पर्यटक बढे, व्यावसायिक गतिविधि बढेन
२४ वैशाख २०८०
•
३ मिनेट पाठ
पर्यटक बढे, व्यावसायिक गतिविधि बढेन
मुलुकमा आउने पर्यटक संख्यात्मक रूपमा वृद्धि भए पनि पर्यटकीय गतिविधि बढ्न नसक्दा पर्यटन व्यवसायी मर्कामा परेका छन्। कोभिडपछि देशमा भित्रिएका पर्यटकले सोचेअनुरूप खर्च नगर्दा व्यवसायीहरू मर्कामा परेका हुन्।




एसियन ट्रेकिङका म्यानेजर सञ्जय बरालका अनुसार पर्यटक आगमनको संख्या सुधारोन्मुख देखिएको तर मुलुक भित्रिएका पर्यटकको संख्याको आधारमा उनीहरूको गतिविधि अपेक्षितस्तरमा चलायमान छैन। अहिले पर्यटक आगमन संख्या हेरेर चित्त बुझाउन सकिएला तर पर्यटकीय गतिविधि नबढ्ने हो भने के गर्ने भन्ने भएको छ। व्यवसायीलाई अहिलेको सबैभन्दा ठुलो समस्या भनेकै खर्च नगर्ने पर्यटक भित्रिनु हो, उनीहरूले खर्च नगरेपछि संख्या वृद्धि हुनुको केही अर्थ छैन,’ बरालले भने ।

पछिल्लो समय कोभिड महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार तथा सम्बन्धित निकायहरू अग्रसर भएर लागिरहेका छन्। संख्याका हिसाबमा पर्यटकहरूको आगमन राम्रो हुँदै आएकाले सरकारी अधिकारीहरू सन्तोषजनक भएको धारणा दिइरहँदा पर्यटन व्यवसायीहरूमा भने उत्साही छैनन्। अहिले पर्यटन क्षेत्रलाई नयाँ दृष्टिबाट हेर्ने उपयुक्त मौका भएको बताउँदै बरालले भने ‘अहिले सरकार र सम्बन्धित निकायका लागि पर्यटन क्षेत्रलाई नयाँ कोणबाट हेर्ने उपयुक्त समय हो। कोभिडका कारण थलिएको यस क्षेत्रको दीर्घकालीन विकासका लागि के चाहिएको हो, त्यसतिर ध्यान दिनुपर्छ। पुरानै ढर्रामा पर्यटन क्षेत्रलाई निरन्तरता दिने हो भने पर्यटन क्षेत्रको विकास हुँदैन।’ 

उनी थप्छन्, ‘यो बेला संख्यामा भन्दा पनि गुणस्तरमा जोड दिनुपर्छ भन्ने कुरामा ध्यान दिएर सोहीअनुरूप काम गरेको खण्डमा त्यसले यस क्षेत्र चलायमान हुन सक्छ। दीर्घकालीन रूपमा यसले सकारात्मक परिणाम ल्याउँछ। हामी सधैं गुणस्तरीय पर्यटक ल्याऊ भनेर कहिलेसम्म भनिराख्ने? यसका लागि व्यवसायीहरूले पनि सरकारसँग सहकार्य गरेर बढ्नुपर्छ। होइन भने सरकार संख्या गन्ने र व्यवसायी पसल रुङ्नेबाहेक कसैलाई फाइदा हुन्न।

विवेकपूर्ण तवरले सोचेर काम गर्ने यो राम्रो मौका पनि हो।’ उनले सरकारले पर्यटन पुनरुत्थान तथा विकासका लागि कुनै पनि कार्ययोजना तयार गरी लागु गर्ने भनेर नीतिगत घोषणा गरिरहँदा ती नीति तथा कार्ययोजना लोकप्रियताका हिसाबले भन्दा कार्वान्वयन हुने तरिकाले गर्नुपर्ने उनको धारणा छ। सरकार नीति नियम बनाउने तर कडाइका साथ लागु नगर्ने र कतिपय व्यवसायीहरू दीर्घकालीन रूपमा नसोची व्यवहार गर्ने भएकाले पनि पर्यटन व्यवसायले गुणस्तरीय रूपमा अघि बढ्न नसकेको उनको तर्क छ।  

एसियन ट्रेकिङका म्यानेजर सञ्जय बरालका अनुसार पर्यटक आगमनको संख्या सुधारोन्मुख देखिएको तर मुलुक भित्रिएका पर्यटकको संख्याको आधारमा उनीहरूको गतिविधि अपेक्षितस्तरमा चलायमान छैन ।
यस्तै माउन्ट एक्पेरियन्स एजेन्सीका म्यानेजर किसन राईले कोभिडपछि पर्यटकीय गतिविधिहरू विस्तारै लयमा फर्केको महसुस गरेको तर पर्यटकीय गतिविधि भने संख्यात्मक हिसाबका आधारमा नभएको बताए। उनले प्रत्येक महिना सरकारले सार्वजनिक गर्ने पर्यटक आगमनको संख्याभन्दा पनि उनीहरूले गर्ने गतिविधिलाई अध्ययन गरेर नीतिगत कार्ययोजना बनाउनुपर्ने धारणा व्यक्त गरे।

‘कोभिडयता लगभग ४ वर्षका अन्तरालमा कुनै पनि नयाँ क्लाइन्ट आएकै छैनन्। न अनलाइनबाट सोधखोज भएका छन्, न प्रत्यक्ष अफिसमा आएर सेवा मागेका छन्। मेरोमा जति आएका छन् कोभिड अघि देखि नै कनेक्सन भइराखेका क्लाइन्टहरू हुन्,’ बरालले भने, ‘संख्यात्मक हिसाबमा सरकारले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा हुनुपर्ने गतिविधिहरूमा सरकारको चासो जानुप¥यो।’  

माउन्टेन गाइड एसोसियसन अफ नेपालका संस्थापक महासचिव तथा माउन्टेन गाइड रामकाजी तिवारीले सरकारले प्रभावकारी रूपमा पर्यटन पुनरुत्थानका लागि काम नगरेको बताएका छन्। उनले पर्यटन क्षेत्रमा श्रम गर्ने कामदारहरूको अवस्था ज्यादै दयनीय भएको बताएका छन्। उनी भन्छन्, ‘एक त काम पाउन गाह्रो छ, काम पाए पनि श्रमअनुसारको तलब, सेवासुविधा पाइँदैन।  

यो समस्याको सम्बोधन न सरकार न व्यवसायीले गर्छ। सरकार संख्यामा रमाउँछ, व्यवसायीहरू काममा रमाउँछन्। श्रमिकको सेवासुविधामा कसैको ध्यान छैन। कुनै पनि क्षेत्रमा श्रमिकलाई एक्ल्याएर कसरी विकास हुन्छ?’ उनी थप्छन्, ‘सरकार यति र त्यति संख्यामा पर्यटन पुनरुत्थान भइरहेको छ भनेर ढोल पिटिरहँदा श्रम ऐनमा तोकिएका श्रमिकका न्यूनतम सेवासुविधा कार्वान्वयन भयो कि भएन भनेर कहिल्यै वास्ता गदैन।’
अर्को समाचार
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
१८ मिनेट अघि
•
१ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 

केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।

वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।

“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”

कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।

असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार 

हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”

चाडपर्व र मेलामा अत्यधिक माग

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।

उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।



सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस