प्युठानमा धान उत्पादन बढ्यो
१४ पौष २०८०
•
२ मिनेट पाठ
प्युठानमा धान उत्पादन बढ्यो
फाइल तस्वीर
प्युठानमा यस वर्ष धान उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन्। समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुईपटक खेती हुन थालेपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो।




समान क्षेत्रफलमा दुई खेती धान र एक खेती गहुँ उत्पादन हुँदा बजारबाट चामल खरिद गर्न नपर्ने भएको ऐरावती गाउँपालिका ५ की कृषक सम्झना राउतले बताइन्।

गत वर्षको तुलनामा तीन हजार तीन सय ७० मेट्रिकटन बढी धान उत्पादन भएको जिल्लास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ।
 प्युठानका केही फाँटहरूमा सीमित सिँचाइ सुविधा उपयोग गरी कृषकले चैते धान खेती गर्न थालेका छन्।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार गत वर्ष छ हजार एक सय ६५ हेक्टर क्षेत्रफलमा १८ हजार पाँच सय ९७ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष २१ हजार नौ सय ६७ मेट्रिकटन धान उत्पादन भएको छ।

जिल्लामा सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम नौबहिनी गाउँपालिकामा धान उत्पादन हुने गरेको कार्यालयका कृषि अर्थ विज्ञ एवं निमित्त कार्यालय प्रमुख उमेश श्रेष्ठले बताए।

जिल्लामा चैते धानखेती, उन्नत जातका बीउको प्रयोग गर्न थालिएको र मौसमले पनि साथ दिएकाले उत्पादनमा वृद्धि आएको उनको भनाइ थियो।

श्रेष्ठले भने, ‘प्युठानका किसानले उन्नत जातका धानको बीउ प्रयोग गर्न थालेका छन्। यसले गर्दा चैते धान रोपेर दुईपटक भित्र्याउन सकिन्छ’, किसानले खेतीमा नयाँ प्रविधिको प्रयोग थालेका उनले बताए।
जिल्लाको प्युठान नगरपालिका, मल्लरानी र ऐरावती गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको श्रेष्ठले बताए।

प्यूठानमा धान उत्पादन वृद्धि तथा प्रोत्साहनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले धान जोनका रूपमा काम गर्दै आइरहेको छ।

धान उत्पादन वृद्धिका लागि यस वर्ष एक सय ५० हेक्टर बढीमा जमिनमा चैते धान लगाउने योजना रहेको कार्यालय प्रमुख कृषि अधिकृत चुमानसिंह गिरीले बताए।

उनका अनुसार जिल्लामा किसानले चैते धानका रूपमा चैते पाँच, हर्दिनाथ-एक र हर्दिनाथ-तीन, नियमित धानका रुपमा राधा-१२, राधा-१४, सावित्री, हर्दिनाथ- छ जातका धान प्रयोग गर्दै आएका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चैते धान खेतीका लागि क्षेत्र विस्तार गरी उत्पादन बढाउन हर्दिनाथ- एक र हर्दिनाथ- तीन लाई यस वर्षदेखि विस्तार गर्न लागिएको गिरीले बताए। उनका अनुसार जिल्लामा ४२ हजार सात सय ६६ हेक्टर खेतीयोग्य जमिन भएकामा २२ हजार एक सय २५ हेक्टरमा खेती गरिन्छ।

-रासस
अर्को समाचार
हिमपातले किसान उत्साहित
०४ माघ २०८०
•
१ मिनेट पाठ
हिमपातले किसान उत्साहित
म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेको पात्लेखर्कमा हिमपात भएको छ। बुधबार हल्का वर्षासँगै पात्लेखर्कसहित माथिल्लो क्षेत्रमा यो सिजनको पहिलोपटक हिमपात भएको हो।




जिल्लाको माथिल्लो क्षेत्रमा माघ महिना लागिसक्दा समेत वर्षा र हिमपात नहुँदा खेतीपातीमा असर गरिरहेको अवस्था हिमपात भएपछि किसान खुसी भएको स्थानीय अंकित पुनले बताए। हिमपातसँगै चिसोसमेत बढेको छ। ‘हिमपात नहुँदा अन्नबालीमा असर गरेको थियो, अहिले केही राहत महसुस भएको छ’, पुनले भने। हिमपातले बाली फस्टाउने भन्दै ‘हिमपातले चिसो बढे पनि किसान भने खुसी छन्। उनले बस्तीको माथिल्लो क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ।

यसैबीच मालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका हिमाली क्षेत्रमा समेत सामान्य हिमपात भएको छ। मौसममा आएको परिवर्तनसँग चिसो बढेपछि वृद्धवृद्धा र बालबालिकालाई सतर्कता अपाउन स्थानीय जनप्रतिनिधिले समेत अनुरोध गरेका छन्।

जिल्लाको सदरमुकाम बेनीमा समेत चिसो हावाहुरी चलेको छ भने मौसम बादलिएको छ। यस वर्ष अघिल्लो वर्षको तुलनामा बाक्लो हिमपात भने कतै भएको छैन। विगतमा हिमपातका कारण आवतजावतमा समेत समस्या हुने गरेकोमा यस वर्ष भने चिसोसँगै हिमाली क्षेत्रमा ताल र खानेपानीका धारामा पानी जमे पनि हिमपात नहुँदा स्थानीय आश्चर्यचकित परेका थिए।

यसैबीच हिमाली जिल्ला मुस्ताङमा समेत हिमपात भएको छ। हिमपातलाई ध्यानमा राखेर विभिन्न ठाउँमा रहेका प्रहरी चेकपोस्ट्लाई सचेतना अपनाउन भनिएको छ। विशेषगरी मुक्तिनाथ दर्शनका लागी पुगेका पर्यटक अलपत्र नहोऊन् भनेर सचेतना अपनाइएको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस