मेलम्चीको नयाँ हेडवर्क्स बनाउने तयारी
१८ चैत्र २०८०
•
३ मिनेट पाठ
मेलम्चीको नयाँ हेडवर्क्स बनाउने तयारी
सरकारले मेलम्चीको मुख्य हेडवर्क्स तथा डाइभर्सन संरचना सर्कथलीमा बनाउन अध्ययन सुरु गरेको छ। हरेक वर्ष आउने बाढीले मुहानको हेडवक्र्स र डाइभर्सन संरचना बगाउन थालेको भन्दै सरकारले विकल्पस्वरूप नयाँ ठाउँमा हेडवक्र्स बनाउन अध्ययन अघि बढाएको हो।




मेलम्चीको मुहानबाट करिब १ किलोमिटरमाथि हेडवक्र्स र डाइभर्सन संरचना बनाउन उपयुक्त देखिएको मेलम्ची आयोजना विकास समितिका प्रवक्ता तथा इन्जिनियर राजेन्द्र पन्तले बताए। मेलम्ची खानेपानीलाई दीर्घकालीन रूपमा अघि बढाउन र विपद्को उच्च जोखिमयुक्त क्षेत्रमा बनाइएको हेडवक्र्स संरचना अन्यत्र सार्नुपर्ने अध्ययनले देखाएको  उनले बताए।

‘अहिलेको मेलम्चीका मुहानदेखि करिब १ किलोमिटरमाथि सर्कथली भन्ने ठाउँमा नयाँ हेडवर्क्स र डाइभर्सन संरचना बनाउन अध्ययन गरिरहेका छौं’, उनले भने, ‘अहिलेको हेडवर्क्स संरचना भूधरातलीय दृष्टिले पनि निकै कमजोर रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ।’

बाढीले हेडवर्क्स संरचना पुरेपछि दातृ निकाय एसियाली विकास बैंकको प्राविधिक तथा विज्ञ समूहले गरेको अध्ययनले हेडवक्र्स संरचना अन्यत्र सार्नुपर्ने बैंकले देखाएको थियो।

गत २०८० साउनको अन्त्यमा आएको बाढीले मेलम्ची हेडवक्र्स र डाइभर्सन संरचनामा क्षति हुनुका साथै हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग समेत बगाएको थियो। त्यसपछि काठमाडौंमा मेलम्चीको पानी वितरण कार्यसमेत रोकिएको थियो।

अस्थायी संरचना प्रयोग गरेर काठमाडौं उपत्यकामा झारिएको मेलम्चीको पानी गत माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्वितरणको शुभारम्भ गरेका थिए।

खर्चिलो लागत अनुमान

मेलम्ची आयोजनाको नयाँ हेडवर्क्ससहितको संरचना अर्को ठाउँमा बनाउन लागत भने बढी खर्चिलो हुने देखिएको छ। हेडवर्क्ससहित एक सुरुङमार्ग बनाउन तीन अर्बभन्दा बढी लागत अनुमान गरिएको पन्तले बताए।

‘मुख्य हेडवर्क्स नयाँ ठाउँमा स्थानान्तरण गर्न तीन देखि चार अर्ब रूपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान छ’, उनले भने, ‘अध्ययनसँगै सरकारले स्रोत सुनिश्चितता गरेमा पाँच वर्षभित्र बनाउन सकिन्छ।’ नयाँ हेडवर्क्ससँगै एक सुरुङमार्गसहित डाइभर्सन संरचना बनाउन सर्कथलीमा पर्याप्त ठाउँ भएको पन्तले बताए।

‘मुहानभन्दा माथि हेडवर्क्स र एक सुरुङ बनाउनुपर्ने हुन्छ।’ उनले भने, ‘त्यो ठाउँ फराकिलो पनि छ।’ मेलम्चीको पानी दीर्घकालीन रूपमा वितरणका लागि सुरक्षित ठाउँमा हेडवर्क्स संरचना बनाउनुपर्ने विज्ञहरू बताउँछन्।

याङ्ग्री र लार्के खोला फर्काउन अप्ठ्यारो

दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको आयोजनाको १७–१७ करोड लिटर पानी सोही हेडवर्क्स संरचनामा मिसाउनुपर्ने हुन्छ। त्यसका लागि पनि मेलम्चीको मुख्य हेडवर्क्स र डाइभर्सन बलियो र सुरक्षित ठाउँमा बन्नुपर्छ। अहिले याङ्ग्री र लार्के खोला फर्काउन पहुँच मार्ग विस्तारलगायतका काम धमाधम भइरहेका छन्। बाढीका कारण हरेक वर्ष हेडवक्र्समा क्षति पुग्दा याङ्ग्री र लार्के खोलाको पानी सुरुङमा हाल्न अप्ठ्यारो हुने आयोजनाका  अधिकारी बताउँछन्।

ती दुवै खोलासम्म पुग्ने पहुँचमार्ग बनाउन बाढीका कारण पनि जोखिम बढिरहेको छ। बाढी, पहिरोलगायत विपद्का दृष्टिले मेलम्ची–भेमाथाङ, इन्द्रावती, हेलम्बु र अम्बाथानक्षेत्र उच्च जोखिममा पर्दै आएका छन्।

गएको वर्षा यामका बेला आएको बाढीले हेडवर्क्स संरचनालाई करिब २० फिट अग्लो गेग्य्रानले पुरेको थियो। गेग्रान हटाएर अडिट सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिकेर अस्थायी संरचनाबाट पानी पथान्तरण गरिएको हो। २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी अस्थायीरूपमा काठमाडौं ल्याउने गरिएको छ।

२०७७ चैत १ मा पहिलो पटक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पानी वितरण उद्घाटन गरे पनि हरेक वर्ष बाढीका कारण काठमाडौं उपत्यकामा नियमित रूपमा पानी वितरण हुन सकिरहेको छैन्। दातृ निकाय एडिवी र नेपाल सरकारको झन्डै ३० अर्बभन्दा बढी लगानी भएको मेलम्ची काठमाडौं उपत्यकाबासीको तिर्खा मेट्ने आयोजनाका रूपमा लिइँदै आएको छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
३८ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
यो पनि पढौँ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस