संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई प्रश्न सोधेका छन्। मन्त्री किराँतीले आफ्नो सामाजिक सञ्जालमा वायुसेवा निगमलाई सोधिएका प्रश्नहरू भनी पाँच प्रश्न सोधेका छन्। प्रश्नको जिम्मेवारी लिएर जवाफ दिने मन्त्रीले लोकरिझ्याइँका लागि निगमलाई प्रश्न गरेका छन्।
उनले निगमलाई चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो? स्पष्ट नभएकाले पुनः स्पष्ट बनाउने भनी पहिलो प्रश्न गरेका छन् भने नेपाल एयरलाइन्सको हवाइजहाजको पाङ्ग्रा दिल्लीमा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो? साथै यसबाट आर्थिक भार के कति पर्न गयो भनि दोस्रो प्रश्न गरेका छन्।
यस्तै मन्त्री किराँतीले काठमाडौं दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदाहुँदै पाइलटको व्यवस्था गर्न किन नसकिएको हो? यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो? र एयरपोर्टमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकाले त्यसलाई नियन्त्रण गर्ने कार्य योजना के कस्तो छ? पेश गर्ने भनी प्रश्नसहितको निर्देशन दिएका छन्।
साथै उनले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद बहाली पश्चात् ट्विनेटर जहाज कति पटक ग्राउण्डेड भयो? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो? अब आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनु पर्छ कि पर्दैन? पेस गर्ने भन्दै आफ्नो सामाजिक सञ्जालमा निगमलाई प्रश्न सहित निर्देशन समेत दिएका छन् ।