आठ अंकले नेप्से घट्दा पनि ५ अर्बको कारोबार
१९ पौष २०८०
•
२ मिनेट पाठ
आठ अंकले नेप्से घट्दा पनि ५ अर्बको कारोबार
साताको चौथो कारोबार दिन बिहीबार सेयर मापन गर्ने नेप्से परिसूचक सामान्य अंकले घटेको छ। 




बिहीबार नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा झरेको छ। बिहीबार दिनभरजसो नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो। सुरुवाती चरणमा सामान्य अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुने बेला भने घटेको थियो।

बिहीबार १२८ कम्पनीको सेयर घट्यो भने ११३ कम्पनीको सेयर बढ्यो। पाँच कम्पनीको सेयर भने स्थिर रह्यो। बिहीबार एक करोड ६० लाख ५२ हजार १ सय १ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ५८ करोड ११ लाख सात हजार ८ सय ४ रुपैयाँ बराबरको सेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्सेका तीनवटा सूचक घट्यो। 

सेन्सेटिभ सूचक ५.१२ अंकले घट्यो। फ्लोट सूचक पनि ०.४२ अंकले घट्यो भने सेन्सेटिभ फ्लोट सूचक पनि ०.८१ अंकले नै घट्यो। नेप्सेका १३ उपसूचकमध्ये बिहीबार ९ उपसूचक घट्यो भने चार उपसूचक बढ्यो। बिहीबार सबैभन्दा धेरै घट्ने उपसूचकमा जिवनबीमातर्फको कम्पनी रह्यो। 

सो उपसूचक १३७.०८ अंकले घट्यो। त्यसैगरी निर्जीवनबीमातर्फको उपसूचक पनि १०४.८८ अंकले घटेको छ। अन्यतर्फको उपसूचक पनि ५८.११ अंकले घट्यो। बिहीबार सबैभन्दा धेरै बढ्ने उपसूचकमा टे«डिङतर्फ रह्यो। सो उपसूचक ६६.९५ अंकले बढ्यो भने हाइड्रोपावरतर्फको उपसूचक पनि ४४.३३ अंकले बढ्यो। 

बिहीबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा दुई कम्पनी रह्यो। कालिका पावर कम्पनी र सिँगटी हाइड्रोपावर रहे। ती दुवै कम्पनीको सेयर १० प्रतिशतले बढ्यो। त्यसैगरी नेपाल वायरहाउस कम्पनीको सेयर ९.९९ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको सेयर पनि ९.९८ प्रतिशतले बढ्यो। बिहीबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियम इन्सुरेन्स कम्पनी रह्यो। सो कम्पनीको सेयर ६.५६ प्रतिशत र मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर ५.८० प्रतिशतले घट्यो।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ८.७५ अंकले बढेको थियो। सो दिन एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैयाँको सेयर कारोबार भयो। 

सोमबार १५९ कम्पनीको सेयर घट्यो भने ७७ कम्पनीको सेयर बढ्यो। १० कम्पनीको सेयर स्थिर रहेको थियो। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से ३०.०५ अंकले घटेर २०३०.१० विन्दुमा झरेको थियो। सो दिन २०५ कम्पनीको सेयर घट्यो भने ३७ कम्पनीको सेयर बढ्यो। तीन कम्पनीको सेयर स्थिर रह्यो।

मंगलबार एक करोड १८ लाख ८५ हजार सात सय १२ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोड ४६ लाख ५९ हजार नौ सय २२ रुपैयाँको कारोबार भयो। साताको तेस्रो कारोबार दिन बुधबार परिसूचक नेप्से २७.९० अंकले बढेर २०५८ विन्दुमा पुगेको थियो। सो दिन २०९ कम्पनीको सेयर बढ्यो भने ३० कम्पनीको सेयर घट्यो। ६ कम्पनीको सेयर स्थिर रह्यो। 

बुधबार एक करोड पाँच लाख चार सय ९८ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ रुपैयाँको सेयर कारोबार भएको छ।
अर्को समाचार
नेप्से २६ अंकले घट्दा पनि सवा पाँच अर्बको कारोबार
२२ पौष २०८०
•
२ मिनेट पाठ
नेप्से २६ अंकले घट्दा पनि सवा पाँच अर्बको कारोबार
साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने नेप्सेपरिसूचक २६.३६ अंकले गिरावट आएको छ । सुरुवाती कारोबार हुँदा सामान्य अंकले बढेको नेप्सेपरिसूचक कारोबार बन्द हुने बेला तिव्र उतारचढाव हुदैँ उच्च अंकले घटेको हो।




आइतबार नेप्सेपरिसूचक २६.३६ अंकले घटेर २०२२.९२ विन्दुमा झरेको हो। आइतबार १५९ कम्पनीको सेयर घट्यो भने ८१ कम्पनीको सेयर बढ्यो। ६ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब २४ करोड १४ लाख ८ हजार तीन सय ७९ रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भएको छ। 

सेन्सेटिभ सूचक ६.१६ अंकले घट्यो भने फ्लोट सूचक पनि १.७४ अंकले घट्यो।त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि १.७२ अंकले घट्यो। नेप्सेका १३ उपसूचकमध्ये विहीबार १२ उपसूचक घट्यो भने एउटा उपसुचक मात्रै बढ्यो। आइतबार घट्ने उपसूचकमा जीवनबीमातर्फ रह्यो। सो उपसूचक २५९.५८ अंकले घट्यो। 

त्यसैगरी निर्जीवनबीमातर्फको उपसूचक पनि १८६.४० अंकले घटेको छ। आइतबार बढ्ने उपसूचक पनि हाइड्रोपावरतर्फ रह्यो। सो उपसूचक २५.१६ अंकले बढेको छ। आइतबार सवैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा तेह्रथुम पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले बढ्यो। त्यसैगरी मुक्तिनाथ कृषि कम्पनीको सेयर ९.९९ प्रतिशत, नेपाल वायरहाउस कम्पनीको सेयर ९.९८ प्रतिशत र धौलागिरी लघुवित्त कम्पनीको सेयर पनि ९.९६ प्रतिशतले बढेको छ। आइतबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा मानुषी लघुवित्त कम्पनी रह्यो।

सो कम्पनीको सेयर ६.६९ प्रतिशतले घट्यो। त्यसैगरी नेपाल रिपब्लिक मिडिया कम्पनीको सेयर पनि ६.४९ प्रतशत र सुभम पावर कम्पनीको सेयर पनि ६.३३ प्रतिशतले घटेको छ। साताको अन्तिम कारोबार दिन विहीबार नेप्सेपरिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा झरेको थियो। सोदिन १२८ कम्पनीको सेयर घट्यो भने ११३ कम्पनीको सेयर बढ्यो। पाँच कम्पनीको सेयर भने स्थिर रह्यो। बिहीबार एक करोड ६० लाख ५२ हजार एक सय एक कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार रुपैयाँ बराबरको सेयर कारोबार भयो।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस