६ अर्बको पानी प्रशोधन परियोजनामा अनियमितताको दुर्गन्ध
१२ भदौ २०८०
•
८ मिनेट पाठ
६ अर्बको पानी प्रशोधन परियोजनामा अनियमितताको दुर्गन्ध
उपत्यकाको फोहोर पानी व्यवस्थापन परियोजनामा निश्चित ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी बोलपत्र आह्वान गरिएको छ। साढे ६ अर्बभन्दा धेरै लागतको ठेक्का ‘सेटिङमा क्वालिफिकेसन’ बनाएर प्रस्ताव आह्वान गरिएको हो। काठमाडौं, उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकाको तीन ठाउँमा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गर्दा चलखेल गरिएको हो। सार्वजनिक खरिद ऐन २०६३ विपरीत सीमित निर्माण कम्पनीलाई पोस्ने गरी बोलपत्र आह्वान गरेको आरोप छ। अन्तर्राष्ट्रिय बिडिङ भए पनि नेपालका दुई ठुला कम्पनी कालिका कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनीलाई लाभ पुग्ने गरी ‘क्वालिफिकेसन’बनाइएको छ।  




काठमाडांैै उपत्यका फोहोर पानी व्यवस्थापन परियोजनाअन्तर्गत सल्लाघारी, कोड्कु र धोबीघाटमा अलपत्र परेको फोहोर पानी प्रशोधन प्लान्टको अधुरो काम गर्ने प्रक्रिया अघि बढाएको हो। बोलपत्रको योग्यतामै चलखेल गरेको आशंका छ। पहिलो चरणको सूचनाअनुसार भदौ १३ गतेसम्मको म्याद थियो तर एक साता थपेर भदौ २२ गतेसम्म आवेदन दिने म्याद पुर्याइएको छ।

बोलपत्र सूचनाको योग्यतामा ठेक्कामा प्रतिस्पर्धा गर्ने कम्पनीले न्यूनतम औसतमा वार्षिक ८० मिलियन अमेरिकी डलर (१० अर्ब ५८ करोड २४ लाख रूपैयाँ) टर्नओभर गरेको हुुनुपर्ने र विगत पाँच वर्षदेखि वार्षिक ८० मिलियनबराबरकै काम गरेको हुनुपर्ने राखिएको छ। यो ‘क्वालिफिकेसन’अनुसार वार्षिक १० अर्बभन्दा धेरै रकमको काम गर्ने नेपाली निर्माण व्यवसायी एउटा पनि छैनन्। यो योग्यतामा कुनै पनि नेपाली निर्माण कम्पनी सारभूत रूपमा योग्य देखिँदैनन्। तर यसमा रोचक पक्ष के छ भने अर्काे क्वालिफिकेसनको बुँदामा भने दुईवटा कम्पनीले ज्वाइन्ट भेन्चर (जेभी) मा काम गर्ने हो भने दुईमध्ये कम्तीमा एक कम्पनीले आफ्नो मुलुकभन्दा बाहिर यस्तै प्रकृति र आकारको काम गरेको अनुभव चाहिने व्यवस्था गरिएको छ। निर्देशनालयले यही प्रावधानमा टेकेर फोहोर पानी प्रशोधन गर्ने प्लान्टको स्पेसिफिकेसनमा चलखेल गर्न खोजेको स्पष्ट देखिन्छ।  

खानेपानी मन्त्रालयका एक उच्च कर्मचारी निर्देशनालयले फोहोर पानी प्रशोधन प्लान्टको अधुरो काम गर्नलाई सेटिङमा क्वालिफिकेसन निर्माण गरेर सीमित निर्माण व्यवसायीलाई फाइदा पुग्ने गरी स्पेसिफिकेसन तयार पारिएको दाबी गर्छन्। ‘नेपालका सीमित निर्माण कम्पनीको स्वार्थमा लागेर निर्देशनालयले बोलपत्रको क्वालिफिकेसनमा चलखेल गरेको प्रस्टै देखिन्छ,’ ती कर्मचारीले भने, ‘बाहिरबाट हेर्दा नेपाली कम्पनी प्रतिस्पर्धा गर्नै नसक्नेजस्तो देखिन्छ तर भित्री रूपमा केही दुई नेपाली कम्पनीलाई फाइदा हुने गरी टर्नओभरको व्यवस्था गरिएको छ।’  

यो परियोजना एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण हुने भएकाले पनि यसमा एडिबीको स्ट्यान्डर्स बिडिङ डकुमेन्ट लागु हुने देखिन्छ। एडिबीको सन् २०१६ मा प्रकाशित ‘युजर्स गाइड टु प्रोक्रुरमेन्ट अफ वक्र्स स्ट्रान्डर्स बिडिङ डकुमेन्टमा औसत वार्षिक टर्नओभर गणना गर्ने विशेष खालको प्रावधान राखिएको छ। सो डकुमेन्टको २.३.४ नम्बरको बुँदामा लागत अनुमानित रकमलाई १.५ प्रतिशतले गुणा गरेर निर्माण समयले भाग गर्दा टर्नओभर निकाल्न सकिन्छ। एडिबीको बिडिङ डकुमेन्टमा कुनै विदेशी कम्पनीसँग जेभी गर्दा कुल टर्नओभरको २५ प्रतिशत टर्नओभर अर्काे कम्पनीसँग भएमा जेभी गर्न सक्ने प्रावधान छ। अर्थात् यो ठेक्काको ८० मिलियन अमेरिकी डलरको २५ प्रतिशत अर्थात् २० मिलियन अमेरिकी डलर टर्नओभर भएका कुनै पनि नेपाली कम्पनी विदेशी कम्पनीसँग जेभी गर्न योग्य हुन्छन्। यही छिद्रमा प्रावधानमा टेकेर नेपालका केही सीमित कम्पनी मात्रै फोहोर पानी प्रशोधन प्लान्ट निर्माण गर्ने विदेशी कम्पनीसँग ज्वाइन्ट भेन्चर गर्न योग्य देखिन्छन्।  

वार्षिक औसत दुई अर्बभन्दा धेरै टर्न ओभर हुने कम्पनीमा कालिका कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनी मात्रै रहेका छन्। यी दुवै कम्पनी नेपालमा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणमा जेभीका रूपमा सहभागिता जनाइसकेका अनुभवी कम्पनी हुन्।  

गुह्येश्वरीको फोहोरपानी प्रशोधन केन्द्रको ठेक्का भारतीय कम्पनी भिटेक बावाग लिमिटेडले पाएको थियो। सो ठेक्कामा नेपाली निर्माण कम्पनी शर्मा एन्ड कम्पनीले पेटी ठेकेदारको रूपमा काम गरेको थियो। अधिकार सम्पन वाग्मती सभ्यता एकीकृत विकास समितिले ‘वाग्मती रिभर बेसिन सुधार प्रोजेक्टअन्तर्गत टुकुचा खोला फोहोर पानी प्रशोधन प्लान्ट’ निर्माणको ठेक्का पनि पासअभान्ट कालिका–एसनेट जेभीले १ अर्ब ५२ करोड ४ लाख ६८ हजार ७ सय ६ रूपैयाँमा भ्याटसहित ठेक्का हात पारेको थियो। सो ठेक्कामा भारतीय कम्पनी भिटेक बावागले पनि सहभागिता जनाएको थियो। भिटेक बावागले सो टेन्डरमा १ अर्ब ८५ करोड ३६ लाख १५ हजार ७ सय १४ रूपैयाँमा प्रस्ताव गरेको थियो तर भिटेक बावागभन्दा पासअभान्ट कालिका–एसनेटले कम रकम कबोल गरेकाले सो ठेक्का प्राप्त ग¥यो। आर्थिक प्रस्तावमा यी दुई कम्पनी मात्रै योग्य भएका थिए।  

नेपाल सरकारका पूर्वसहसचिव शिवहरि सापकोटा परियोजनाको बोलपत्रको क्वालिफिकेसन सरसर्ती हेर्दा मितेमतोमा तयार पारिएको हुन सक्ने दाबी गर्छन्। ‘बोलपत्रको क्वालिफिकेसनमा मिलेमतोको आशंका गर्ने ठाउँ रहेका छन्,’ उनले भने, ‘कुनै अमुक कम्पनीलाई फाइदा हुने गरी क्वालिफिकेसन तयार पारेको जस्तो देखिन्छ।’ सार्वजनिक खरिद ऐन २०६३ को दफा १४ को (११) मा यस दफाको अन्यत्र जेसुकै कुरा लेखिएको भए पनि सार्वजनिक निर्माण कार्य खरिदको हकमा विदेशी बोलपत्रदाताले स्वदेशी निर्माण कम्पनीसँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) गरेमा त्यस्तो विदेशी बोलपत्रदातालाई प्राथमिकता दिन सकिनेछ। सार्वजनिक खरिदमा विदेशी कम्पनीले स्वदेशी कम्पनीसँग जेभी गरेमा ७.५ प्रतिशत प्रिभिलेज प्राप्त गर्न सक्नेछन्। विदेशी कम्पनीले नेपालका कम्पनीसँग जेभी गर्दा पनि ठूलो रकम प्रिभिलेज प्राप्त गर्ने भएकाले पनि यसमा चलखेल हुन लागेको हो।  

नेपालका अन्य ‘क’वर्गकै निर्माण व्यवसायी आफ्नो वार्षिक २ अर्ब रूपैयाँभन्दा कम टर्नओभर भएकै कारण पनि जेभीमा समेत सामेल हुन पाउने अवस्था छैन। केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले वार्षिक औसत टर्नओभरकै कारण कुनै नेपाली निर्माण कम्पनी जेभीको रूपमा योग्य हुन्छन् कि हुँदैनन् भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘हामीले सबै नेपाली निर्माण कम्पनीको मार्केट सर्भे गर्न सकेका छैनौं,’ उनले भने। सीमित नेपाली कम्पनीलाई नै गरी बोलपत्रको क्वालिफिकेसन तयार पार्नुभएको हो ? भन्ने नागरिकको प्रश्नको जवाफ दिँदै सापकोटा भन्छन्, ‘त्यो बिल्कुलै हुँदै होइन। त्यसमा एक रति पनि सत्यता छैन। यो बोलपत्र एडिबीको स्ट्यान्डर्स गाइडलाइनअनुसार एक लाइन पनि परिवर्तन नगरी बोलपत्र तयार पारेका छौं।’  

काठमाडांै उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाअन्तर्गत काठमाडांै उपत्यकाका तीन ठाउँमा सल्लाघारी, कोड्कु र धोबीघाटमा फोहोरपानी प्रशोधन केन्द्रको काम ६ वर्षअघि सुरुआत गरिएको थियो। त्यस बेला तीन ठाउँकै फोहोरपानी प्रशोधन केन्द्र झन्डै ४ अर्ब लागतमा निर्माण अघि बढाइएको थियो। फोहोरपानी प्रशोधन केन्द्रको ठेक्का चिनियाँ कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) ले सन् २०१७ मे ७ मा पाएको थियो। ठेक्का सम्झौताअनुसार तीनवटै फोहोरपानी प्रशोधन केन्द्रको काम ३० महिनाभित्रै सम्पन्न गर्नेुपर्ने म्याद राखिएको थियो।  

कोड्कुको फोहोर पानी प्रशोधन केन्द्रमा दैनिक १ करोड ७५ करोड लिटर पानी प्रशोधन गर्ने क्षमता रहेको छ। सल्लाघारीको केन्द्रमा दैनिक १ करोड ४२ लाख लिटर पानी प्रशोधन गर्ने लक्ष्य राखिएको थियो। धोबीघाटको प्रशोधन केन्द्रको क्षमता भने ३ करोड ७० लाख लिटर रहेको छ। केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार ठेकेदारको लापरबाहीका कारण सल्लाघारी, कोड्कु र धोबीघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणको काम रद्द गरिएको छ।  

ठेक्का तोड्दासम्म यस सम्झौताअन्तर्गत समग्र प्रगति विगत पाँच वर्षमा २७.१ प्रतिशत भएको निर्देशनालयको दाबी छ। निर्देशनालयका कार्यकारी निर्देशक सापकोटाले कोभिड १९ को कारणले चिनियाँ ठेकेदार कम्पनी टाट पल्टेको कारणले आयोजनाको ठेक्का तोडिएको दाबी गरे। ‘एक वर्षअघि ठेक्का तोकिएको थियो। अहिले नयाँ बोलपत्र आह्वान गरेका छौं,’ उनले भने, ‘बाँकी अहिलेसम्म करिब ८० करोड रूपैयाँ भुक्तानी भएको छ। ठेकेदार कम्पनीको बैंक ग्यारेन्टीबापत ४९ करोड रूपैयाँ असुलउपर पनि गरेका छौं।’  

निर्देशनालयले एकतर्फी रूपमा ठेक्का तोडेपछि २०७९ सालमा ठेक्का तोडेसँगै अहिले चिनियाँ कम्पनी मध्यस्थकर्तामा उजुरी हालेको छ। यसको विवाद अझैसम्म टुंगिएको छैन। फिडिक कन्ट्र्याक्टअनुसार यो परियोजनाको ठेक्काको भ्यालुएसन नभई फेरि ठेक्का तोडिएको थियो। सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को ६ मा यस दफामा अन्यत्र जेसुकै कुरा लेखिएको भए पनि खरिद सम्झौता गर्नेले सार्वजनिक निकायलाई पूर्व जानकारी नदिई सम्झौता तोड्न पाइनेछैन भन्ने व्यवस्था गरिएको छ। त्यति मात्रै होइन, ऐनको दफा ५९ को (५) उपदफा (४) बमोजिम खरिद सम्झौता अन्त्य भएकोमा सार्वजनिक निकायले सो सम्झौता अन्त्य हुनुभन्दा अघि सम्पन्न भइसकेका कामको भुक्तानी गर्नुपर्ने प्रावधान राखेको छ तर केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले सबै प्रक्रिया पूरा गरेर ठेक्का टर्मिनेट गरेको जनाएको छ।  

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भने केयुकेएल आयोजना कार्यान्वयन निर्देशलायले निकालेको बोलपत्रमा राखिएको क्वालिफिकेसन सरसर्ती हेर्दा नेपाली निर्माण कम्पनीको योग्यता नपुग्ने दाबी गर्छन्। ‘निर्देशनालयले नेपाली निर्माण कम्पनीलाई प्रतिस्पर्धामा रोक्ने गरी योेग्यता कायम राखेको देखिन्छ,’ उनले भने। निर्देशनालयका कार्यकारी निर्देशक सापकोटाले टर्नओभर र उस्तै प्रकृतिको काम गरेको अनुभवका कारण यो फोहोर पानी प्रशोधन प्लान्टमा नेपाली निर्माण कम्पनी प्रतिस्पर्धा गर्न नसक्ने बताए। ‘टर्नओभरका आधारमा नेपाली निर्माण कम्पनीले प्रतिस्पर्धा गर्ने सम्भावना धेरै न्यून छ। यस्तो प्रकारको फोहोर पानी प्रशोधन प्लान्ट नेपालमा एउटा मात्रै छ। त्यो गुह्येश्वरीमा निर्माण गरिएको थियो। सो ठेक्का पनि भारतीय ठेकेदार कम्पनी भिटेक बावागले नै गरेको थियो,’ निर्देशक सापकोेटाले भने, ‘यो प्रावधान राख्नुपर्ने बाध्यता किन आयो भने नेपालमा कुनै पनि कन्ट्र्याक्टरहरू योग्य नहुने भए। अन्तर्राष्ट्रिय कन्ट्र्याक्टरहरू आउँदाखेरि विगतको अनुभवबाट के भयो भने जो कम्पनी चाइनामा वा युरोपमा मात्रै काम गरेको हुँदा पनि अर्काे देशमा गएर अफिस राख्ने, पर्फमेन्स गर्ने, सर्भे गरेर रेटहरू हाल्ने विषयमा विभिन्न कमीकमजोरी देखिएकाले पनि यस्तो खालको ठेक्का गर्नुपरेको हो।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस