चार महिनामा थपियो ५७ अर्ब सार्वजनिक ऋण
१६ मंसिर २०८०
•
१ मिनेट पाठ
चार महिनामा थपियो ५७ अर्ब सार्वजनिक ऋण
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ।




सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो।

कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ।

चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा १६ अर्ब १८ करोड ६१ लाख बराबर भुक्तानी गरेको देखिएको छ।

यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कूल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको छ।

चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ। गत कात्तिक मसान्तसम्ममा सरकारले २९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजीगत खर्च गरेको छ। यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको छ।
अर्को समाचार
सार्वजनिक ऋण ७२ अर्ब थपियो
०५ पौष २०८०
•
४ मिनेट पाठ
सार्वजनिक ऋण ७२ अर्ब थपियो
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको सार्वजनिक ऋणको दायित्व करिब ७२ अर्ब रूपैयाँ थपिएको छ। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋणको दायित्व बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रूपैयाँ पुगेको छ।




सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मंसिर मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण बढ्दै गइरहेको छ। आन्तरिकतर्फको ऋणको दायित्व ११ खर्ब ९७ करोड र बाह्यतर्फको ऋणको दायित्व ११ खर्ब ७३ अर्ब रूपैयाँ रहेको छ।

अर्थशास्त्री डा. डिल्लीराज खनालले सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्दा पनि मुलुकको सार्वजनिक ऋण बढ्दै गइरहेको बताए।
‘पछिल्ला केही वर्षदेखि राजस्व संकलनमा निरन्तर गिरावट हुँदै आइरहेको छ। जसको कारणले चालु खर्च चलाउनसमेत आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बाध्यता सिर्जना भइरहेको छ,’ उनले भने, ‘सरकारले प्रतिफल दिने परियोजनामा भन्दा पनि अनुत्पादक क्षेत्रमा धेरै लगानी गर्ने गलत परिपाटीको विकासले पनि सार्वजनिक ऋणको हिस्सा बढिरहेको छ। जुन मुलुकको समग्र अर्थतन्त्रको हिसाबले कुनै पनि हालतमा राम्रो संकेत होइन।’

चालु आर्थिक वर्षको भदौ सम्म मुलुकको सार्वजनिक ऋणको अवस्था २३ खर्ब ९ अर्ब ८६ करोड रूपैयाँ रहेको थियो। मंसिर मसान्तसम्म आइपुग्दा भने मुलुकको सार्वजनिक ऋणको दायित्व बढेर झण्डै ७२ अर्ब रूपैयाँ पुगेको छ। कार्यालयका अनुसार प्रत्येक महिना सार्वजनिक ऋणको दायित्व बढ्दै गइरहेको छ।

साउनमा आन्तरिक ऋण १३ अर्ब ६ करोड, भदौमा ३१ अर्ब २० करोड, असोजमा ५३ अर्ब पाँच करोड, कात्तिकमा शून्य र मंसिरमा १४ अर्ब रूपैयाँ आन्तरिक ऋण प्राप्ति गरेको छ ।साउनदेखि मंसिरसम्ममा आन्तरिक ऋण एक खर्ब ११ अर्ब ३१ करोड रूपैयाँ प्राप्ति भएको छ।

त्यसैगरी साउनमा बाह्यऋणतर्फ दुई अर्ब ७१ करोड, भदौमा पाँच अर्ब ३० करोड बाह्य ऋण लिइएको थियो। त्यसैगरी असोजमा सात अर्ब ५० करोड, कात्तिकमा एक अर्ब ८७ करोड र मंसिरमा दुई अर्ब ५६ करोड रूपैयाँ बाह्य ऋण लिएको थियो।
गत साउनदेखि मंसिर मसान्तसम्ममा १९ अर्ब ९७ करोड रूपैयाँ बाह्य ऋण लिएको छ। सरकारले चालु आवको पाँच महिनासम्मको अवधिमा आन्तरिक ऋणतर्फ ४२ अर्ब ८४ करोड रूपैयाँ भुक्तानी गरेको छ। त्यसैगरी बाह्यतर्फ १६ अर्ब ५३ अर्ब ऋण भुक्तानी गरेको छ।

अर्थशास्त्री खनालले सरकारले सार्वजनिक ऋण लिनु गलत नभए पनि ऋण लिएको पैसा कुन क्षेत्र र कसरी खर्च गरिरहेको छ भन्ने विषयमा निकै चनाखो हुनुपर्ने बताए।

‘सरकारले ऋण लिएर पनि उत्पादनमूलक र धेरै प्रतिफल दिने क्षेत्रमा खर्च गर्ने हो भने त्यसको सकारात्मक असर समग्र अर्थतन्त्रमा देखिन्थ्यो,’ उनले भने, ‘यहाँ ऋण लिएर चालु खर्च चलाउनुपर्ने हो भने त अर्थतन्त्र डामाडोल भइहाल्छ नि !’

सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेपछि चालु खर्च धान्नसमेत ऋण लिनुपर्ने अवस्था सिर्जना भइरहेको छ।
मुलुकको आन्तरिक तथा बाह्य ऋणको दायित्वको ग्राफ पनि महिनापिच्छे उकालो लाग्दै गएको छ।

महालेखा नियन्त्रक कार्यालयको पुस ३ गतेसम्मको तथ्यांक अनुसार सरकारको आम्दानीभन्दा पनि खर्च ८९ अर्ब ३३ करोड रूपैयाँ बढी छ। यसको अर्थ सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा सरकारको आम्दानीभन्दा खर्च ज्यादा छ। जसको परिपूर्ति गर्न मुलुकले आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बाध्यता अझै चुलिँदै गइरहेको छ।

पाँच वर्षमै दोब्बर सार्वजनिक ऋण

सरकारले विनियोजित बजेटमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा वैदेशिक र आन्तरिक ऋणलाई मुख्य स्रोतको रूपमा बजेट ल्याउने गरेको छ।

सरकारले बजेट बनाउँदा नै राजस्व, वैदेशिक सहायता, आन्तरिक र बाह्य ऋण कति लिने भने लक्ष्य निर्धारण गरेको हुन्छ। पाँच वर्षमा सार्वजनिक ऋण करिब दोब्बरभन्दा धेरैले बढेको छ।

अर्थशास्त्री खनाल सरकारले सार्वजनिक ऋण लिने प्रवृत्तिमा ह्वात्तै वृद्धि भइरहेको बताउँछन्।
 ‘सन् २०१४/१५ पछि सरकारले व्यापक मात्रामा आन्तरिक तथा बाह्य ऋण लिने प्रवृत्तिको विकास भइरहेको छ,’ विगतमा जे जस्तो भए पनि वित्तीय सन्तुलन कायम गर्ने परिस्थिति रहेको थियो। पछिल्लो समय भने वित्तीय सन्तुलनलाई खलबल गराएको कारणले नै अहिले सार्वजनिक ऋणको हिस्सा तीव्र मात्रामा बढिरहेको छ।’

आव २०७५/७६ मा सार्वजनिक ऋण १० खर्ब ४८ अर्ब थियो। सो ऋण आव २०७६/७७ मा आइपुग्दा १४ खर्ब ३३ अर्ब ४० करोड पुगेको थियो। त्यसैगरी आव २०७७/७८ मा १७ खर्ब ३७ अर्ब आठ करोड पुग्यो। त्यसैगरी आव २०७८/७९ मा २० खर्ब ११ अर्ब ९५ करोड रूपैयाँ पुग्यो। कार्यालयका अनुसार आव २०७९/८० को असार मसान्तसम्ममा भने २२ खर्ब ९९ अर्ब ३५ करोड रूपैयाँ पुगेको थियो।

के हो सार्वजनिक ऋण?

सामान्यतः सरकारले देशभित्र तथा बाहिरबाट लिने ऋणलाई सार्वजनिक ऋण भनिन्छ। स्वदेशभित्रैबाट लिइने ऋणलाई आन्तरिक र देशभन्दा बाहिरबाट लिइने ऋणलाई बाह्य ऋण भन्ने गरिन्छ। खास गरी सार्वजनिक ऋण सरकारी घाटा बजेट परिपूर्ति गर्न लिइने गर्छ।

त्यसैगरी आर्थिक मन्दी, मूल्यवृद्धि नियन्त्रण, मुलुकको भौतिक पूर्वाधार निर्माण लगायतका काम गर्न पनि सार्वजनिक ऋण लिइने गर्दछ। नेपालमा संकलन हुने राजस्वबाट चालु खर्चसमेत धान्न धौधौ हुने भएकाले वैदेशिक ऋण लिएर विकास तथा पूर्वाधार निर्माणको काम गर्ने चलन रहेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस