नारायणघाट-बुटबल सडक निर्माणमा ढिलासुस्ती: ५० प्रतिशत प्रगति नभए ठेक्का तोडिने
०८ मंसिर २०८०
•
३ मिनेट पाठ
नारायणघाट-बुटबल सडक निर्माणमा ढिलासुस्ती: ५० प्रतिशत प्रगति नभए ठेक्का तोडिने
आयोजना निर्देशनालयले नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनीलाई सन् २०२३ को डिसेम्बरसम्ममा समष्टिगत भौतिक प्रगति ५० प्रतिशत नभएको खण्डमा ठेक्का तोड्ने चेतावनी दिएको छ।




सडक निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट इन्जिनियरिङ कम्पनीले भने सडक निर्माणमा बारम्बार आलटाल गर्दै आइरहेको छ।

आयोजना निर्देशनालय र सडक विभागले बारम्बार ठेक्का तोड्ने चेतावनी दिए पनि अहिलेसम्म ठेक्का तोड्ने हिम्मत भने जुटाउन सकेका छैनन्। सुरुआती ठेक्का सम्झौताअनुसार यो सडक खण्डको ठेक्का २०७९ साउन २२ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने थियो तर सो अवधिमा पनि सडक निर्माण सम्पन्न गर्न नसकेपछि दोस्रो पटक थप गरेर २०८१ को साउनसम्म म्याद थप गरिएको छ। आयोजना निर्देशनालय (एडिबी) अनुसार यो खण्डको सडकको समष्टिगत भौतिक प्रगति मुस्किलले ४० प्रतिशत पुगेको छ।

आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले ठेकेदार कम्पनीले सडक निर्माणमा सोचेअनुरूपको काम नगरेकाले पनि अपेक्षित गतिमा उपलब्धि हासिल गर्न नसकेको बताए।
‘ठेकेदार कम्पनीले जुन रफ्तारमा काम गर्नुपर्ने थियो। सोही अनुसारको काम नगर्दा पनि यो सडक योजनाको काम प्रभावित हुँदै आइरहेको छ।’

यो सडक खण्ड भएर यात्रा गर्ने यात्रुले निकै सकस बेहोर्दै आइरहेका छन्।

आयोजना निर्देशनालयका आयोजना निर्देशक ढकालले ठेकेदार कम्पनीसँग पर्याप्त मात्रामा नगद प्रवाह नहुँदा पनि सडक निर्माणको कामले गति लिन नसकेको दाबी गरे। आयोजना निर्देशनालयले पछिल्लो पटक दुई पल्टसम्म मिसन पठाएर योजनाको काम अघि बढाउन ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गर्दै आइरहेको छ।

‘चिनियाँ कम्पनीले निकै सस्तो मूल्यमा निर्माण सामग्री खोज्ने र सस्तोमा नपाएको भन्दै निहुँ खोज्ने प्रवृत्ति हाबी भइरहेको छ,’ उनले भने, ‘अहिले पूर्वी र पश्चिमी खण्डमा ३६/३७ किलोमिटर सडक कालोपत्रे भएको छ।’

सरकारले २०७५ सालमा एसियन डेभलेपमेन्ट बैंक (एडिबी) सँग ऋण लिएर नारायणघाट-बुटबल सडक खण्डको स्तरोन्नतिको लागि काम अघि सारेको थियो।
यो सडक खण्डअन्तर्गत नारायणघाट बुटबल सडक खण्डमा एक सय १३ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्य अघि बढाउँदै आइरहेको छ। यो आयोजना अन्तर्गत एक सय १३ किलोमिटर सडक स्तरोन्नति गर्न लागिएको हो।

नारायणघाट-बुटवल सडकको पूर्वीखण्डमा ६४.४२५ किलोमिटर र पश्चिमखण्डमा ४८.५३५ किलोमिटर सडक पर्छ। आयोजना निर्देशनालयका अनुसार पूर्वी खण्डको भौतिक प्रगति ४१.७५ प्रतिशत र पश्चिम खण्डको भौतिक प्रगति ३७ प्रतिशत भएको छ। आयोजनाको लागत १६ अर्ब ९९ करोड रूपैयाँ हो। यो आयोजना भेरिएसनसहित यसको लागि १७.०२ अर्ब रूपैयाँ पुगेको छ।

आयोजना निर्देशक ढकालले पटक पटक म्याद थप गर्दा पनि अपेक्षाकृत ढंगले प्रगति नभएकाले पनि ठेकेदारमाथि दबाब बढाउँदै आइरहेको बताए।
‘अहिलेसम्म दुईपटक म्याद थप भइसकेको छ तर ठेकेदार कम्पनीले सोचेअनुरूपको काम गर्नै सकेका छैनन्।’

उनले स्थानीय तहले पनि निर्माण सामग्रीको उत्खनन् लगायतका काममा सहजीकरण नगर्दा समस्या भएको बताए। ‘सडक निर्माणाधीन क्षेत्रका स्थानीय तहले पनि निर्माण सामग्री उत्खनन् लगायतका कार्यमा सहजीकरण नगर्दा पनि निर्माण सामग्रीको चर्काे अभाव भइरहेको छ,’ उनले भने, ‘हामीले निर्माण सामग्रीको अभाव हुन नदिन स्थानीयतहसँग पहल गरिरहेका छौं तर प्रक्रियागत झन्झटको कारणले पनि विभिन्न खालका समस्या भइरहेका छन्।’

आयोजना निर्देशक ढकालले ठेकेदार कम्पनीले चाहने हो भने चालु आवको अन्त्यसम्म निर्माणको करिब ७० प्रतिशत काम गर्न सकिने दाबी गरे। ‘निर्माण कम्पनीले इमानदार भएर काम गर्ने हो भने चालु आवको अन्त्यसम्मको अवधिमा करिब ७० प्रतिशत भौतिक प्रगति पुर्‍याउनुपर्ने देखिन्छ,’ उनले भने, ‘दाउन्नेको उकालोबाहेकको दुई लेनको सडक कालोपत्रे गरेर तयार पार्न बारम्बार अनुरोध गर्दै आइरहेका छौं।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस