५९ अर्बका ठेक्का ९ पटक म्याद थप्दा पनि अझै अधुरै
०१ वैशाख २०८०
•
३ मिनेट पाठ
५९ अर्बका ठेक्का ९ पटक म्याद थप्दा पनि अझै अधुरै
सडक विभाग मातहतका २८ कार्यालयका ५९ अर्ब ४३ करोड लागतका पाँच सय ९ वटा ठेक्का ९ पटकसम्म म्याद थप्दा पनि निर्माण कार्य अधुरै रहेका छन्। महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार ५ सय ९ ठेक्काको चार सय प्रतिशत र ९ पटकसम्म म्याद थप गर्दा पनि आयोजना निर्माणका काम अधुरै रहेको देखाएको छ। महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘निर्माण व्यवसायीलाई पटक पटक सम्झौता विपरीत म्याद थपको सुविधा दिने तर खरिद कानुन र सम्झौता अनुसार ठेक्का सम्पन्न नगराउने योजना÷कार्यालयहरूको कमजोरी देखिएको छ।’




प्रतिवेदन अनुसार ‘खरिद सम्झौतामा भेरिएसन, आदेश र असामान्य अवस्थाको आधारमा ठेक्काको म्याद थप गर्न सकिने अवस्था छ। समय नियन्त्रणको लागि खरिद सम्झौता कार्यतालिका अद्यावधिक गर्ने, पूर्व जानकारी दिने, निवदेन दिनुपर्ने प्रावधानहरूलाई आधार लिने गरेको छैन।’ महालेखाको ६० औं प्रतिवेदनले पहिलो पटक थपिएको म्यादमा कार्य नगर्ने ठेक्कालाई पूर्व निर्धारित क्षतिपूर्ति नलगाइ पटक–पटक म्याद थप गर्ने गरेको देखिन्छ।’ कोभिडपछि पनि कोभिडलाई आधार बनाइ म्याद थप गर्ने प्रवृत्ति देखिँदै आएको औंल्याएको छ। महालेखाको प्रतिवेदनले सडक विभाग अन्तर्गतका २४ डिभिजन तथा योजना कार्यालयमा २८ अर्ब ८२ करोड खरिद सम्झौताका १९८ वटा ठेक्काको ७ अर्ब ३८ करोड भुक्तानी लिई निर्माण व्यवसायीले अलपत्र पारेको औंल्याएको छ। महालेखा परीक्षकको प्रतिवेदनले अधुरा ठेक्काको २ खर्ब ७५ करोड रूपैयाँ पेश्की जमानत प्राप्ति तथा ७१ करोड ३८ लाख रूपैयाँ पूर्वनिर्धारित क्षतिपूर्ति लगाइ खरिद सम्झौता अनुसार कारबाही गर्न सिफारिस गरेको छ।

महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले सडक विभाग मातहतकै १६ योजना तथा सडक डिभिजन कार्यालयहरूले वातावरणीय प्रभाव अध्ययन गर्ने, रुख हटाउने, विद्युत्का पोल सार्ने र मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने लगायतका पूर्व तयारी चरणका कार्य समेत ठेक्कामा समावेश गरेर ३९ अर्ब ७४ करोड ४२ लाख रूपैयाँ बराबरको ३४ ठेक्का खरिद सम्झौता गरेको औंल्याएको छ। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ (३) मा निर्माण स्थलको व्यवस्था नभई बोलपत्र आह्वान गर्न नहुने व्यवस्था छ तर ती कार्यालयले कानुन उल्लघंन गरेर ठेक्का सम्झौता गरेको देखिएको छ।

पुलमा डीपीआर बेगर बजेट विनियोजन

महालेखाको प्रतिवेदन अनुसार सडक विभागले पुल निर्माण गर्दा डीपीआर बेगर पनि बजेट विनियोजन गर्ने गरेको औंल्याएको छ। पहिले डीपीआर गरेका करिब १२ सय पुलको कार्यान्वयन नगरेको पनि देखाएको छ।‘कतिपय पुलहरूमा बजेट विनियोजन नगर्ने। न्यून विनियोजन गर्ने। पायरको संख्या भन्दा कम बोरहोल ड्रिल गर्ने, अप¥याप्त भूप्राविधिक अध्ययन गर्ने गरेको देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘पुलको विस्तृत सम्भाव्यता अध्ययन र डीपीआर तयार गरी बजेट तथा कार्यक्रम तर्जुमा गर्न निर्देश गरेको छ।’ ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, सूचना तथा सञ्चार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका ७९ निकायले सूचकाङ्क र गुणक फरक पारी मूल्य समायोजन गणना गरेर तीन अर्ब ९८ करोड नियम एवं सम्झौताविपरीत मूल्य समायोजन नगरी रकम भुक्तानी गरेको असुलउपर गर्न निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) विपरीत विभिन्न संघीय मन्त्रालय मातहतका २६ निकायले मालसमान खरिद तथा संरचना निर्माण कार्यलाई टुक्रा पारी ३९ करोड ६६ लाखको खरिद गरेको देखाएको छ। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस