भरतपुर भ्रमण वर्ष : आर्थिक विकासका विषयमा राजनीतिक सहमति
२० फागुन २०८०
•
४ मिनेट पाठ
भरतपुर भ्रमण वर्ष : आर्थिक विकासका विषयमा राजनीतिक सहमति
भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए। कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि  व्याख्या गरे।




जब उद्घाटनका दिन भरतपुरका टोलटोलबाट स्वतःस्फूर्त रुपमा नगरका सर्वसाधारण कार्यक्रममा ओइरिए यो कार्यक्रम जनताबाट अनमोदित भयो। यति मात्रै होइन देशका प्रमुख दलका शीर्ष नेताहरू उद्घाटन समारोहमा सहभागी भएर आर्थिक उन्नयनको विषयलाई राजनीतिक रुपमा पनि अनुमोदन गरे।

सरकार र विपक्षमा रहेका प्रमुख दलका नेताहरू एउटै मञ्चमा उभिएर आकाशमा सँगै बेलुन उडाएर सार्वजनिक सरोकारका विषयमा हामी सँगसँगै छौँ भन्ने सन्देश प्रवाह गरेका छन्। एउटै मञ्चमा बसेर नेताहरूले राजनीतिलाई परै राखेर आर्थिक उन्नयनका मुद्दालाई केन्द्रमा राखेर सम्बोधन गर्नु महोत्सवको अर्को महत्वपूर्ण पाटो बन्यो।

सबै नेताहरूको सम्बोधनको मुख्य विषय पर्यटन क्षेत्रको विकास र यहाँका पर्यटकीय स्थलहरूको संरक्षण गरेर आर्थिक उपार्जनको बाटोमा लाग्न अभिप्रेरित गर्नु महत्वपूर्ण थियो। भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ केवल भरतपुरको मात्रै रहेन यो देशकै पर्यटक वर्ष जस्तो बन्यो।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत शीर्ष नेताहरूको उपस्थितिमा महोत्सव उद्घाटन भएको थियो।

प्रदेश प्रमुखहरू, मुख्यमन्त्री, संघीय र प्रदेश सरकारका मन्त्री, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, विदेशी पालिकाका प्रमुखसमेतको उपस्थिति रहेको कार्यक्रमबाट चितवनबासी उत्साहित भए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाललगायत निजी क्षेत्रका उद्योग–व्यापार संस्थाका शीर्ष नेतृत्वले आर्थिक विकास र रोजगारी सृजनाका निम्ति कम्मर कसेर काम गर्न आफ्ना सहयोद्धाहरूलाई गरेका थिए।

भरतपुरका विभिन्न भागबाट नारायणी किनारमा प्रस्तुत झाँकीले आफैंमा विविधतामा एकताको सन्देश प्रवाह गरिरहेका थिए। आआफ्नै कला, संस्कृति झल्किने झाँकी टोलटोलबाट निस्केर नारायणी किनार पुगेका थिए। विविध झाँकीका दृश्यले लाग्थ्यो भरतपुरका प्रत्येक घरमा चाडपर्व मनाइरहेका छन्। भरतपुरका टोलटोल फूलका गमलाले सजिएका थिए।

नेकपा एमालेका नेता विजय सुवेदी भरतपुरको यो कार्यक्रमको सहभागितालाई ऐतिहासिक भन्छन्। महानगर प्रमुख पदका प्रत्यासि रहनु भएका सुवेदीले सबैले महानगरको समृद्धिका लागि हातेमालो गरेको उनले बताए। उनले भने, ‘दल विशेष नभनी यहाँको आर्थिक विकासका लागि सबै एक ठाउँमा उभिएको पाइयो।’

पक्ष–विपक्षी सबै शीर्ष नेता यही आएपछि भरतपुरबासीले यसलाई साझा कार्यक्रम बनाएको उनी बताउँछन्। महानगरपालिकाले स्थानीयदेखि केन्द्रसम्म समन्वय गरेर भ्रमण वर्षका माध्यमबाट  सकारात्मक सन्देश प्रवाह गरेको उनको ठम्म्याइ छ।  

नेपाली कांग्रेसका नेता प्रा.डा.सूर्यकान्त घिमिरे उद्घाटन सत्रको उपस्थितिले नयाँ सन्देश प्रवाह गरेको बताउँछन्। सबै दलका नेता तथा कार्यकर्ता एक ठाउँमा उभिएर महानगरको यो अभियानलाई साथ दिएको भन्दै उनले अबका दिनमा महानगरप्रति पनि थप जिम्मेवारी थपिएको बताए। उनले भने, ‘भरतपुरका अधुरा काम जतिसक्दो छिटो सम्पन्न गरेर ‘भरतपुर राम्रो बनेको छ’ भन्ने सन्देश दिनुपर्छ।’

आर्थिक मन्दीको समयमा सर्वसाधारणको उपस्थितिले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुगेको भन्दै उनले महानगरको उद्देश्य पूर्ति भएको बताए। भ्रमण वर्षका सन्दर्भमा आयोजना गरिने आगामी कार्यक्रम थप प्रभावकारी बनाउनु पर्नेमा उनले सुझाव दिए।

नेकपा (माओवादी केन्द्र) का नेता  तथा वरिष्ठ चिकित्सक भोजराज अधिकारी पालिकास्तरको कार्यक्रम भए पनि राष्ट्रिय गौरवको उचाइ राख्ने कार्यक्रम बनेको बताउँछन्। उनले भने, ‘असल योजना नै ५० प्रतिशत सफल हो, यो कार्यक्रम ५० प्रतिशत सफल भइसकेको छ। अब बाँकी काम गरेर भ्रमण वर्षलाई सफल बनाउनुपर्छ।’

महानगरपालिकाको समन्वयकारी भूमिका महत्वपूर्ण भएको भन्दै उनले सबै तह र तप्कालाई जोड्न सक्ने खुबी नेतृत्वमा हुनुले पनि कार्यक्रम सफल भएको बताए।

महानगर प्रमुख दाहालको प्रशंसा गर्दै उनले आउँदो दिनमा बन्ने नेतृत्व र देशका अन्य पालिकाका नेतृत्वका लागि पनि उदाहरणीय काम भएको बताए। यो कार्यक्रमले देश मात्रै होइन, विदेशसम्म पनि सकारात्मक सन्देश प्रवाह गरेको छ। कार्यक्रममा युरोपेली मुलुक माल्टाका प्रतिनिधिको उपस्थितिले अन्तर्राष्ट्रिय जगत्मा पनि चितवनको पर्यटन विकासमा सकारात्मक सन्देश प्रवाह भएको छ।

कोरोना महामारी र आर्थिक मन्दीले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आयोजना गरिएको भ्रमण वर्षले सकारात्मक परिणाम दिनेमा आम भरतपुरवासी विश्वस्त छन्। भरतपुर भ्रमण वर्ष भनिए पनि यसको प्रत्यक्ष लाभ चितवन र छिमेकी जिल्लाका पर्यटकीय क्षेत्रमा पर्नेछ।

राजनीतिक नेतृत्व राजनीतिक मतभेद भएपनि देश विकासका आर्थिक योजना र राष्ट्रिय महत्वका काममा सहकार्य गर्न तत्पर छन् भन्ने सन्देश प्रवाह गर्न भरतपुर भ्रमण वर्षको उद्घाटन सत्र सफल भएको छ।  –रासस
अर्को समाचार
भरतपुर भ्रमण वर्षः आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै
२० फागुन २०८०
•
१ मिनेट पाठ
भरतपुर भ्रमण वर्षः आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै
फाइल तस्बिर
भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ।




आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराले आउँदो चैत ९ देखि १८ गतेसम्म महासङ्घले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए। आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई जानकारी गराउन महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ। उनले भने, ‘वेशभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ।’

महासङ्घका सचिव रामबहादुर भुजेलका अनुसार नारायणी नदी किनारमा हुने महोत्सवमा कम्तीमा दुई सयभन्दा बढी व्यापारिक प्रदर्शनी कक्ष रहनेछ। कम्तीमा दुई लाख दर्शकलाई महोत्सव अवलोकन गराउनेगरी तयारी थालिएको उनले बताए।

चितवनमा थारू, चेपाङ, तामाङ, गुरुङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू, भुजेलसहित १७  आदिवासी जनजाति समुदाय बसोबास गर्दछन्। ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागेको महासङ्घका सचिव भुजेलले जानकारी दिए। ‘महोत्सवमा चितवनका आदिवासी जनजाति सम्बद्ध सबै सङ्घसंस्थाको प्रतिनिधित्व हुने छ, उनले भने, ‘सबै जातजातिले आ–आफ्नो वेशभूषा तथा संस्कृतिलाई प्रदर्शन गर्न पाउनेछन्।’

यसबाहेक जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्नेगरी महोत्सव आयोजना गर्न लागेको उनले बताए। ‘स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्रीवितरण, कृषि, जडीबुटी तथा खनिजजन्य उत्पादनको प्रदर्शन र बिक्रीवितरण गरिने छ’, उनले भने।  भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा हुन गइरहेको यस महोत्सवको संरक्षक भरतपुर महानगरपालिका रहेको छ। रासस
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस