ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेक थ्रु’
२४ मंसिर २०८०
•
२ मिनेट पाठ
ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेक थ्रु’
म्याग्दीको रघुगंगा गाउँपालिका– ८ कुइनेमंगलेमा निर्माणाधीन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेक थ्रु’ भएको छ।




इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) निर्माण गरेको हो।

संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा २०७८ मंसिरदेखि टनेल निर्माण सुरु भएर शनिबार टनेल ब्रेकथ्रु गरेको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिए।

उनका अनुसार हिमाली क्षेत्र र प्राकृतिक प्रकोपलगायत कारण आयोजनामा करिब २० महिना मात्रै नियमित रूपमा काम भएको छ। ‘आयोजनाको सबैभन्दा कठिन मानिने टनेल जोड्ने काम सकिएको छ, ड्यामसाइड र विद्युत्गृहमा समेत धमाधम काम भइरहेको छ’, उनले भने।

सत्तरी प्रतिशत निर्माण सम्पन्न भएको यस आयोजनामा आगामी आठ महिनाभित्र निर्माण सकेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। रघुगंगा नदीस्थित फेदीखोलामा मुहान रहने यस आयोजनामा पानीलाई छरीस्थित रघुगंगा नदीको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ।

आयोजनामा ६ सय मिटर पेनस्टक टनेल रहने छ। चार सय ९५ मिटर पेनस्टक टनेल खनिसकिएको छ भने एक सय मिटर भर्टिकल पेनस्टक टनेलमध्ये ५० मिटर खन्न बाँकी छ।

यस आयोजनामा दुई सय २५ जना कामदार नियमित रूपमा काम गर्दै आएका छन्। गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ।

यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ।

यस आयोजनामा गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पु¥याएपछि आयोजना निर्माण कार्य केही पछि धकेलिएको हो।

आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर÷त्रिपल एस जेभीले आवश्यक जनशक्ति र मेसिन उपकरण परिचालन गरेर लक्ष्यमा आयोजना सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। आयोजना सम्पन्न गर्न तीन अर्ब ६० करोड लागत अनुमान गरिएको छ।

आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न २३ किलोमिटर लामो प्रसारण लाइन निर्माण चरणमा छ। –रासस
अर्को समाचार
गाउँमै अस्पताल हुँदा आयु बढ्ने रहेछ
१७ जेष्ठ २०७८
•
४ मिनेट पाठ
गाउँमै अस्पताल हुँदा आयु बढ्ने रहेछ
म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामकी इनरुपी देवी पुन कोरोनामुक्त भएपछि विदाई गरिदैं । तस्बिरः हरिकृष्ण गौतमरनागरिक
उमेरले सतक नजिक पुगेकी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामकी इनरुपी देवी पुन कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसिन् । कोरोना संक्रमणले स्वासप्रश्वास, ज्वरो लगायतका समस्या देखिएपछि पिप्लेमा रहेको गाउँपालिकाको कोरोना अस्पतालमा पुग्दा ९६ वर्षिया पुनको अवस्था निकै गम्भिर थियो ।




शरीरमा अक्सिजनको मात्रा ६६ प्रतिशतमा झरेको र अन्य जटिलता पनि उत्तिकै थियो । वृद्धा पुनको शरीरमा अक्सिजनको मात्रा घटिरहेको अवस्थामा डा.सन्तोष प्रसाद बोहराले तत्कालै हाइफ्लो अक्सिजन दिदैं अक्सिजनको मात्रा अझै घट्न सक्ने भएकाले निगरानी र निश्चित उपचारमा आवश्यक सबै तयारी गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए । अस्पताल भर्ना भएको ७ दिनपछि अक्सिजनको तह ९० प्रतिशतबाट उकालो लागेसँगै पुनको स्वास्थ्यमा क्रमिक सुधार हुदैं गयो ।

आइतबार कोरोना संक्रमणमुक्त भएपछि खुसी हुदैं उनी घर मात्रै फर्किएनन् आफुले पाएको सामाजिक सुरक्षा भत्ता बापतको सातहजार रुपैयाँ नगद समेत अरु संक्रमतिलाई निशुल्क भोजन खुवाइरहेकालाई सहयोग गरिन् । गाउँकै अस्पतालमा कोरोनालाई जितेपछि वृद्धा पुनका छोरा खिमबहादुरले आफु बेरोजगार भएकाले आमाको कमाई सहयोग गरेको बताए । अस्पतालसम्म ल्याइपु¥याउँदा मानिस चिन्न समेत छाडिसक्नुभएकी वृद्धा आमाले कोरोना संक्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अबस्थामा देखेको उनले बताए ।  

‘वृद्ध आमाले पनि कोरोनालाई सजिलै परास्त गर्नुभयो, कोरोना भाइरसले आमालाई जित्न सकेन,’ खिमबहादुरले भने । उमेरले डाँडा काट्न लागिसकेको अवस्थामा आमालाई कोरोना संक्रमण भएपछि निकै चिन्तित भएपनि समयमै उपचार पाएकाले सजिलो भएको बताए । गाउँमै अस्पताल हुँदा आमाको आयु बढेको उनले बताए । ‘गाउँमा अस्पताल नहुँदो हो त सायद आमालाई पोखरासम्म लगेर पनि बचाउन मुस्किल थियो । तर, गाउँमा अस्पताल भएकै कारण बेलैमा उपचार गराउन पाउँदा ज्यान जोगियो,’ उनले भने ।
दग्नामको कान्छीगाउँकी पुन निको भएपछि गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उनलाई फूल  र रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक विज्ञहरुबाट सिफारिस भएका औषधीहरु उपलब्ध गराएर विदाई गरेका थिए । गाउँपालिकाको अस्पतालमै निको भएपछि गाउँपालिकाले समेत विदाई गरेको छ । कोरोना संक्रमतिको अक्सिजनको मात्रा घटिरहेकोले तत्कालै संक्रमितले जानकारी पाउन नसक्ने अवस्था आउने अस्पतालका डा बोहराले बताए । 

जटिल अवस्थापछि मात्रै अस्पताल पुग्न समस्याको एउटा उदाहरण भएको कोभिड–१९ अस्पतालका डा. बोहराले बताए । ‘शरीरमा अक्सिजनको कमी भएर अस्पतालमा आउँदा ६६ प्रतिशत थियो, उहाँलाई सम्भव भएका सबै विधिबाट उपचार गरियो, अक्सिजनको तह ९० बाट उकालो लागेपछि दोस्रोपटक परीक्षण गर्दा नेगेटिभ आएपछि घर फर्किनुभयो’ डा. बोहोराले भने, ‘समयमै अस्पतालमा आउनुभयो । हामीले भएभरको शक्ति लगाएर भएपनि उहाँलाई बचाउन सक्यौ ।’  

त्यस्तै कोरोना संक्रमणको कारण पोखरासम्म पुगेर उपचार गर्दा समेत निको नभएपछि रघुगंगाकै कोभिड अस्पतालमा फर्किएर उपचार गराएका  पिप्ले निवासी ५३ बर्षीय रत्नबहादुर शाहीले समेत कोरोना जितेर घर फर्किएका छन् ।  स्वास्थ्यमा थप अन्य समस्या देखिएपछि थप चेकजाँचका लागि बेनी हुँदै पोखराको गण्डकी मेडिकल कलेजमा रिफर गरिएको थियो । गण्डकीमा आईसीयु कक्षमा समेत राम्रो उपचार नभएपछि आफन्तले शाहीलाई गाउँकै कोभिड अस्पतालमा भर्ना गरेका थिए ।

 पोखरामा भन्दा गाउँमै राम्रो उपचार गाउँमै भएको शाहीले बताए । कोभिड अस्पतालमै उपचार गरि निको भएपछि शाही समेत आइतबार नै घर फर्किएका छन् ।  ‘ठुला अस्पतालमा समेत राम्रो उपचार पाइने देखिन,बरु यहिकै अस्पतालमा उपचार गराउने निधो गरेर फर्किएको थिए, यहाँ आएपछि उपचार गर्दै जाँदा मेरो स्वास्थ्यमा क्रमिक सुधार आयो, आज निको भएर घर फर्कदै छु, यहाँका डाक्टर र स्वास्थ्यकर्मीको यो गुन म कहिल्यै भुल्ने छैन्,’ शाहीले भने ।  
रघुगंगाको कोभिड अस्पतालमा विरामी र कुरुवालाई निःशुल्क खानाको समेत व्यवस्था गरिएको छ । स्थानीय नवसन्तोष सेवा युवा क्लब, सिवाईजी क्लब र रेडक्रस पिप्ले उपशाखाको अगुवाईमा स्थानीय युवाहरुले स्वयंसेवक रुपमा परिचालन भएर सहयोगदाता मार्फत सहयोग जुटाएर विहानदेखि बेलुकिसम्म नै भर्ना भएका विरामी र उनीहरुका कुरुवालाई निःशुल्क खाना, खाजा खुवाउँदै आएको पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्लले बताए । 

यसैबिच कोरोना जितेर घर फर्किएका शाहीले निःशुल्क खानाको व्यवस्थापनका लागि २१ हजार ५ सय ५ र अस्पतालका स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि समेत २१ हजार ५ सय ५ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । रघुगंगाको कोभिड अस्पतालमा अहिलेसम्म ५६ जनाको उपचार गरिसकिएको छ । वैशाख २१ गतेबाट रघुगंगाले कोभिड अस्पतालबाट सेवा सुचारु गरेको थियो । अस्पतालमा आएका अधिकाँश अक्सिजन लगाएर उपचार गराउनुपर्ने विरामीहरु निको भएर घर फिर्ता भएका छन् । गाउँपालिकाले दुई वटा सवारी साधन मार्फत विरामीहरुलाई अस्पतालसम्म ल्याउने र निको भएपछि घरमा पु¥याउने काम समेत गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताए । 
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस