कर्णालीलाई सधैं रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ। भन्नेले त्यस्तै भने र बुझ्नेले पनि त्यसरी नै बुझे। तर पछिल्लो समय त्यो अवस्थामा बिस्तारै सुधार आउँदैछ। ‘भूबनोटको सही प्रचार नभएर मात्रै हो, कर्णालीलाई त भूस्वर्ग नै मान्दा हुन्छ,’ त्यहाँ पुगेर अध्ययन गरेकाहरू भन्छन्, ‘कर्णालीको प्राकृतिक सुन्दरता मात्र देखाउन सके पनि त्यसले कर्णालीवासीलाई पाल्छ।’
कर्णालीमा पर्यटनको प्रचुर सम्भावना भएका दर्जनौं स्थान छन् तर प्रायः ओझेलमा। कर्णालीको प्रचार नभएजस्तै विकास पनि हुन सकेको छैन। सरकारी उदासीनता र भौगोलिक जटिलताका कारण कर्णालीका सम्भावनाहरू ओझेलमा परेका छन्। त्यसैले सुन सिरानी हालेर नुनको खोजीमा हिँडिरहेको कर्णाली सधैं रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिने गरेको हो।
चर्चामा त्रिवेणी पाटन
फुल र बुकीले ढपक्क ढाकेर बनेको सुन्दर पाटन। पाटनको बीच भागमा तीनवटा खोला। तीनवटै खोलाको संगममा सानो मन्दिर। मन्दिरको छेउबाट बगेको पानीको कलकल आवाज। चराचुरुंगीको चिरबिर ध्वनि। यत्रतत्र रंगीचंगी फूलहरू। सजाएर राखिएकाजस्तै थुम्का–थुम्का कुहिरो। थरीथरीका जडीबुटीको मगमग बास्ना। यहीँ हो कालिकोटको त्रिवेणी पाटन।
नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरू त्रिवेणी पाटनका मुख्य विशेषता हुन्। समुद्री सतहबाट झन्डै ४ हजार २१९ मिटर उचाइमा रहेको त्रिवेणी पाटनको सौन्दर्य त छँदैछ।
ऐतिहासिक धार्मिक तथा पर्यटकीय हिसाबले पनि त्यसले उत्तिकै महत्व बोकेको छ। पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो। यो पर्यटकीय सम्भावना बोकेको एवं विशाल पाटन क्षेत्र हो। बाजुरा जिल्लामा पर्ने बडीमालिका मन्दिरका कारण पनि यो चर्चामा छ।
त्रिवेणीमा नुहाएर बडीमालिका दर्शन गरे मनले चिताएको पुग्ने, रोगव्याधि नासिने, पदोन्नति हुने विश्वास छ। त्रिवेणीको काखमा रहेका ३२ वटा ठुलाठुला सुन्दर पाटनहरूले पर्यटकलाई मोहनी लगाउँछन्। त्रिवेणी आउने आन्तरिक पर्यटकहरूले ‘भूस्वर्ग’को अनुभूति गर्छन्। तर बाह्य पर्यटकको आगमन भने हुँदैन। भौगोलिक विकटता, यातायातको असुविधा, अन्य आवासीय असुविधाका कारण यो क्षेत्र ओझेलमा छ।
नेपालकै अग्लो दाबी गरिएको पचाल झरना
कर्णालीको अर्को प्रमुख पर्यटकीय गन्तव्य भनेको कालिकोटको पचाल झरना हो। पचाल नेपालकै अग्लो झरना भए पनि त्यसो भन्न पाइएको छैन। तत्कालीन जिल्ला विकास समिति, त्यसपछि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पटकपटक पर्यटन बोर्डमा अभिलेख गरी वैधानिकता दिन दाबी पेस गरे पनि कार्यान्वयन नहुँदा पचाल झरना ओझेलमा छ।
कालिकोटको पचाल झरना ३८१ मिटर अग्लो छ। हाल नेपालकै अग्लो भनिएको तेह्रथुमको ह्याप्तुङ झरना ३६५ मिटर अग्लो छ। ह्याप्तुङभन्दा पचाल झरना १६ मिटर अग्लो छ। तर पर्यटन बोर्डले कालिकोटको पचाल भरनालाई नेपालकै अग्लो झरना भनेर अभिलेख गरी घोषणा नगर्दा त्यसलाई नेपालकै अग्लो झरना पनि भन्न नपाइएको हो। जिल्ला सदमुकाम मान्माबाट करिब तीन घन्टा गाडी र चार घन्टा पैदलयात्रा गरेपछि प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने पचाल झरना निकै रोचक छ।
से–फोक्सुन्डोमा पुग्दैनन् पर्यटक
कर्णालीभित्रको डोल्पा जिल्लामा पर्ने से–फोक्सुन्डो ताल प्राकृतिक सौन्दर्यका दृष्टिले महŒवपूर्ण रमणीय गन्तव्य हो। से–फोक्सुन्डो ताल धर्तीको अनुपम र सुन्दर उपहार जीवनमा एकपटक पुग्नैपर्ने स्वर्गको टुक्राजस्तै रहेको बताउँछन् यहाँ आउने पर्यटक।
डोल्पाकै सामाजिक अभियन्ता रामचन्द्र न्यौपानेले भने, ‘पदयात्रामा रमाउने र यसको मजा लिनेका लागि से–फोक्सुन्डो तालको पदयात्रा महŒवपूर्ण छ।
डोल्पाको उत्तरी भेगमा पर्ने से–फोक्सुन्डो ताल नेपालकै गहिरो ताल हो। यसको गहिराइ १४५ मिटर छ। लम्बाइ ४ दशमलव ८ किमि चौडाइ १ दशमलव ६ किमि छ। सदरमुकाम दुनैदेखि झन्डै तीन दिनको पैदलयात्रापछि से–फोक्सुन्डो ताल पुगिन्छ। यहाँ पुगेका सबै पर्यटक तालको मनमोहक दृश्यबाट मोहित भएर सो ठाउँलाई कसैले भू–स्वर्ग भनेर पुकार्छन् भने कसैले निलो हिराको रूपमा समेत चर्चा गर्छन्।
रिग्मो तालको नामले पनि चिनिने उक्त ताललाई २०६४ असोज ६ गते रामसार क्षेत्रमा समेत समावेश गरिएको छ। निकुञ्जलाई सन् १९९९ मा विश्व सम्पदा सूचीमा सूचीकृत गर्नसमेत प्रस्ताव गरिएको थियो। यहाँको प्राकृतिक सौन्दर्यका हिसाबमा कमै पर्यटक आउने गरेको त्रिपुराकोटका स्थानीय रमानन्द उपाध्यायले बताए।
निकै आकर्षण पर्यटकीय गन्तव्य रारा
कर्णालीका अर्को निकै आकर्षण पर्यटकीय गन्तव्य मुगुको रारा ताल हो। यहाँ बर्सेनि हजारौं पर्यटकहरूको ताँती नै लाग्ने गरेको छ। २०२० चैतमा मुगुको रारा ताल पुगेका तत्कालीन राजा महेन्द्रलाई राराले यतिसम्म लोभ्यायो कि उनले राराको सुन्दरतालाई स्वर्गकी अप्सरा उपनाम दिए।
रारामा आगन्तुकलाई स्वागत गर्ने जोकोहीले राराबारे वर्णन गर्दा सबैभन्दा पहिले सुनाउने किस्सा हो यो। हुन पनि निलो मसी पोखिएजसरी विराजमान छ रारा। सफा, सुन्दर र निर्मल अनुहारमा गाढा निलो आकृति लिएको रारामा वरिपरिका सल्ला, धुपीका रूखहरूको बिम्ब कुनै ‘प्रोफेसनल आर्टिस्ट’को क्यानभासभन्दा कम छैन। सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर टुक्रुक्क बसेजस्तो दृश्यले हरेकलाई मन्त्रमुग्ध पार्छ।
आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो। तालको औसत लम्बाइ ५ किलोमिटर, चौडा ३ किलोमिटर र गहिराइ १६७ मिटर छ।
रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन्। तर रारामा जाने पर्यटकहरूका लागि न सुविधायुक्त होटल छ, न रारा जाने बाटो नै सहज छ। न अन्य पर्यटकीय पुर्वाधारहरू नै बनेका छन्। जसका कारण एकपटक रारा गएका पर्यटक फेरि फर्किंदैनन्। स्थानीय पदम मल्लले भने, ‘आहा रारा भन्नेहरू नै छ्या सडक भनेर कर्णाली राजमार्गलाई घृणा गर्ने गर्छन्। रारा जाने् सडक, त्यहाँका होटल र अन्य पूर्वाधार सम्पन्न बनाउने हो भने राराले कर्णालीको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेछ।’
पञ्चकोसी ज्वाला क्षेत्र
दैलेख जिल्लाको दुल्लु नगरपालिकास्थित पञ्चकोसी ज्वाला क्षेत्र नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकाले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई वैश्वानर तीर्थ भनेर वर्णन गरिएको छ। यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ।
दैलेख त्यसै क्षेत्रका सांसद धनश्याम भण्डारीले भने, यसका साथै पादुकामा रहेको अशोक चल्लको स्तम्भ शिरस्थानमा रहेको अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीर खम्बाहरूमा भएका अभिलेखहरूले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्व राख्छन्। तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्व बोकेको स्थानको रूपमा लिइन्छ। कुनाकन्दरा, पहाडका चुचुराहरू, मन्दिर र देवस्थलले सिँगारिएको पञ्चकोसी अत्यन्तै सुन्दर छ।
ज्वाला क्षेत्रअन्तर्गत १०८ शक्तिपीठ पर्छन्। भैरवी, मालिका, स्वामी कार्तिक्य, विन्ध्यवासिनी आदि चर्चित छन्। स्थानीय समाजसेवी हिरासिंह थापाले भने, ‘पञ्चकोसी ज्वाला क्षेत्र हिन्दु धर्मावलम्बीका लागि मात्र नभएर बौद्ध धर्मावलम्बीका लागि पनि उत्तिकै महत्वपूर्ण मनिन्छ।
पश्चिम नेपालका हिन्दु धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पितृकर्मलगायत धार्मिक अनुष्ठान गर्नाले सिद्धि प्राप्त हुने विश्वास गर्छन्। पञ्चकोसी दर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुन्छ।’ यसलाई प्रवद्र्धन गर्न केही महिनाअगाडि प्रदेश सांसद भण्डारी, दैलेखकै फोटो पत्रकार भरतबन्धु थापालगायतको टोलीले पशुपतिदेखि पञ्चकोसी दैलेखसम्म धार्मिक यात्रा पनि गरेका थिए।
ढुंगाहरू जोडेर काँक्रेविहारको जीर्णोद्धार
कर्णालीको प्रवेशद्वार सुर्खेतको वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घनाजंगल छ। जंगलैजंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पामा पुग्नासाथ देख्न सकिन्छ बौद्ध देवदेवताका मूर्तिहरू कुँदिएका ढुंगाहरू। यो प्राचीनस्थल नै ‘काँक्रेविहार’ हो। काँक्रेविहार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित धार्मिक एवं पर्यटकीय स्थल हो। यस स्थलका बारेमा आजसम्म पनि विवाद र रहस्य छँदैछ। यसको नामकरण र निर्माण कहिले र कसरी भयो भन्नेबारे अझैसम्म ठोस कारण प्रमाणित हुन सकेको छैन, न त राम्रोसँग यस स्थलवरपर उत्खनन एवं अध्ययन नै हुन सकेको छ।
काँक्रेविहारबारे अझै पनि खोज र उत्खनन गरेर प्रमाणित गर्न नसक्ने हो भने इतिहास गन्जागोलमै रहनेछ। पुरातात्विक विभागले २०५७ सालमा स्थानीयको मागअनुरूप काँक्रेविहारको भग्नावशेष भएको स्थानमा उत्खनन गरेको थियो। त्यसक्रममा पुरातत्व विभागको टोलीले बौद्ध मूर्ति फेला पार्नुका साथै हिन्दु देवीदेवताका मूर्तिहरू पनि फेला पारेको थियो। साथै काँक्रेविहार १३औं शताब्दीमा बनाइएको हुनुपर्छ भनेर अनुमान पनि गरेको थियो।

बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना सहज रूपमा अवलोकन गर्न सडक र पदमार्ग निर्माण कार्य भइरहेको छ। यसको प्रचारप्रसार र सेवासुविधा दिन सक्ने हो भने यो झरना एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन।पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले भने, ‘पचाल झरनालाई नेपालकै अग्लो झरनाका रूपमा मान्यता दिन पहल भइरहेको छ। यसका लागि पर्यटन बोर्डले नापी विभागमा यसको उचाइ नापजाँच गरी प्रमाणित गर्न पत्र पठाएको बुझिएको छ।’ पचालझरनाबाट खसेको पानी करिब १० किलोमिटर ओरालो बगेर कर्णाली नदीमा मिसिएको छ।
से–फोक्सुन्डोमा पुग्दैनन् पर्यटक
कर्णालीभित्रको डोल्पा जिल्लामा पर्ने से–फोक्सुन्डो ताल प्राकृतिक सौन्दर्यका दृष्टिले महŒवपूर्ण रमणीय गन्तव्य हो। से–फोक्सुन्डो ताल धर्तीको अनुपम र सुन्दर उपहार जीवनमा एकपटक पुग्नैपर्ने स्वर्गको टुक्राजस्तै रहेको बताउँछन् यहाँ आउने पर्यटक।
डोल्पाकै सामाजिक अभियन्ता रामचन्द्र न्यौपानेले भने, ‘पदयात्रामा रमाउने र यसको मजा लिनेका लागि से–फोक्सुन्डो तालको पदयात्रा महŒवपूर्ण छ।
यो तालमा पुग्न से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्र भएर यात्रा गर्नुपर्छ।’ डोल्पाको प्रमुख आकर्षणका रूपमा रहेको यो तालमा जान चैत, वैशाख र जेठ तथा भदौ, असोज र कात्तिक अति उत्तम महिना हुन्।कर्णाली आएपछि से–फोक्सुन्डो ताल र उपल्लो डोल्पा नजानु भनेको हतारमा काम बिगार्नु फुर्सदमा पछुताउनुजस्तै हो।
डोल्पाको उत्तरी भेगमा पर्ने से–फोक्सुन्डो ताल नेपालकै गहिरो ताल हो। यसको गहिराइ १४५ मिटर छ। लम्बाइ ४ दशमलव ८ किमि चौडाइ १ दशमलव ६ किमि छ। सदरमुकाम दुनैदेखि झन्डै तीन दिनको पैदलयात्रापछि से–फोक्सुन्डो ताल पुगिन्छ। यहाँ पुगेका सबै पर्यटक तालको मनमोहक दृश्यबाट मोहित भएर सो ठाउँलाई कसैले भू–स्वर्ग भनेर पुकार्छन् भने कसैले निलो हिराको रूपमा समेत चर्चा गर्छन्।
रिग्मो तालको नामले पनि चिनिने उक्त ताललाई २०६४ असोज ६ गते रामसार क्षेत्रमा समेत समावेश गरिएको छ। निकुञ्जलाई सन् १९९९ मा विश्व सम्पदा सूचीमा सूचीकृत गर्नसमेत प्रस्ताव गरिएको थियो। यहाँको प्राकृतिक सौन्दर्यका हिसाबमा कमै पर्यटक आउने गरेको त्रिपुराकोटका स्थानीय रमानन्द उपाध्यायले बताए।
निकै आकर्षण पर्यटकीय गन्तव्य रारा
कर्णालीका अर्को निकै आकर्षण पर्यटकीय गन्तव्य मुगुको रारा ताल हो। यहाँ बर्सेनि हजारौं पर्यटकहरूको ताँती नै लाग्ने गरेको छ। २०२० चैतमा मुगुको रारा ताल पुगेका तत्कालीन राजा महेन्द्रलाई राराले यतिसम्म लोभ्यायो कि उनले राराको सुन्दरतालाई स्वर्गकी अप्सरा उपनाम दिए।
रारामा आगन्तुकलाई स्वागत गर्ने जोकोहीले राराबारे वर्णन गर्दा सबैभन्दा पहिले सुनाउने किस्सा हो यो। हुन पनि निलो मसी पोखिएजसरी विराजमान छ रारा। सफा, सुन्दर र निर्मल अनुहारमा गाढा निलो आकृति लिएको रारामा वरिपरिका सल्ला, धुपीका रूखहरूको बिम्ब कुनै ‘प्रोफेसनल आर्टिस्ट’को क्यानभासभन्दा कम छैन। सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर टुक्रुक्क बसेजस्तो दृश्यले हरेकलाई मन्त्रमुग्ध पार्छ।
कर्णालीको मुगुमा अवस्थित नेपालको सबैभन्दा ठुलो र प्रसिद्ध यो ताल समुद्र सतहदेखि २ हजार ९७२ मिटर उचाइमा टुसुक्क बसेको छ। रारा वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।सल्लाघारीको बीचबाट निकै सुन्दर गोरेटो निर्माण गरिएको छ। घोडाबाट जानेहरू पनि यही मार्ग प्रयोग गर्छन्। यो मार्ग निकुञ्जका बीचमा अवस्थित कोणधारी जंगलको बीचमा छ। चराको चिरबिर, सुरम्य आवाज, झ्याउकिरीको आवाजले मदहोस पार्छ जोकोहीलाई। राराको छेवैबाट बनाइएको यो बाटोबाट जंगलमा अनेकन् फूलहरू मुस्कुराइरहेको देख्दा कसको मन प्रफुल्लित नहोला र?
आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो। तालको औसत लम्बाइ ५ किलोमिटर, चौडा ३ किलोमिटर र गहिराइ १६७ मिटर छ।
रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन्। तर रारामा जाने पर्यटकहरूका लागि न सुविधायुक्त होटल छ, न रारा जाने बाटो नै सहज छ। न अन्य पर्यटकीय पुर्वाधारहरू नै बनेका छन्। जसका कारण एकपटक रारा गएका पर्यटक फेरि फर्किंदैनन्। स्थानीय पदम मल्लले भने, ‘आहा रारा भन्नेहरू नै छ्या सडक भनेर कर्णाली राजमार्गलाई घृणा गर्ने गर्छन्। रारा जाने् सडक, त्यहाँका होटल र अन्य पूर्वाधार सम्पन्न बनाउने हो भने राराले कर्णालीको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेछ।’
पञ्चकोसी ज्वाला क्षेत्र
दैलेख जिल्लाको दुल्लु नगरपालिकास्थित पञ्चकोसी ज्वाला क्षेत्र नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकाले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई वैश्वानर तीर्थ भनेर वर्णन गरिएको छ। यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ।
नेपाली भाषाको उत्पत्ति स्थान जुम्लाको सिञ्जालाई मानिन्छ। त्यससँगै दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको दुल्लु पनि अर्को इतिहास हो।अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा पुरानो मानिएको दामुपाल, अढइपालद्वारा शाक्य ९०३ तदानुसार विक्रम संवत् १०३८ को शिलालेख यसै क्षेत्रमा छ। यसका साथै विक्रम संवत १४१४ को पृथ्वी मल्लले बनाएको ७ हात लामो कीर्ति स्तम्भ पनि यसै क्षेत्रमा छ।