‘सम्पत्ति शुद्धीकरण कानुन सशक्त, कार्यान्वयन फितलो’
०७ जेष्ठ २०८०
•
४ मिनेट पाठ
‘सम्पत्ति शुद्धीकरण कानुन सशक्त, कार्यान्वयन फितलो’
महालेखापरीक्षकको कार्यालयका पूर्व कार्यवाहक महालेखापरीक्षक शुकदेव भट्टराई खत्रीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन सशक्त भए पनि प्रभावकारी ढंगले कानुन कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन्।




शुक्रबार राजधानीमा राष्ट्रिय सरोकार समूहद्वारा आयोजित एक कार्यक्रमका प्रमुख वक्ता खत्रीले नेपालमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुन राम्रो भए पनि कार्यान्वयन गर्ने निकाय फितलो हुँदा प्रभावकारी हुन नसकेको बताए।

‘नेपालमा भ्रष्टाचार नियन्त्रण र सम्पत्ति शुद्धीकरण सम्बन्धी नीतिगत र कानुनी व्यवस्था राम्रा छन् तर कानुन कार्यान्वयन गर्ने निकायले प्रभावकारी काम गर्न नसक्दा अहिले समस्या देखिएको हो,’ उनले भने, ‘अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो जिम्मेवारी अनुसार काम नगरेकाले नै विभिन्न खालका विकृति र विसंगति देखिएका हुन्।’

पूर्व कार्यवाहक महालेखापरीक्षक खत्रीले कानुनी रूपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कानुनी रूपमा सवैंधानिक आयोगका प्रमुखलाई, नेपाली सेना र अदालत लगायतमा छुन नसक्ने बताए।

महालेखापरीक्षकको कार्यालयका पूर्व कार्यवाहक महालेखापरीक्षक शुकदेव भट्टराई खत्रीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन सशक्त भए पनि प्रभावकारी ढंगले कानुन कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन्।
‘अख्तियारले कानुनी रूपमा संवैधानिक आयोगका प्रमुख, नेपाली सेना र सर्वाेच्च अदालतमा हुने भ्रष्टाचार र अनियमिताको मुद्दा हेर्न पाउँदैन। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने ती क्षेत्रमा भएका भ्रष्टाचार तथा अनियमिताको विषयमा समेत अध्ययन अनुसन्धान गरेर मुद्दा चलाउने अधिकार भए पनि सो कार्यालयलाई प्रभावहीन बनाइँदै आइरहेको छ,’ उनले भने, ‘नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनमा कुनै कमीकमजोरी छैनन्। कमजोरी कार्यान्वयन गर्ने इच्छाशक्तिमा मात्र हो।’

पूर्व कार्यवाहक महालेखापरीक्षक खत्रीले सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगमा सहसचिव तहको कर्मचारी राखेर अनुसन्धान कार्यलाई प्रभावित पार्दै आइरहेको दाबी गरे।

‘विभागले संवैधानिक आयोग, सर्वाेच्च अदालत लगायतका क्षेत्रमा पनि हेर्न पाउने अधिकार रहेको छ तर सो कार्यालयको अधिकार र क्षमतालाई भने कमजोर पार्ने काम भइरहेको छ,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्थाको कुरा प्रधानमन्त्रीले समेत बुझ्नुभएको छैन। सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन पर्याप्त छ।’ उनले भने, ‘विभागलाई नै राज्य संयन्त्रले निकम्मा बनाएर समस्या भएको हो। १०/११ वर्षको अवधिमा विभागको प्रमुख पटकपटक फेरिरहने काम भएकाले पनि त्यस निकायले काम गर्न सकेको छैन।’

उनले विभागको एउटा सहसचिवमाथि धेरै नेतृत्वको दबाब हुने भएकाले पनि पारदर्शी ढंगले काम गर्न नसकेको बताए। ‘एउटा सहसचिवमाथि, सचिव, मन्त्री, मुख्यसचिव हुँदै प्रधानमन्त्रीसम्मका राजनीतिज्ञ रहेका हुन्छन्। त्यति मात्र होइन, संघीय र प्रदेशका गरेर ८ सय ८४ सांसद पनि रहेका छन्। त्यसले गर्दा पनि अनुसन्धान प्रभावित भइरहेको छ।’

कार्यवाहक महालेखापरीक्षक खत्रीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारी राजनीतिक भागबण्डामा नियुक्ति गर्ने परिपाटीले गर्दा अख्तियारले आफ्नो क्षमता अनुसार काम गर्नै नसकेको बताए।

‘आयोगका पाँच पदाधिकारीको नियुक्ति सधैं राजनीतिक भागबण्डाको आधारमा गर्ने गरिन्छ,’ उनले भने ‘कुनै ठूलो खालको अनियमितताको अध्ययन गर्न पनि पाँच जनाकै सहमति चाहिने गर्छ। राजनीतिक भागबण्डामा नियुक्ति भएकाले कुनै पनि अध्ययन अनुसन्धान कार्य प्रभावित पारिँदै आएको हुँदा अख्तियार पनि कामै नलाग्ने संस्थाको रूपमा बद्नाम हुँदै आइरहेको छ।’

कार्यवाहक महालेखापरीक्षक खत्रीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारी राजनीतिक भागबण्डामा नियुक्ति गर्ने परिपाटीले गर्दा अख्तियारले आफ्नो क्षमता अनुसार काम गर्नै नसकेको बताए।
कार्यवाहक महालेखापरीक्षक खत्रीले मुलुकमा आर्थिक वृद्धिदरभन्दा महँगी चार गुणाले बढ्दै आइरहेको बताए। ‘मुलुकको आर्थिक वृद्धिदरभन्दा मूल्यवृद्धि चार गुणाले बढी छ,’ उनले भने, ‘मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै छ तर मूल्यवृद्धि भने ८ प्रतिशतभन्दा बढी छ।’ उनले मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको बताउँदै सरकारले यो समस्यासँग जुध्न आवश्यक कदम चाल्नुपर्ने बताए।

राजनीतिक भागबण्डामा नियुक्ति भएकाले कुनै पनि अध्ययन अनुसन्धान कार्य प्रभावित पारिँदै आएको हुँदा अख्तियार पनि कामै नलाग्ने संस्थाको रूपमा बद्नाम हुँदै आइरहेको छ।
‘एकातर्फ कोभिड १९ पछि उद्योग व्यवसाय धराशायी भएका थिए। सोबाट अर्थतन्त्रमा सुधार हुन नपाउँदै रुस र युक्रेन बीचको युद्धका कारणले अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ र डलरको मूल्य बढ्दा विश्वव्यापी रूपमै आर्थिक मन्दीको समस्या देखिएको छ।’पूर्वकार्यवाहक महालेखा परीक्षक खत्रीले तत्कालीन माओवादी लडाकुको विभिन्न शीर्षकमा २०७२ सालसम्ममा ५८ अर्ब ६५ करोड रूपैयाँ खर्च भएको बताए।

‘महालेखापरीक्षक कार्यालयको २०७१/७२ सालसम्मको तथ्यांक अनुसार तत्कालीन माओवादी लडाकु व्यवस्थापन, शिविर पुनर्स्थापना तथा क्यान्टोनमेन्ट लगायतमा ५८ अर्ब ८७ अर्ब रूपैयाँ खर्च भएको छ। त्यसैगरी लडाकु भत्ता बापत भने २० अर्ब ६५ करोड रूपैयाँ खर्च भएको छ’,  खत्रीले भने।
अर्को समाचार
राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस्ः प्रधानमन्त्री
३१ साउन २०८०
•
१ मिनेट पाठ
राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस्ः प्रधानमन्त्री
महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गरेका थिए।




कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरिका सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने जानकारी गराएको छ। लेखापरीक्षणका लागि उपसचिवस्तरको अडिटर र अधिकृतस्तरका लेखापरीक्षकहरू खटिने कार्यालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर रूपमा लागेको बताउँदै राज्यका सबै अंगले जनताको विश्वास आर्जन गर्नेगरि काम गर्नुपर्ने बताए। प्रधानमन्त्रीले यो वर्ष सुशासन र पारदर्शिताका दृष्टिले महत्वपूर्ण वर्ष बनाउन आग्रह गर्दै सोका लागि सरकारले खेल्नुपर्ने भूमिकाप्रति आफू संवेदनशील रहेकोसमेत बताए।

प्रधानमन्त्रीले भने, ‘हामी सामाजिक न्याय, सुशासन र समृद्धिको महान् अभियानमा छौँ। सुशासन, वित्तीय अनुशासन र पारदर्शिता त्यसका लागि महत्वपूर्ण शर्त हो। तर, आम जनतामा राज्य र राज्यका विभिन्न अंगप्रतिको विश्वास कमजोर भएको बेला छ। इमान्दारिता र पारदर्शिताको तह घटेर तल गएको छ। यो स्थितिलाई बदल्नैपर्छ। विश्वासनीयता कसरी कायम गर्ने, पारदर्शिता कसरी गराउने, सुशासन कसरी कायम गर्ने भन्नेबारे हामीले गम्भीर रूपमा सोच्नुपर्दछ।’

‘राज्यका अंगहरू जिम्मेवार नभइकन सुशासन, पारदर्शिता र जवाफदेहितामा अपेक्षित प्रगति हासिल गर्न सकिँदैन’ प्रधानमन्त्रीले भने, ‘तपाईहरूले जसरी यो वर्ष विगतभन्दा प्रभावकारी लेखापरीक्षणको योजना बनाउनुभएको छ, त्यसमा सफलता मिल्नेछ भन्ने मेरो विश्वास छ।”
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस