप्त हुने देखिएको छ’, घोर्साईले भने।

आठराई त्रिवेणी गाउँपालिका ४ चाँगेका वडाध्यक्ष अर्जुन लिम्बूले महको व्यावसायिक उत्पादनको सम्भावना देखेरै वडापालिकाको तर्फबाट व्यावसायिक मौरीपालनका लागि सहयोग गरिएको बताए।

उनले गुणस्तरीय र गुणात्मक दुबै प्रकृतिमा महको उत्पादन हुनेमा विश्वास लिएका छन्। महको बजार अभाव नहुने र बजारीकरणका लागि सहयोग गर्ने वचन आफूहरूले किसानलाई दिएको घोर्साईले जानकारी दिए।

मौरी एक किसिमको किरा हो। यसले विभिन्न फूलको रस संकलन गरी मह जम्मा गर्ने गर्दछ। मौरीलाई मेहनती जीवको रूपमा चिनिन्छ। यिनीहरूले पहेँलो मैन प्रयोग गरी गुँड अर्थात् (चाका) बनाउँछन् भने त्यहीँ महसमेत उत्पादन गर्छ।
अर्को समाचार
जालपाली उपभोक्तालाई दिइयाे मौरीसहितको घार
३१ जेष्ठ २०८१
•
२ मिनेट पाठ
जालपाली उपभोक्तालाई दिइयाे मौरीसहितको घार
डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका उपभोक्तालाई मौरीसहितको घार उपलब्ध गराएको छ। जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल) सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत जालपामा गठित मधुश्री मौरीपालन तथा विषादिरहित फलफूल उत्पादक किसान समूहमा आवद्ध १७ घर स्थानीय उपभोक्तालाई डिभिजन वन कार्यालयले एकएक घार मौरीसहितको तथा चारचारवटा खाली घार उपलब्ध गराएको हो।




जालपाका स्थानीय उपभोक्तालाई मौरी पालनसम्बनधी पाँच दिने तालिमसमेत दिएर मौरीसहितको एकएकवटा तथा खाली चारचारवटा घार निः शुल्क उपलब्ध गराइएको डिभिजन प्रमुख पशुपति दाहालले बताए।

“मौरी पालनका लागि विषादिरहित ठाउँ आवश्यक पर्छ। जालपा अर्गानिक भिलेज हो। नगरपालिकाले पनि जालपालाई मौरी पालनका लागि पकेट क्षेत्र घोषणा गरेको रहेछ”, उनले भने, “जालपा अर्गानिक भिलेज भएकाले मौरीपालन व्यवसाय प्रभावकारी हुने हाम्रो ठहर छ।”

यसमा उपभोक्ताले पनि इच्छाशक्ति देखाएका छन्।” जालपाका स्थानीय उपभोक्ताका लागि झापाको बिर्तामोडबाट प्रति घार सेरेना जातको मौरीसहितको दश हजार रूपैयाँका दरले खरिद तथा ढुवानी गरेर बुधबार वितरण गरिएको डिभिजन प्रमुख दाहालले बताएका छन्।

खाली घार प्रतिगोटा पाँच हजार १०० रूपैयाँका दरले खरिद गरेर १७ घर स्थानीय उपभोक्तालाई चारचार घारका दरले निःशुल्क उपलब्ध गराइएको जनाइएको छ।

व्यावसायिक मौरीपालनका लागि डिभिजन वन कार्यालयले निः शुल्क उपलब्ध गराएको मौरीसहितको घार तथा तालिमले आफूहरू उत्साहित भएको मधुश्री मौरीपालन तथा विषादिरहित फलफूल उत्पादन किसान समूहका सचिव बमबहादुर राईले बताएका छन्।

“हामीले यसअघिदेखि नै व्यावसायिक मौरीपालन गरिरहेका थियौं। डिभिजन वन कार्यालयले हाम्रो व्यवसायलाई सहयोग गरेको छ”, उनले भने, “जालपामा विषादी प्रयोग गर्न पाइँदैन। यसले हामी मौरीपालक किसानलाई सहयोग पुगेको छ।”

डिसिआरएलसँगको सहकार्यमा यस वर्ष वनमा आधारित उद्यम प्रवर्द्धन कार्यक्रमअन्तर्गत अल्लो कपडा तथा सुगन्धित तेल उत्पादनसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिने डिभिजन वन कार्यालय खोटाङले जनाएको छ।

तीनवटै शीर्षकका योजनाका लागि प्रति योजना पाँच लाख ६३ हजार रूपैयाँका दरले उपभोक्तालाई बजेट उपलब्ध गराइने डिभिजन प्रमुख दाहालले जानकारी दिएका छन्।

डिभिजन वन कार्यालयले डिसिआरएलसँगकै सहकार्यमा यसवर्ष जिल्लाका विभिन्न दश सामुदायिक वनमा रिचार्ज पोखरीसमेत निर्माण गरिरहेको छ। जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिने रिचार्ज पोखरी आगामी असार मसान्तभित्र सम्पन्न हुने डिभिजन प्रमुख दाहालले जानकारी दिएका छन्।
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस