निरन्तरको वर्षाले पोखरा–काठमाडौं हवाइ सेवा यतिबेला अनिश्चित छ। वर्षाले भिजिविलिटी नपुग्दा विगत दुइदिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने धेरै उडान रद्द समेत भएका छन्। उडान रद्द भएपछि अत्यावश्यक कामले राजधानी जानुपर्ने यात्रु स्थलमार्गबाट गए। तर, पृथ्वी राजमार्ग हुँदै हुने यो बेलाको यात्रा पनि अनिश्चित र सकसपूर्ण छ।
वर्षाले कटान गर्दा केहीदिन अघि पृथ्वी राजमार्ग पनि अवरुद्ध भयो। त्यसले घन्टौसम्म यात्रु सडकमै रोकिए। बिस्तारका क्रममा रहेकोले स्थलमार्गको यो बेलाको यात्रा पनि सहज छैन, पहिरोले कहाँ कतिबेला रोकिने भन्ने यकिन हुँदैन। हवाईयात्रा वर्षाले अनिश्चित र स्थलमार्गको यात्रा पनि सकसपूर्ण हुँदा यो बेला पोखरासम्मको आउजाउ निकै नै अप्ठेरो बनेको छ।
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरनीसम्मको सडक अहिले बिस्तार भईरहेको छ। दुुईखण्ड (पूर्विखण्डमा पर्ने आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्डमा पर्ने जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भईरहेको छ।
पूर्वि खण्डका लागि २०२१ अप्रिलमा र पश्चिम खण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो। अहिलेसम्म पूर्विखण्डको झन्डै ३२ र पश्चिम खण्डको १० प्रतिशत मात्र काम सकिएको छ।
राजमार्गको पूर्वि खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले जिम्मा लिएको छ। निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सन् २०२४ मध्यसम्म राजमार्ग बिस्तारको काम लगभग सकिनुपर्ने हुन्छ। तर, तोकिएको समयभित्र सडक निर्माण सकिने अवस्था नभएको भन्दै पोखराका पर्यटन व्यावसायीले दवाव दिँदै ध्यानाकर्षण गराएका छन्। पोखरा–मुग्लिन स्थलयात्रा गर्दै पोखरेली व्यावसायीले सरोकारवालासँग अन्तरक्रिया र छलफल पनि गरेका छन्।
पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले दुई ठुला सहर काठमाडौं र पोखरा जोड्ने पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तिमा चारलेनको बनाउने काम निकै महत्वपूर्ण र सराहनीय भएपनि जुन गति र स्तरमा यो सडक बिस्तार हुनुपर्ने हो त्यो हुन नसकेको बताए। यसले आम उपभोक्ता, निजी क्षेत्र र पर्यटन जगतमा थुप्रै गुनासा उब्जाएको उनको भनाई छ। ‘सडक विस्तार कार्य अगाडि बढ्नु सकारात्मक हो। तरपनि निर्माणको काममा आएको सुस्तताले थुप्रै सेवाग्राहीलाई सकस पारेको छ। नागरिकहरु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन,’ उनले भने।
राजमार्ग बिस्तारले गति नलिँदा छोटो दुरीको यात्राका लागि लामो समय खर्चनुपर्ने, दिक्कलाग्दो र कष्टपूर्ण यात्रा गर्नुपर्ने, बिरामी र अशक्त यात्रुका लागि थप जोखिम तथा हैरानीको अवस्था सिर्जना हुन पुगेको उनले बताए। ‘ढिलो गतिमा काम अगाडि बढ्दा लामो समयसम्म सडक वरपरका बासिन्दाले धुलो, धुँवा र ध्वनी प्रदूषणको समस्या भोग्नुपरेको छ। यसले स्थानीयको स्वास्थ्य जोखिमको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग वाणिज्य क्षेत्रले समेत सुस्त र अव्यवस्थित निर्माण कार्यबाट प्रत्यक्ष प्रभावित हुनु परेको छ।’
काठमाडौं वा नारायणगढ हुँदै पोखरासम्म यात्रा गर्न चाहने पर्यटकले आँबुखैरेनी–पोखराको दूरी छिचोल्न सिंगो दिन खर्चनुपर्ने अवस्था सिर्जना भएको उनले बताए। ‘काठमाडौं–पोखरा ६ घण्टा लामो बसयात्रा अहिले सडककै कारण लम्बिएर १२ घण्टासम्म लाग्ने गरेको छ। यसबाट पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको छ,’ उनले भने। अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले बिक्रीयोग्य बस्तु, अन्य उत्पादन र कच्चा पदार्थ ढुवानीमा लामो समय खर्चनु पर्दा खर्च बढेको पनि बताए।
‘भूकम्प र नाकाबन्दीपछि कोभिड–१९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रका लागि पहुँच मार्गको यो अप्ठ्यारो साहै्र सकसपूर्ण बनेको छ,’ उनले भने, ‘खर्बौ रुपैयाँको लगानी रहेको पोखरा क्षेत्रको पर्यटनका लागि राजमार्ग बिस्तार सुखद् हुन सकेन। राजमार्गकै सकसका कारण पर्यटक पोखरा आउन चाहेनन्। बेलैमा राजमार्ग बिस्तार भएको भए पर्यटनका लागि सुखद हुने थियो।’
सडक विस्तार कार्य सुरु भएको लामोसमय गुज्रँदा पनि निकै कम प्रतिशत मात्र प्रगति हुनु निराशाजनक र दुखद पक्ष रहेको उनले बताए। अध्यक्ष श्रेष्ठले विगतमा प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, पर्यटन मन्त्री, गण्डकी प्रदेश सरकारका प्रमुख तथा मुख्यमन्त्री र मन्त्रीहरुलाई समेत राजमार्ग बिस्तारमा गति दिनका लागि ध्यानाकर्षण गराइसकेको बताए।
मुग्लिन–पोखरा सडक खण्डको विस्तार र स्तरोन्नतीको कामलाई तिव्रता दिँदै सडक बिस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवतजावतको वातावरण सिर्जना गर्न सके नागरिकलाई सहज हुने उनले बताए। ‘सम्भव भएका ठाउँमा वैकल्पिक मार्ग र डाइभर्सनको व्यवस्था गरी यात्रालाई सहज र छिटो बनाउन सके नागकिरलाई सहज हुने थियो,’ उनले भने, ‘यो बेला हवाई सेवा पनि अवरुद्ध र स्थलमार्ग पनि झन्झटपूर्ण बनेको छ। यात्रा सहज होस भन्ने हाम्रो चाहना हो।’
एशियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भईरहेको छ। आयोजनाको पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले राजमार्गको बिस्तारको काम धमाधम भइरहेको बताए। ‘अहिले राजमार्ग बिस्तारको काम भईरहेको छ। तनहुँ खण्डमा त झनै तिब्र रुपमा काम भएको छ,’ उनले भने, ‘पूर्वि खण्डको झन्डै ३२ प्रतिशत काम सकिएको छ,’ उनले भने। अहिलेकै अवस्थमा तोकिएको समयमा काम गर्न सकिने अवस्था नरहेको उनले बताए।
पर्यटकीय राजधानी पोखरालाई मुख्य सहरसँग जोड्ने पृथ्वी राजमार्गको पूर्वी खण्डका लागि दोस्रो पटक म्याद थपिएको छ। पश्चिम खण्डको भने बल्ल एकतिहाई काम सकिएको छ। पश्चिम खण्डका लागि करिब एक वर्ष म्याद थप्ने तयारी छ।
पोखरा–मुग्लिन सडक आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने राजमार्गको धेरै भाग कालोपत्रे भइसकेको छ। पूर्वी खण्डका आयोजना प्रमुख प्रकाश भण्डारीका अनुसार गत सेप्टेम्बर १६ मा पूर्वी खण्डको यसअघि थपिएको म्याद सकिएको थियो। त्यसपछि आगामी फेब्रुअरी १३ सम्मका लागि म्याद थपिएको उनले बताए।
‘पहिलो पटकको म्याद सकिएपछि दोस्रो पटकका लागि थप भएको हो। आगामी फेब्रुअरी १३ सम्म काम सक्ने योजना सहित तीव्रता दिइएको छ,’ भण्डारीले भने, ‘थपिएको अवधिमा काम सक्नेगरि बाँकी रहेको सबै खण्डमा जनशक्ति परिचालन भएको छ।’
दुुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भइरहेको छ। पूर्वी खण्डको नियमित म्याद गत अप्रिल १४ मा सकिएको थियो। त्यसपछि समय थपिएको थियो। पहिलो खण्डमा १५५ दिन म्याद थपिएको थियो।
‘दमौली र डुम्रेको सहरी खण्डमा बाहेक अब सबैतिरको सडक कालोपत्रे भइसकेको छ। ढल, नालाको काम पनि करिब अन्तिम चरणमा छ,’ उनले भने, ‘अहिलेको गति हेर्दा तेस्रो पटक म्याद थप्नुपर्ने देखिन्न।’
उनका अनुसार दमौली र डुम्रेमा गरि जम्मा ७ किलोमिटर मात्र अहिले धुले सडकमा यात्रा गर्नुपर्छ। त्यसबाहेक अन्यत्र कतैपनि अहिले यात्रा असहज छैन। डुम्रे नजिकैको चुनपहराको करिब ३ सय मिटरको काम भने बाँकी नै छ। त्यहाँ अहिले नै भत्काइएको छै। तर, सडक फराकिलो बनाउने काम अझै बाँकी रहेकोले तोकिएको अवधिमा चुनपहराको त्यही खण्ड बाहेक अन्यत्रको काम सकिनेमा आशावादी रहेको उनले बताए।
‘चुनपहरामा कडा चट्टान रहेको र साँघुरो भएकोले त्यहाँ काम सकिएको छैन। नत्र डुम्रे र दमौलीको बजार खण्ड बाहेक अन्यत्रको काम सकिएको छ,’ भण्डारीले भने । उनका अनुसार अहिलेसम्म पूर्वी खण्डको भौतिक प्रगति ६८ प्रतिशत भएको छ। यो प्रगति ९० प्रतिशत पुग्दा पूर्वी खण्डको सबै काम सकिनेछ। बाँकी १० प्रतिशत सडक निर्माण थालेदेखिको अवधिको मर्मतसम्भार रहेकोले तोकिएको अवधिमा काम सकिनेमा आशावादी रहेको उनले बताए।
‘यो वर्ष मनसुन पनि ढिलागरि बाहिरियो, त्यसबाहेक दसैंताका भीषण वर्षाले पनि केही काम थपिदियो। कतिपय ठाउँमा दोस्रो पटक कालोपत्रे पनि गर्नुपरेकोले केही ढिला हुन पुगेको हो,’ उनले भने, ‘चुनपहराको बाहेक सबैतिर काम भएकोले तोकिएको समयमा सकिनेमा आशावादी हुन सकिन्छ।’
निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीन वर्षभित्र राजमार्ग बिस्तार भइसक्नुपर्ने हो। पूर्विखण्डका लागि २०२१ अप्रिलमा र पश्चिमखण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो।
पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) पनि अहिले बिस्तार भइरहेको छ। पश्चिम खण्डमा भने २०२४ डिसेम्बर ६ सम्म ठेकेदारको नियमित समय बाँकी छ। तर, ठेकेदार कम्पनीले २०२५ को डिसेम्बरसम्म म्याद थप्नका लागि प्रस्ताव गरिसकेको छ। पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलका अनुसार नियमित समय सकिन थालेकोले एक वर्ष म्यादका लागि प्रक्रिया अघि बढेको बताए।
‘ठेकेदार कम्पनीले २०२५ डिसेम्बरसम्म काम सक्ने गरि वाचा गरेकोले पनि त्यही अनुसार प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘तर, अहिले नै म्याद थपिएको होईन, प्रक्रिया भने सुरु भएको छ। म्याद नथपेसम्म काम सकिने अवस्था रहेन।’ कार्यप्रगति, बाँकी रहेको कामको विश्लेषण, निर्माण अवरुद्ध भएको समय लगायतका आधारमा म्याद थपिने उनले बताए।
उनका अनुसार पश्चिम खण्डको ३९ किलोमिटर मध्ये २२ किलोमिटर एकतर्फी खण्ड कालोपत्रे भइसकेको छ। कालोपत्रे भएको एकतर्फी खण्डमा पनि दोहोरो लेन हुने भएकोले गाडी चलाउन मिल्ने उनले सुनाए।
‘भौतिक प्रगति ३३ प्रतिशत मात्र भएको हो। अब भने कामले गति लिनेछ,’ उनले भने। उनका अनुसार मुआब्जाको विवाद, खानेपानीको पाइप र बिजुलीका पोल व्यवस्थापन बेलैमा नहुँदा काममा ढिलाइ भएको हो। ‘अबको एक वर्षमा काम सकिने भनेकोले त्यही अनुसार अहिले गति दिइएको छ,’ उनले भने।
राजमार्ग बिस्तार थाल्नुअघि पोखरा–आबुँखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्ने गरेको थियो। बीचमा त्यो यात्रा अवधि झन्डै दोब्बर लाग्ने गरेको थियो। तर पूर्वी खण्डको काम सकिनै थालेकोले केही सहज भएको उनले बताए।
राजमार्गको पूर्वी खण्ड बिस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनी अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनीले जिम्मा लिएको छ।
प्राविधिकका अनुसार पश्चिम खण्डको कास्की भागमा बढी समस्या छ, किनकि यो खण्डमा विद्युत् पोल, खानेपानीको पाइप, ढल निकासको व्यवस्थापनमा समस्या छ।
एसियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुई लेन सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भइरहेको छ।
आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो।
त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेतीनदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ। सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ।
प्राविधिकहरुका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१ देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चार लेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ।
दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइर पनि यसैमा बनाइने आयोजनाले बताएका छन्। डिभाइडरलाई सौन्दर्यीकरण पनि गरिनेछ। अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो। यो राजमार्ग लामो समयदेखि बिस्तार भएको थिएन।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...