खोजेअनुसारको विकास भएन, चाहेअनुसारको कार्य जनप्रतिनिधिले गर्न सकेनन्, भ्रष्टाचारमा लिप्त भए, निजी स्वार्थमा केन्द्रित भए भन्ने नेतृत्वप्रतिको आम निराशालाई एकजना जनप्रतिनिधिले तोडिदिएका छन्।
निर्वाचित जनप्रतिनिधि र सरकारप्रति नकारात्मक धारणा यति हावी भयो कि समाजमा भएगरेका राम्रा र सकारात्मक कार्य छायामा परे। यस्तो बेलामा एकजना यस्ता प्रतिनिधि फेला परेका छन्, जसको चौतर्फी चर्चा भइरहेको छ।
अर्घाखाँचीको मालारानी गाउँपालिका ९ का वडाध्यक्ष महेन्द्रबाबु खनाल सत्कर्मका कारण चर्चामा छन्। उनले आफूले पाउने सेवा–सुविधाबाट आफ्नो वडाभित्रका जनताको न्यूनतम विद्युत् महसुल तिर्दै आएका छन्।
वडाध्यक्ष खनालले मालारानी ९, गोखुंगाका सात सय २० घरधुरी र १० वटा संघसंस्थाको न्यूनतम २० युनिटको विद्युत् महसुल तिर्दै आएका हुन्। आफ्नो सेवासुविधाबाटै वडामा रहेका ९५ प्रतिशत घरधुरी र १० संघसंस्थाको वार्षिक तीन लाख एक हजार रुपैयाँबराबरको विद्युत् महसुल तिर्दै आएको उनले बताए। वडाभित्र रहेका बढी विद्युत् खपत गर्ने पाँच प्रतिशतले मात्र आफैं विद्युत् महसुल बुझाउँदै आएका छन्।
जनप्रतिनिधले जनताका चाहनाअनुसार काम नगरेको भन्ने गुनासो आइरहेका बेला अध्यक्ष खनालको यो कार्यले यस्ता पनि जनप्रतिनिधि छन् भन्ने उदाहरण बनेको छ। यो कार्य अन्य जनप्रतिनिधिका लागि सिको बन्न सक्छ।
निर्वाचन समयमा जनतालाई विद्युत् महसुल तिरिदिन्छु भनेर वाचा गरेअनुसार गत वर्षको भदौ महिनादेखि निरन्तर विद्युत् महसुल तिर्दै आएको अध्यक्ष खनालको भनाइ छ। ‘जनतालाई निर्वाचनकै बेला मैले वाचा गरेको थिएँ’, उनले भने, ‘मैले गर्न सक्ने गरेको छु।’
न्यूनतम बिजुलीको बिल वडाध्यक्षले तिरिदिएपछि गाउले पनि खुसी भएका छन्। सोही वडाका लाभान्वित कुलराज खनालले जनप्रतिनिधिको यो कार्यको खुलेरै प्रशंसा गरे। ‘हामी गाउँलेको २० युनिटको बिल वडाध्यक्षले तिर्दै आउनुभएको छ, उनले भने, ‘चुनावी वाचाअनुसार उहाँले काम गर्नुभएको छ।’
राज्यबाट पाउने सेवा सुविधाबापतको रकम जनताको सेवामा लगाउने बिरलै रहने प्रतिनिधिमा वडाध्यक्ष खनाल परेको स्थानीयको भनाइ छ।