प्रसारण लाइन नबन्दा खानीखोला जलविद्युत् निर्माणमा ढिलाइ
१९ चैत्र २०८०
•
२ मिनेट पाठ
प्रसारण लाइन नबन्दा खानीखोला जलविद्युत् निर्माणमा ढिलाइ
दोलखामा निर्माणाधीन ३० मेगावाट क्षमताको खानीखोला जलविद्युत् आयोजना निर्माण कार्य ढिलो हुँदै गएको छ। सिंगटीदेखि आयोजनाको विद्युत् गृह (पावरहाउस) सम्म पुग्ने १६ किलोमिटर लम्बाइको प्रसारण लाइन नबन्दा जलविद्युत् आयोजना निर्माण कार्य ढिलो भएको हो।




हालसम्म ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको खानीखोला जलविद्युत् आयोजनाका इन्जिनियर लक्ष्मीप्रसाद जोशीले बताए। बाढी, पहिरो र स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण अघि नबढ्दा त्यसको प्रत्यक्ष असर आयोजनामा परेको उनले बताए। सो खण्डमा ५६ वटा टावर गाड्नुपर्नेमा हालसम्म ४३ वटा मात्र टावर गाडिएको छ। बाँकी टावर निर्माणको काम लामो समयदेखि अघि बढ्न नसकेको उनले बताए।

प्रसारण लाइनको ‘राइट अफ वे’ गौरीशंकर क्षेत्रभित्र पर्ने हुँदा त्यस क्षेत्रमा टावर निर्माणलगायतका काम अघि बढ्न सकेको छैन। प्रसारण लाइन भने ग्रिन लाइफ इनर्जीले प्रवद्र्धन गरिरहेको छ।

‘गौरीशंकर क्षेत्रमा पर्ने भएकाले त्यस क्षेत्रमा रुख काट्ने अनुमति नपाउँदा प्रसारण लाइन केही सुस्त भएको छ,’ जाशीले भने, ‘कहिले बाढी, पहिरो, कहिले बाटो अवरुद्ध र स्थानीयको अवरोधका कारणले पनि आयोजना प्रभावित भइरहेको छ।’

जोशीका अनुसार त्यसक्षेत्रमा ८/१० वटा रुख काट्नुपर्ने छ। प्रसारण लाइन निर्माण अनुमति नपाउँदा पनि रुख कटानमा उस्तै समस्या छ। गौरीशंकर गाउँपालिका–७ मा निर्मित उक्त जलविद्युत् परियोजना भने निर्माणको अन्तिम चरणमा छ।

चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनामा भूमिगत सुरुङमार्गमा लाइनिङ, पेनस्टक पाइप जडान, भर्टिकल साफ्ट जडानलगायतका काम बाँकी छन्। प्रसारण लाइन संरचना तयार भएको खण्डमा आउँदो २०८१ असारभित्र सो जलविद्युत् आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ।

यसअघि २६०० मिटर लम्बाइको भूमिगत सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको थियो। जलविद्युत् आयोजनाको सिभिल र इलेक्ट्रो मेकानिलतर्फको काम भारतीय कम्पनीले गरिरहेको छ। कम्पनीले सिभिलतर्फ सोतनी निर्माण कम्पनी, हाइड्रो मेकानिकलतर्फ साइन हाइड्रो र इलेक्ट्रो मेकानिकलतर्फ एन्ड्रिड हाइड्रो/नियन इनर्जीको संयुक्त उपक्रम (जेभी) मा काम गरिरहेको छ।

२०८० असोजभित्र निर्माण सम्पन्न गर्ने पछिल्लो समयसीमा भए पनि बाढी, पहिरो र प्रसारण लाइनको समस्याले आयोजना निर्माण अवधि लम्बिँदै गएकाले लागत पनि बढ्ने देखिएको छ।

आयोजनाका इन्जिनियर जोशीका अनुसार, आयोजना सम्पन्न हुँदासम्म प्रतिमेगावाट अनुमानित लागत साढे १८ करोड पुग्ने अनुमान आयोजना लम्बिएको छ। निर्माणको ढिलाई र सुस्तताले आयोजनाको लागत पनि बढ्ने देखिएको छ।

कुल साढे चार अर्ब लागत अनुमान गरिएको आयोजना निर्माणको सुरुवाती अवस्थामा कोरोना महामारीका कारण पनि निर्माण कार्य अवरुद्ध हुन पुग्यो। फलस्वरूप, आयोजना निर्माण सम्पन्न गर्ने बेलासम्म लागत बढेर साढे पाँच अर्ब रूपैयाँ पुग्ने आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर जोशीका अनुसार आयोजना सम्पन्न हुँदासम्म प्रतिमेगावाट अनुमानित लागत साढे १८ करोड पुग्ने अनुमान छ।  
अर्को समाचार
प्रसारण लाइन नबन्दा खानीखोला जलविद्युत् निर्माणमा ढिलाइ
१९ चैत्र २०८०
•
२ मिनेट पाठ
प्रसारण लाइन नबन्दा खानीखोला जलविद्युत् निर्माणमा ढिलाइ
दोलखामा निर्माणाधीन ३० मेगावाट क्षमताको खानीखोला जलविद्युत् आयोजना निर्माण कार्य ढिलो हुँदै गएको छ। सिंगटीदेखि आयोजनाको विद्युत् गृह (पावरहाउस) सम्म पुग्ने १६ किलोमिटर लम्बाइको प्रसारण लाइन नबन्दा जलविद्युत् आयोजना निर्माण कार्य ढिलो भएको हो।




हालसम्म ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको खानीखोला जलविद्युत् आयोजनाका इन्जिनियर लक्ष्मीप्रसाद जोशीले बताए। बाढी, पहिरो र स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण अघि नबढ्दा त्यसको प्रत्यक्ष असर आयोजनामा परेको उनले बताए। सो खण्डमा ५६ वटा टावर गाड्नुपर्नेमा हालसम्म ४३ वटा मात्र टावर गाडिएको छ। बाँकी टावर निर्माणको काम लामो समयदेखि अघि बढ्न नसकेको उनले बताए। प्रसारण लाइनको ‘राइट अफ वे’ गौरीशंकर क्षेत्रभित्र पर्ने हुँदा त्यसक्षेत्रमा टावर निर्माणलगायतका काम अघि बढ्न सकेको छैन। प्रसारण लाइन भने ग्रिन लाइफ इनर्जीले प्रवद्र्धन गरिरहेको छ।

‘गौरीशंकर क्षेत्रमा पर्ने भएकाले त्यस क्षेत्रमा रुख काट्ने अनुमति नपाउँदा प्रसारण लाइन केही सुस्त भएको छ,’ जाशीले भने, ‘कहिले बाढी, पहिरो, कहिले बाटो अवरुद्ध र स्थानीयको अवरोधका कारणले पनि आयोजना प्रभावित  

भइरहेको छ।’  

जोशीका अनुसार त्यसक्षेत्रमा ८÷१० वटा रुख काट्नुपर्ने छ। प्रसारण लाइन निर्माण अनुमति नपाउँदा पनि रुख कटानमा उस्तै समस्या छ। गौरीशंकर गाउँपालिका–७ मा निर्मित उक्त जलविद्युत् परियोजना भने निर्माणको अन्तिम चरणमा छ।

चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनामा भूमिगत सुरुङमार्गमा लाइनिङ, पेनस्टक पाइप जडान, भर्टिकल साफ्ट जडानलगायतका काम बाँकी छन्। प्रसारण लाइन संरचना तयार भएको खण्डमा आउँदो २०८१ असारभित्र सो जलविद्युत् आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ।  

यसअघि २६०० मिटर लम्बाइको भूमिगत सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको थियो। जलविद्युत् आयोजनाको सिभिल र इलेक्ट्रो मेकानिलतर्फको काम भारतीय कम्पनीले गरिरहेको छ। कम्पनीले सिभिलतर्फ सोतनी निर्माण कम्पनी, हाइड्रो मेकानिकलतर्फ साइन हाइड्रो र इलेक्ट्रो मेकानिकलतर्फ एन्ड्रिड हाइड्रो÷नियन इनर्जीको संयुक्त उपक्रम (जेभी) मा काम गरिरहेको छ।

२०८० असोजभित्र निर्माण सम्पन्न गर्ने पछिल्लो समयसीमा भए पनि बाढी, पहिरो र प्रसारण लाइनको समस्याले आयोजना निर्माण अवधि लम्बिँदै गएकाले लागत पनि बढ्ने देखिएको छ।

आयोजनाका इन्जिनियर जोशीका अनुसार, आयोजना सम्पन्न हुँदासम्म प्रतिमेगावाट अनुमानित लागत साढे १८ करोड पुग्ने अनुमान आयोजना लम्बिएको छ। निर्माणको ढिलाई र सुस्तताले आयोजनाको लागत पनि बढ्ने देखिएको छ।  

कुल साढे चार अर्ब लागत अनुमान गरिएको आयोजना निर्माणको सुरुवाती अवस्थामा कोरोना महामारीका कारण पनि निर्माण कार्य अवरुद्ध हुन पुग्यो। फलस्वरूप, आयोजना निर्माण सम्पन्न गर्ने बेलासम्म लागत बढेर साढे पाँच अर्ब रूपैयाँ पुग्ने आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर जोशीका अनुसार आयोजना सम्पन्न हुँदासम्म प्रतिमेगावाट अनुमानित लागत साढे १८ करोड पुग्ने अनुमान छ।  
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस