मुक्तिनाथ विकास बैंकले अर्घाखाँचीको सन्धिखर्कमा रहेको एभरेष्ट ओल्ड होटेल अर्घाखाँची र छाँया अस्पतालसँग सम्झौता गरेको छ। बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन होटेल र अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको हो।
उक्त व्यावसायिक सम्झौता पश्चात् बैंकका ग्राहकले होटेल अर्घाखाँचीमा बस्न र खानामा १० प्रतिशत र अस्पतालको बेड चार्ज, सर्जरी, चेकअप, ओपिडी, ल्याब टेस्टहरूलगायतका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।