प्राविधिक समस्याले ग्वार्काे फ्लाइओभरको काम प्रभावित
२१ माघ २०८०
•
२ मिनेट पाठ
प्राविधिक समस्याले ग्वार्काे फ्लाइओभरको काम प्रभावित
ठेक्का सम्झौता अनुसार चक्रपथ सडक खण्डमा निर्माणाधीन ग्वार्काे फ्लाइओभर फागुन १२ गतेभित्रै बनेर सकिनुपर्थ्याे। निर्माण सुरु भएको १३ महिनापछि डिजाइनमा समस्या आएसँगै फ्लाइओभर निर्माणको काम झण्डै ६ महिना प्रभावित भयो। निर्माण सम्पन्न हुने मिति नजिकिँदै जाँदा फ्लाइओभर निर्माण समग्रमा ४० प्रतिशतमा सीमित छ।




गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भने अबको पाँच महिनाभित्रै अर्थात् जेठ मसान्तभित्रै ग्वार्काे फ्लाइओभरको काम निर्माण सम्पन्न हुने दाबी गरेको छ। 
केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले विगतमा प्राविधिक समस्या देखिएर ग्वार्काे फ्लाइओभरको काम प्रभावित भए पनि अहिले निर्माण कार्यले गति लिएको दाबी गर्छन्।

‘निर्माण व्यवसायीको आवश्यक तयारी र कामको रफ्तार देख्दा जेठ मसान्तसम्म सकिएला कि भन्ने आशा गरेका छौं’, उनले भने, ‘अहिले दैनिक १५० भन्दा धेरै कामदार फ्लाइओभर निर्माणको काममा खटिँदै आइरहेका छन्।’

विगतमा ठेक्का सम्झौता भएको १३ महिनापछि डिजाइनमा प्राविधिक समस्या आएसँगै फ्लाइओभरको काम केही समय रोकिएको थियो। निर्माणको जिम्मेवारी पाएको आशिष–समानान्तर–रेलिगेर जेभीले फ्लाइओभरको डिजाइन पुनर्विचार गर्न प्रस्ताव पेश गरेको थियो।

निर्माण व्यवसायीले प्रस्तुत गरेको डिजाइनलाई सडक विभागले गत भदौ १० गते स्वीकृत गरेसँगै फ्लाइओभर निर्माणको कामले गति लिन थालेको हो। ‘फ्लाइओभरको दायाँ–बायाँ दुवैतर्फ पिल्लर उठाउने काम भइसकेको छ, अब बिम राख्ने तयारी गरिरहेका छौं’, उनले भने, ‘क्रेनले उचालेर बिम राख्न भने बाँकी छ।’

सिनियर डिभिजनल इन्जिनियर महर्जन निर्माण व्यवसायीले बिम राखेसँगै फ्लाइओभरको प्रगति ७० प्रतिशत पुग्ने बताउँछन्। ‘सडकमा बिघ्नबाधा नआएको खण्डमा जेठसम्म सम्पन्न हुने देखिन्छ’, उनले भने।

फ्लाइओभरको मुख्य बिज्रको लम्बाइ ३६ मिटर रहनेछ। त्यसैगरी कोटेश्वर–बालकुमारीतर्फ ३२० मिटर र ग्वार्काेतर्फ १८५ मिटर लम्बाइको पहुँचमार्ग बनाइने छ। तीनैतर्फ गरेर कुल पाँच सय ४१ मिटरको पहुँचमार्ग रहनेछ।

सिनियर डिभिजनल इन्जिनियर महर्जनले भारतबाट आवश्यक प्राविधिक ल्याएर फ्लाइओभरको र्‍याम्प लगायतका संरचना जडानको काम अघि बढाउने तयारी भइरहेको बताए।

‘अहिले बाँकी काम भनेको ३२० मिटर र १८५ मिटरको सडकलाई सबलीकरण गर्ने हो,’ उनले भने, ‘निर्माण कम्पनीले अहिले पहुँचमार्गतर्फको सडकलाई थप मजबुत बनाउने काम गरिरहेका छन्।’

ग्वार्काे फ्लाइओभर निर्माण भएसँगै चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभू सडकमा गुड्ने सवारी साधन सुरक्षित र व्यवस्थित तारिकाले आवागमन हुने बताइन्छ।

ग्वार्काे फ्लाइओभरको निर्माण २०७८ फागुन १२ गते सुरु भएको थियो। यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलअन्तर्गत ठेक्का सम्झौता भएर निर्माण गरिँदैछ।

ग्वार्काे फ्लाइओभरको ठेक्का आशिष–समानान्तर रेलिगर जेभिले पाएको थियो। सो ठेक्का सम्झौता १७ करोड ६ लाख ८८ हजार आठ सय ८८ रूपैयाँमा भएको थियो। निर्माण कम्पनीले सम्पन्न भएको पाँच वर्षसम्म मर्मतसम्भार गर्नुपर्ने दायित्व तोकिएको छ।
अर्को समाचार
लौकी–काँकडभिट्टा सडकमा परामर्शदाता चयनमा ढिलाइ
०४ फागुन २०८०
•
३ मिनेट पाठ
लौकी–काँकडभिट्टा सडकमा परामर्शदाता चयनमा ढिलाइ
लौकी–काँकरभिट्टा सडक स्तरोन्नति आयोजनाको लागि ४० अर्ब रूपैयाँमा ठेक्का सम्झौता भएको चार महिना पूरा भइसकेको छ। यो सडकको लागि आवश्यक परामर्शदाता भने अहिलेसम्म चयन हुन सकेको छैन। यसबाट समयमै काम हुनेमा अन्यौल उत्पन्न भएको छ।




ठेक्का सम्झौता अगाडि नै परामर्शदाता चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। निर्माण कार्यको प्रशासनिक काम, निर्माण कार्यको अनुगमन मूल्यांकन, काम भएनभएको ब्रिफिङ तथा बिल प्रमाणित गरी भुक्तानीको लागि सिफारिस गर्ने काम परामर्शदाताले नै गर्छन्।

त्यसैले ठेक्का सम्झौता र परामर्शदाता सँगसँगै चयन गर्नुपर्छ। परामर्शदाता चयन गर्न ढिलो हुँदा निर्माण कार्य नै अलमलमा परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लौकी–काँकरभिट्टा सडक (९५.७६ किलोमिटर) लाई चार लेनको बनाउन गत १९ अक्टोबरमा चाइना रेल्वे फस्ट ग्रुप कम्पनी लिमिटेड तथा चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुपसँग ४० अर्ब रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।

एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने गरी सो आयोजनाको ठेक्का सम्झौता भएको हो। यस योजनाको नेपाली साझेदार तुँदी कन्स्ट्रक्सन र कालिका कम्पनी हुन्। यो सडक पाँच वटा प्याकेजमा निर्माण हुँदैछ। जसअन्तर्गत तीन वटा पुल पनि पर्छन्।

सडक आयोजना कार्यालयका अनुसार एक हप्ता भित्रै काम सुरु गर्न चाइनिज ठेकेदार कम्पनीलाई अनुमति दिइने तयारी गरिएको छ तर समयमै परामर्शदाता चयन हुन नसक्दा अलमल भएको छ । आयोजना प्रमुख चुडाराज ढकालले भने एक महिनाभित्रै परामर्शदाता पनि चयन हुने बताए। अहिले परामर्शदाता चयनका लागि प्रक्रिया सुरु भइरहेको उनको भनाइ छ।

निर्देशनालयका सूचना अधिकारी विजय महतोले भने एडिबीको मुख्यालय मनिलाबाट नो अब्जेक्सन लेटर आउने बित्तिकै परामर्शदाता चयन गरिने बताए। ‘हामीले सबै काम पूरा गरेर एडिबीको मुख्य कार्यालयमा पठाएका छौं। एडिबीले नो अब्जेक्सन लेटर पठाउने बित्तिकै परामर्शदातासँग सम्झौता गर्छौं,’ उनले भने।

परामर्शदाता चयनमा भौतिक पूर्वाधार मन्त्रालयका सचिवदेखि उच्च अधिकारीहरूको स्वार्थ बाझिएको छ। यही कारण परामर्शदाता चयन हुन ढिलो भएको स्रोतको भनाइ छ। एडिबीले परामर्शदाताका लागि आर्थिक प्रस्ताव खोलिसकेको छ। 

आयोजनाका अनुसार सुरुमा २३ वटा कन्सल्टेन्सीले आवेदन दिएका थिए। ती कम्पनीमध्येबाट छान्दा ६ वटा कम्पनी सर्ट लिष्टमा परेको जनाइएको छ। परामर्शदाता चयन गर्न इओआई (एक्प्रेसन अफ इन्टे«स्ट) तथा आरएफपी (रिक्वेइस्ट फर प्रपोजल) समेत आह्वान भइसकेको छ।  

लौकी–काँकरभिट्टा सडक आयोजनामा दुई प्रतिशत मात्र पिसी (पर्सेन्टेज अफ कमिसन) ४० करोड हुन आउँछ। त्यसैगरी परामर्शदाताको लागि एक अर्ब ३० करोड रूपैयाँको बजेटमा ३० देखि ४० प्रतिशत लाभ हुने भएपछि परामर्शदाता चयनमा मन्त्रालयका उच्च अधिकारीहरूको स्वार्थ बाझिएको हो। यसमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाकोसमेत चासो रहेको स्रोतको भनाइ छ।

मन्त्रालयका अनुसार सेटिङमा परामर्शदाता चयन भइरहेको भन्दै सर्टलिष्टमा छानिएका केही परामर्शदाताहरूले अख्तियार र एडिबीको मुख्यालयसम्म उजुरी दिएका छन्। त्यसैले परामर्शदाता चयनमा झन् अन्यौल उत्पन्न भएको बताइएको छ।

स्रोतका अनुसार जिओकम, इआरएमसी जस्ता परामर्शदाताहरूले बढी लविङ गरेका छन्। यस आयोजनाको डेपुटी डाइरेक्टर शोभा गिरी हुन् भने लौकी–काँकरभिट्टा सडकअन्तर्गत पूर्वी खण्डको प्रमुख सुनिलबाबु पन्त हुन्। त्यस्तै पश्चिम खण्डको प्रमुख जगत प्रजापति हुन् ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ११ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस