कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक
११ साउन २०८०
•
३ मिनेट पाठ
कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक
कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक गरिएको छ। प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित ‘कर्णालीको प्राङ्गारिक कृषि वर्तमान अवस्था भावी कार्यदिशा’ सरोकारवालाहरूसँगको अन्तक्र्रियामा मुख्यमन्त्री राजकुमार शर्माले सो लोगो सार्वजनिक गरेका हुन।




उनले वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत इन्द्रपुरका कृषक तुलसीप्रसाद गौतम र वडा नं ११ का नन्दाकुमारी पोखरेललाई पहिर्याएर प्रदेश सरकारको लोगो सार्वजनिक गरे। उक्त कार्यक्रममा मुख्यमन्त्री शर्माले प्रदेश सरकारको अग्र्यानिक अभियानलाई घोषणाको तहमा लैजान सहयोग पुर्याउने कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए।

‘हामी कृषि तथा वन पैदावरमा आधारित उद्योग सञ्चालन गर्छौँ’, उनले भने, ‘बजारीकरण र मूल्य श्रृङ्खलामा किसानलाई जोडेर लैजान्छौँ। रैथाने बालीको प्रवर्द्धन र ढिकी, घट्ट, ओखलजस्ता परम्परागत उद्योगका विषयमा पनि एउटा सोच निर्माण गर्छौँ।’ मुख्यमन्त्री शर्माले कृषि मन्त्रालयबाट पहिलोपटक प्रकाशन गरिएको ‘कृषि तथा पशुपक्षी डायरी २०८०’ को समेत विमोचन गरेका थिए।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले पौष्टिक आहारयुक्त रैथाने अन्न कर्णालीमा पाइने तर कुपोषित, पुट्का, ख्याउटे बालबालिका पनि कर्णाली रहेको भन्ने अन्तरविरोधी भ्रम चिरेर अगाडि बढ्न आवश्यक रहेको बताए। माटो परीक्षण, सिँचाइ, कृषि र पशुपालन गर्न सकिएमात्र सरकारले थालेको प्राङ्गरिक प्रदेश निर्माणको अभियानले सार्थकता पाउने उनको भनाइ थियो।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले उत्पादनका हिसाबले कर्णाली कमजोर नरहेको तथा समृद्धितर्फ अग्रसर हुनुपर्ने आवश्यकता रहेको प्रतिक्रिया दिए। उत्पादनका दृष्टिकोणले सबैभन्दा बढी काठमाडौँ परनिर्भर रहेको उहाँको जिकिर  थियो। मन्त्री जिसीका अनुसार बाँझो जमिन उपयोगको नीतिलाई कार्यान्वयनमा ल्याउन सरकार लागिपरेको छ।

जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विकले प्राङ्गरिक उत्पादनका लागि भूगोलअनुसारको माटो परीक्षण, उच्च मूल्यको रैथानेबाली उत्पादनमा जोड दिनुपर्ने धारणा राखे। स्वस्थ जनशक्ति निर्माणका लागि रैथाने बाली उत्पादन कर्णालीका लागि अनिवार्य शर्त हुनुपर्ने उहाँको जिकिर थियो।

उक्त कार्यक्रमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा राजेन्द्रप्रसाद मिश्रले भोकमरी र गरिबी भएको ठाउँमा प्राङ्गरिक कृषि किन भन्ने प्रसङ्ग उठान गर्दै कर्णालीको प्राङ्गरिक इतिहास, यहाँको वर्तमान र खाद्य सुरक्षा अवस्था, यसको उत्पादन, आय बढाउने मूलमार्ग, गुणस्तरीयता र निरन्तरतालगायतका विषयवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गरे।

त्यस्तै प्राङ्गरिक मलको पहिलो कारखाना पशुपालन भएको बताउनुभएका सचिव डा मिश्रले प्राङ्गरिक प्रदेश निर्माणको अभियान लक्ष्यमा पुर्याउन स्थानीय तहको वडादेखि सङ्घ सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबै सरोकारवालाले स्वामित्व लिनुपर्नेमा जोड दिए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कर्णाल प्रदेशका सचिव डा नरहरिप्रसाद घिमिरेले कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले लिएको प्राङ्गरिक प्रदेश निर्माणको अभियानका लागि मन्त्रालयले निर्माण गरेको नीति, ऐन, नियमावली, कार्यविधि, मार्गदर्शनसहितको योजना, कार्यक्रमबारे समाविष्ट कार्यपत्र प्रस्तुत गरे।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णालीका किसानको सम्पदा लेखेको ‘मूल्यवान’ लोगो यहाँका १२ वटा समूह सहकारीलाई प्रदान गरिएको बताए। ‘कर्णालीले जे उत्पादन गर्छ ती सबै मूल्यवान छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिनेछ’, प्रवक्ता कठायतले भने, ‘मूल्यवान लोगो अङ्कित अदुवा, टिमुरलगायतका यहाँका उत्पादन युरोप पुगेका छन्।’

यसले कर्णालीको पहिचान अन्तर्राष्ट्रिय जगत्मै पुर्याएर देशको सान बढाउन सहयोग पुगेको उनको भनाइ थियो। उक्त कार्यक्रममा युएसएड, भकारी, मर्सिक्रोप्स, जिआइजेट ग्रेप, डिसिए, लि–बर्ड ग्रीन कर्णालीको सहकार्य रहेको मन्त्रालयले जनाएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस