पदयात्रा क्षेत्रका व्यावसायी भन्छन्ः सिजनको पर्यटक आगमन मध्यम’
१८ वैशाख २०८०
•
३ मिनेट पाठ
पदयात्रा क्षेत्रका व्यावसायी भन्छन्ः सिजनको पर्यटक आगमन मध्यम’
अन्नपूर्ण आधारशिविरमा पुगेका पाहुना । फाइल तस्बिरः नागरिक
विश्वकै प्रख्यात पदमार्ग अन्नपूर्ण फेरोमा यतिबेला दिनमा डेढ सय हाराहारीमा पदयात्री उक्लिरहेका छन् । पदयात्रामा जाने पर्यटकको संख्या अहिले भन्दा अझै धेरै हुनुपर्ने पर्यटकीय सिजन हो यो तर कोरोना भाइरस संक्रमणले शून्यमा झरेको पर्यटक आगमनमा सुधार हुँदै गर्दा अहिलेको पर्यटक आगमन अवस्थालाई मध्यम मान्न सकिने व्यवसायीहरू बताउँछन्।




अन्नपूर्ण फेरोमा पर्ने मनाङका अगुवा पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार अहिले दिनमा कम्तिमा एकसय जना विदेशी पर्यटक माथिल्लो मनाङ उक्लिरहेका छन्। अघिल्लो सातासम्म यो संख्या अझ बढी थियो। ‘कोरोना भाइरस संक्रमणले शून्यमा झरेको पर्यटक आगमन अहिले यो आकारमा उक्लिनु पनि सकारात्मक नै हो,’गुरुङले भने, ‘अहिले पर्यटक आगमनको अवस्थालाई मध्यम मान्न सकिन्छ किनभने शून्यबाट विस्तारै गति लिँदै गरेको अवस्था हो। एकैपटक पहिलेकै अवस्थामा आउनुपर्छ भन्ने होइन।’

व्यवसायीले यो आगमनबाट केही राहत महसुस गरेको पनि उनले बताए। ‘कुनै बेला होटलमा ताला लगाएर बस्नुपरेको अवस्था थियो। अहिले कम्तिमा व्यवसाय थामिन सक्ने गरी पाहुना आएका छन्, कमाउने भन्दा पनि व्यवसाय चलायमान बनाउने काम मात्र भएको छ,’उनले भने, ‘हुन त यो बेला अझै बढी पर्यटक आउने अपेक्षामा व्यवसायी थिए तर सोचे अनुसार आगमन हुन सकेन।’माथिल्लो मनाङ अन्नपूर्ण फेरोको पदमार्गमा पर्छ। मनाङ हुँदै पर्यटक तिलिचो र थोराङला भञ्ज्याङ पार गर्ने गर्छन्। कतिपय पर्यटक मनाङ हुँदै फर्किन्छन् भने कतिपय मुस्ताङ निस्केर पोखरा आइपुग्छन्। विदेशीसँगै पछिल्लो समय आन्तरिक पर्यटक पनि आउन थालेकाले पर्यटन क्षेत्रमा केही सहज भएको उनले सुनाए। ‘आन्तरिक पर्यटक त समूहमै आउँछन्, आन्तरिक पर्यटकका कारण पनि पर्यटनलाई साथ मिलेको छ,’ उनले भने ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार अहिले दिनमा डेढसय हाराहारी विदेशी पर्यटक मनाङ प्रवेश गरिरहेका छन्। अहिले अझ राम्रो हुनुपर्ने थियो तर शून्यमा झरेको पर्यटक आगमनको अवस्थामा सुधार हुँदै जाँदा यसलाई कमजोर मान्न नहुने गौतमले बताए। ‘हुन त कोरोना संक्रमण सुरु हुनुअघिको जत्तिको आगमन अझै भएको छैन तर अहिलेको आगमनलाई पनि नराम्रो र कमजोर मान्नु हुँदैन,’उनले भने, ‘अघिल्लो वर्षको तुलनामा सुधार आएको छ। यसलाई कमजोर मान्नु पनि भएन। बिस्तारै सुधार आउने अपेक्षा गर्नुपर्छ।’

संरक्षण अधिकृत गौतमले पनि अहिलेको आगमनको अवस्थालाई मध्यम भन्न मिल्ने बताए। उनका अनुसार कोरोना संक्रमण सुरु हुनुअघिका वर्षमा सन् २०१८ मा सबैभन्दा बढी ३० हजार विदेशी पर्यटक मनाङ पुगेका थिए। त्योसंख्या कोरोना महामारीपछि घट्दै जाँदा सन् २०२२ मा १५ हजारमा सीमित भएको थियो। यो वर्ष पोहोर भन्दा केही बढेर २२ हजार पुग्ने अनुमान गरिएको उनले सुनाए। ‘यो वर्ष २० हजार कट्ने हाम्रो अनुमान छ। अहिलेको अवस्था मध्यम हो। सबै हिसाबले राम्रो मान्नुपर्ने हुन्छ। किनभने शून्यमा झरेको आगमन एकैपटक उकालो लाग्ने भन्ने हुँदैन,’गौतमले भने, ‘व्यवसायी यो सुधार हुँदै गरेको अवस्था देखेर केही खुसी छन्। पर्यटकीय चहलपहल बढेकाले व्यवसायीले राहत महसुस गरेका छन्।’

अन्नपूर्ण क्षेत्रकै अर्काे पदमार्ग अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा पनि यतिबेलाको पर्यटक आगमनको अवस्था मध्यम रहेको त्यहाँका व्यवसायीले बताएका छन्। माछापुच्छ्रे आधारशिविर (एमबिसी)का व्यवसायी दिलीप गुरुङका अनुसार अहिले दिनमा १४० जनाको हाराहारीमा पर्यटकहरू आधारशिविर उक्लिरहेका छन्। ‘कोरोना अघिको यो बेलाको सिजनमा त दिनमै तीनसय जनाजति पाहुुना उक्लेका हुन्थे। अहिले त्यसको आधा संख्यामा मात्र पाहुना आएका छन्,’उनले भने, ‘अहिले पर्यटक आगमनको अवस्था उत्कृष्ट त होइन तर मध्यम अवस्था हो भनेर मान्न सकिन्छ।’  

कोरोनाले थलिएको पर्यटन क्षेत्रमा यो आगमनले व्यवसायीलाई केही राहत मिलेको उनले बताए। ‘हुन त यो बेला आन्तरिक पाहुना पनि केही आकारमा आएका छन्। दिनमै ३०÷४० जना आन्तरिक पाहुना आएका छन्। यो भन्दा बढी संख्यामा पाहुना आउनुपर्ने हो तर अहिले सबैतिर पर्यटकीय गतिविधि कमजोर हुँदा त्यसको असर पनि परेको हुनसक्छ,’उनले भने, ‘तर अहिलेको आगमनबाट व्यवसायी आशावादी छौं। अबका दिनमा पाहुना आगमन अझ बढ्नेमा विश्वस्त हुन सकिन्छ।’
अर्को समाचार
पदयात्रा क्षेत्रका व्यावसायी भन्छन्ः सिजनको पर्यटक आगमन मध्यम
१७ वैशाख २०८०
•
३ मिनेट पाठ
पदयात्रा क्षेत्रका व्यावसायी भन्छन्ः सिजनको पर्यटक आगमन मध्यम
अन्नपूर्ण आधारशिविरमा पुगेका पाहुना। फाइल तस्बिरः नागरिक
विश्वकै प्रख्यात पदमार्ग अन्नपूर्ण फेरोमा यतिबेला दिनमा डेढ सय हाराहारीमा पदयात्री उक्लिरहेका छन्। हुन त यो बेला पर्यटकीय सिजन पनि हो, त्यसैले पदयात्रामा जाने पर्यटकको संख्या अहिले भन्दा अझै धेरै हुनुपर्ने हो। तर, कोरोना भाइरस संक्रमणले शून्यमा झरेको आगमनमा सुधार हुँदै गर्दाको अहिलेको आगमन मध्यम आकारको मान्न सकिने व्यवसायी बताउँछन्।




अन्नपूर्ण फेरोमा पर्ने मनाङका अगुवा पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार अहिले दिनमा कम्तीमा एक सय जना विदेशी पर्यटक माथिल्लो मनाङ उक्लिरहेका छन्। अघिल्लो सातासम्म यो संख्या अझ बढी थियो। ‘कोरोना भाइरस संक्रमणले शून्यमा झरेको पर्यटक आगमन अहिले यो आकारमा उक्लिनु पनि सकारात्मक नै हो,’ गुरुङले भने, ‘अहिले आगमन मध्यम आकारको रह्यो। किनकि शून्यमा झरेको आगमनले गति लिँदै गरेको अवस्था हो। एकै पटक पहिलेकै आकारमा आउनुपर्छ भन्ने होइन।’

व्यावसायीले यो आगमनबाट केही राहतको महसुस गरेको पनि उनले बताए। ‘कुनै बेला होटलमा ताला लगाएर बस्नुपरेको अवस्था थियो। अहिले कम्तीमा व्यावसाय थामिन सक्ने गरि पाहुना आएका छन्, कमाउने भन्दा पनि व्यावसाय चलायमान बनाउने काम मात्र भएको छ,’ उनले भने, ‘हुन त यो बेला अझै बढी पर्यटक आउने अपेक्षामा व्यावसायी थिए। तर, सोचे अनुसार आगमन हुन सकेन।’  

माथिल्लो मनाङ अन्नपूर्ण फेरोको पदमार्गमा पर्छ। मनाङ हुँदै पर्यटक तिलिचो र थोराङला भञ्ज्याङ पार गर्ने गर्छन्। कतिपय पर्यटक मनाङ हुँदै फर्किन्छन् भने कतिपय मुस्ताङ निस्केर पोखरा आइपुग्छन्। विदेशीसँगै पछिल्लो समय आन्तरिक पर्यटक पनि आउन थालेकोले पर्यटन क्षेत्रमा केही सहज भएको उनले सुनाए। ‘आन्तरिक पर्यटक त समूहमै आउँछन्, आन्तरिकका कारण पनि पर्यटनलाई साथ मिलेको छ,’ उनले भने।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार अहिले दिनमा डेढ सय हाराहारीमा विदेशी पर्यटक मनाङ प्रवेश गरिरहेका छन्। हुन त यो बेला त्यो आकार अझै ठुलो हुनुपर्ने भए पनि शून्यमा झरेको आगमनमा सुधार हुँदै जाँदा यो आगमनलाई पनि कमजोर मान्न नहुने गौतमले बताए।

‘हुन त कोरोना संक्रमण सुरु हुनुअघिको जत्तिको आगमन अझै भएको छैन। तरपनि अहिलेको आगमनलाई पनि नराम्रो र कमजोर मान्नु हुँदैन,’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा सुधार आएको छ। यसलाई कमजोर मान्नु पनि भएन। बिस्तारै सुधार आउने अपेक्षा गर्नुपर्छ।’

संरक्षण अधिकृत गौतमले पनि अहिलेको आगमनको आकारलाई मध्यम भन्न मिल्ने बताए। उनका अनुसार कोरोना संक्रमण सुरु हुन अघिका वर्षमा सन् २०१८ मा सबैभन्दा बढी ३० हजार विदेशी पर्यटक मनाङ पुगेको थिए। त्यो आकार कोरोना पछि घट्दै जाँदा सन् २०२२ मा १५ हजार आगमन भएको थियो। यो वर्ष त्यो आगमन पोहोर भन्दा बढेर २२ हजार पुग्ने अनुमान रहेको उनले सुनाए। ‘यो वर्ष २० हजार कट्ने हाम्रो अनुमान छ। अहिलेको आगमन मध्यम आकारको हो। सबै हिसाबले राम्रो मान्नुपर्ने हुन्छ। किनकि शून्यमा झरेको आगमन एकै पटक उकालो लाग्ने भन्ने हुँदैन,’ गौतमले भने, ‘व्यावसायी यो आकारबाट केही खुसी छन्। पर्यटकीय चहलपहल बढेकोले व्यावसायीले राहत महसुस गरेका छन्।’

अन्नपूर्ण क्षेत्रकै अर्को पदमार्ग अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पनि यतिबेलाको आगमन मध्यम आकारको रहेको त्यहाँका व्यावसायीले बताएका छन्। माछापुच्छ्रे आधार शिविर (एमबिसी) का व्यावसायी दिलीप गुरुङका अनुसार अहिले दिनमा १४० जनाको हाराहारीमा पर्यटकहरू आधार शिविर उक्लिरहेका छन्। ‘कोरोना अघिको यो बेलाको सिजनमा त दिनमै तीनसय जनाजति पाहुना उक्लेका हुन्थे। अहिले त्यसको आधा संख्यामा मात्र पाहुना आएका छन्,’ उनले भने, ‘अहिलेकै आगमन उत्कृष्ट त होइन, तर, मध्यम आकारको आगमन भन्न मिल्छ।’

कोरोनाले थलिएको पर्यटन क्षेत्रमा यो आगमनले व्यावसायीलाई केही राहत मिलेको उनले बताए। ‘हुन त यो बेला आन्तरिक पाहुना पनि केही आकारमा आएका छन्। दिनमै ३०–४० जना आन्तरिक पाहुना आएका छन्। यो भन्दा बढी संख्यामा पाहुना आउनुपर्ने हो, तर, अहिले सबैतिर पर्यटकीय गतिविधि कमजोर हुँदा त्यसको असर पनि परेको हुनसक्छ,’ उनले भने, ‘तर, अहिलेको आगमनबाट व्यावसायी आशावादी छौं। अबका दिनमा पाहुना आगमन अझ बढ्नेमा विश्वस्त हुन सकिन्छ।’
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४० सेकेन्ड अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस