ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्रे सुरु
०९ फागुन २०८०
•
१ मिनेट पाठ
ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्रे सुरु
गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्रे सुरु भएको छ। तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्रे सुरु भएको हो।




मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।

अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्रे सुरु गरेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म उक्त सडक बन्द गरिएको छ।

विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्रे हुने भएपछि स्थानीयवासी खुसी भएका छन्। उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो।

भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा कालोपत्रे सुरु गरिएको आचार्यले बताए।

३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रेको ठेक्का पाएको थियो।

सडक कालोपत्रेको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो। ठेक्का भए लगत्तै नेपालमा कोरोनाको महामारी सुरु भएको र लकडाउनका कारण काम सुरु हुन नसकेको निर्माण कम्पनीले जनाएको छ।

तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेढ गाउँको सिमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। उक्त सडकको चौडाइ सात मिटर रहनेछ। सडकमा पाँच मिटरको कालोपत्रे हुनेछ भने एक मिटरको नाला निर्माण हुनेछ।

कालोपत्रे सम्पन्न भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए। 
अर्को समाचार
ट्र्याक खुलेको २९ वर्षपछि बेसीशहर–चामे सडक कालोपत्रे
१९ कार्तिक २०८०
•
३ मिनेट पाठ
ट्र्याक खुलेको २९ वर्षपछि बेसीशहर–चामे सडक कालोपत्रे
तस्बिर सौजन्य: इन्जिनियर पुरुषोत्तम अधिकारी।
लमजुङ-मनाङ जोड्ने एक मात्र बेसीशहर-चामे सडक ट्र्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्रे सुरु भएको छ।




बेसीशहर–चामे सडक अन्तर्गत बेसीशहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक बिहीबारदेखि कालोपत्र सुरु भएको हो।

स्तरोन्नति तथा कालोपत्र गर्ने कार्यअन्तर्गत पहिरो चरणको करिब ९० प्रतिशत काम सम्पन्न भएसँगै दोस्रो चरणको काम सुरु भएको डुम्रे बेसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा गर्ने, कटिङ गर्ने कार्य सम्पन्न भएको छ भने नाली र अन्य केही संरचना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ।

 

स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले विसं २०५१ मा यस खण्ड अन्तर्गत बेसीशहरदेखि खुदीसम्म मोटरबाटोको ट्र्याक खोलेको थियो। उक्त खण्डमा कालोपत्रेको काम अघि बढ्दा स्थानीय उत्साहित भएका छन्।

सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको हुने इन्जिनियर अधिकारीले बताए। उनका अनुसार बस्ती भएका ठाउँमा भने दुईतर्फी नै नाली निर्माण गरिने र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिने छ। 

यस सडकको तेस्रो चरण तथा अन्तिम चरणअन्तर्गत कालोपत्रे सम्पन्न भएसँगै रोड माकिर्ङ, रोड फर्निचर (पेन्टिङ) गर्ने, क्र्यास बेरियर र किलोमिटर पोस्ट राख्नेलगायतको काम हुने भएको अधिकारीको भनाइ थियो। उनका अनुसार विभिन्न पटक म्याद थप गर्दै आगामी असार मसान्तभित्रमा सबै काम सम्पन्न हुने सम्झौता भएको छ। हालसम्म ६५ प्रतिशत सडक स्तरोन्नतिको काम सम्पन्न भएको डुम्रे बेसीशहर चामे सडक योजना कार्यालयले जनाएको छ।

विसं २०८० असार मसान्तसम्म कालोपत्र गर्नेगरी विसं २०७८ असारमा सम्झौता गरेर काम अघि बढाइएको थियो। कार्यालयका अनुसार ५२ करोड ९६ लाखको लागत अनुमान गरिएको उक्त सडक २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता छ।

कार्यालयका इन्जिनियर अधिकारीले निर्धारित समय सकिएकाले आगामी मङ्सिर ९ गतेसम्म सम्पन्न गर्नेगरी म्याद थप गरिएको जानकारी दिए।

‘मङ्सिर ९ गतेसम्म सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ। तिहार लगत्तै काम सुरु हुने र यसको म्याद पुनः थप गरिनेछ’, उनले भने।
मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरूप विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण सुरु गरेको थियो। पछि जनयुद्ध र अन्य विभिन्न कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक विसं २०५७ देखि बनाउने जिम्मा पाए पनि सेनाले शान्ति प्रक्रियापछि मात्रै काम अघि बढाएको थियो।

बेसीशहरमा रहेको तत्कालीन नेपाली सेनाले विसं २०६९ मा सडकको निर्माण पूरा गर्दै डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो। पैसठ्ठी किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ किमी र मनाङतर्फ ३० किमी पर्दछ। 

रासस
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस