मुक्तिनाथ कृषि कम्पनीको सेयर मंसिर २८ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने भएको छ। यस कम्पनीको मुख्य प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ।
कम्पनी स्थापनाको पाँच वर्ष भित्र सर्वसाधारणमा सेयर निस्कासन गरी निजी क्षेत्रबाट कृषिमा योगदान दिन पहिलो पब्लिक लिमिटेडको रूपमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालन गरिएको बताइएको छ।
स्थानीय सरकार, सामुदाय र सहकारी संस्थाहरूसँगको साझेदारी तथा सहकार्यमा स्थानीय माग र आवश्यकता बमोजिमको कृषि सम्बन्धी सेवाहरू प्रदान गर्न कम्पनीले सातै प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालयहरू स्थापना गरी सकेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ७७ वटै जिल्लामा चार सयभन्दा बढी व्यावसायिक साझेदारहरू मार्फत पहुँच बिस्तार गरी सकेको छ।