पर्यटन क्षेत्र लयमा फर्किंदै
२० चैत्र २०७९
•
३ मिनेट पाठ
पर्यटन क्षेत्र लयमा फर्किंदै
कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको छ। कोभिडअघिको तुलनामा यस वर्ष मार्च महिनामा अन्तर्राष्ट्रिय पर्यटकको आगमन ७८ प्रतिशतले पुनरुत्थान भएको छ।




सन् २०१९ मार्चमा १ लाख २७ हजार ३ सय ५१ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएकामा सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले मार्च महिनामा ७८ प्रतिशतले अन्तर्राष्ट्रिय पर्यटक आगमनमा पुनरुत्थान हुनु सन्तोषजनक भएको बताएका छन्।

उनले भने, ‘बोर्डको तथ्यांक हेर्ने हो भने प्रत्येक महिना पर्यटक आगमन बढिरहेको छ। अन्तर्राष्ट्रिय पर्यटकको आगमन वृद्धिलाई आधार मान्ने हो भने नेपालको अन्तर्राष्ट्रिय पर्यटकको आगमन राम्रो मान्न सकिन्छ।’

सन् २०१९ को तुलनामा यस वर्षको जनवरी महिनामा ७२ प्रतिशतले पर्यटक आगमन पुनरुत्थान भएकोमा फ्रेबुअरी महिनामा ३ प्रतिशतले वृद्धि भई ७५ प्रतिशत पुगेको थियो। यस्तै मार्च महिनामा भने पुनः ३ प्रतिशतले वृद्धि हुँदै सन् २०१२ को तुलनामा ७८ प्रतिशत पुनरुत्थान भएको हो।

यस वर्षको मार्च महिनामा करिब एक लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका हुन्। पर्यटन बोर्डको तथ्यांकअनुसार यस महिनामा हवाई उडानको माध्यममबाट ९९ हजार ४ सय २६ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्। गत वर्षको तुलनामा यस वर्ष ४३ प्रतिशतले अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा वृद्धि भएको छ। गत वर्ष सन् २०२२ मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए।

बोर्डको तथ्यांकअनुसार मार्च महिनामा सबैभन्दा बढी पर्यटक छिमेकी राष्ट्र भारतबाट आएका छन्। २५ हजार ९ सय ११ भारतीय पर्यटक नेपाल भित्रिएकाले भारत यो वर्ष पहिलो स्थानमा रहेको छ। यसैगरी भारतपछि अमेरिकाबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ। अमेरिकाबाट ९ हजार ५ सय ५७ पर्यटक नेपाल भित्रिँदै दोस्रो स्थानमा आएको छ।

यस्तै बेलायत तेस्रो स्थानमा रहेको छ। बेलायतबाट यस महिनामा ६ हजार १ सय ३३ पर्यटक नेपाल भित्रिएका छन्। बेलायतपछि जर्मनी चौथो स्थानमा रहेको छ। जर्मनबाट मार्च महिनामा ४ हजार १ सय ४९ पर्यटक नेपाल भित्रिएका छन्। क्रमिक रूपमा जर्मनपछि श्रीलंका, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रान्स, चाइना र साउथ कोरियाबाट आएका पर्यटकको संख्या बढी रहेको छ। बोर्डको तथ्यांक अनुसार श्रीलंकाबाट ३ हजार ८ सय ९८, थाइल्यान्डबाट ३ हजार ८ सय २९, अस्ट्रेलियादेखि ३ हजार ६ सय ३५, फ्रान्सबाट ३ हजार ९, चाइनाबाट २ हजार ६ सय ३५ र दक्षिण कोरियाबाट २ हजार ६ सय ३९ पर्यटक यो महिनामा नेपाल भित्रिएका छन्।

सन् २०२१ को मार्च महिनामा १५ हजार २ सय ५४ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका थिए। यस्तै सन् २०२० को मार्च महिनामा भने ४२ हजार ७ सय ७६ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका थिए।  

कोभिड महामारी मात्र नभएर त्यसपछि विश्वले भोगिरहेको आर्थिक मन्दी, रसिया–युक्रेन युद्धले पनि नेपालको पर्यटन क्षेत्रलाई नकारात्मक प्रभाव पारेको निर्देशक लामिछानेले बताए।

उनले कोभिड र अन्तर्राष्ट्रिय युद्धका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै पुनरुत्थानको दिशामा लागेको दाबी गरे। उनले पर्यटन क्षेत्रको पूर्ण पुनरुत्थानका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको बताउँदै भने, ‘पर्यटन एकदमै संवेदनशील क्षेत्र हो। विश्वको कुनै पनि राष्ट्रको ट्र्याक बिग्रेको खण्डमा पर्यटनमा तत्काल असर पर्छ। त्यसैले राज्यले मात्र पर्यटन पुनरुत्थानको पूर्ण ग्यारेन्टी लिन सक्दैन। हरेक मुलुकको आर्थिक, राजनीतिक तथा सामाजिक पक्षले पर्यटन क्षेत्रलाई कहीँ न कहीँ प्रभाव पारिरहेको हुन्छ। यसैअनुरूप मुलुकको पर्यटन क्षेत्रको विकास, सुविधा र सुरक्षाको सवालमा भने राज्यले गृहकार्य गरिरहेको छ।’
अर्को समाचार
लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय
०५ कार्तिक २०७८
•
३ मिनेट पाठ
लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय
हिउँदको आभास हुन थालेसँगै बागलुङका पर्यटकीय क्षेत्र भरिन थालेका छन्। दुई वर्षयता कोरोना महामारीका कारण पर्यटन याममा समेत सुनसान जस्तै रहेका यहाँका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र भरिभराउ हुँदा सरोकारवाला उत्साहित छन्।




जिल्लाको जैमिनी नगरपालिका–१ का प्रकाश शर्माले हाँडिकोट टापु पुग्ने योजना बनाएको चार वर्ष भयो। काठमाडौँमा पढाइ र रोजगारीका लागि बस्ने उनले दसैँमा मात्रै लामो बिदा पाउँछन्। कहिले दसैँ बिदामा वर्षा नसकिने त कहिले कोरोना त्रासका कारण चार वर्ष पहिलेको योजना उनले अहिले पूरा गरे। समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट पुग्दा उनी दङ्ग थिए। जैमिनी–ं १० मा पर्ने हाँडिकोट जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल हो। यहाँबाट दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ। मुटु छुने चिसो! लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ।

वर्षाका समयमा जुकाको समस्या, हुस्सु र कुहिराले ढाकिने भए पनि हिउँदमा हिउँले घुम्टो नहालुञ्जेल हाँडीकोट पर्यटक पर्खिरहेको हुन्छ। असोज, कात्तिक र मङ्सिरको दोस्रो साता हाँडीकोट घुम्नका लागि योग्य समय हो। चैत वैशाख र जेठमा पनि यहाँ धेरै आन्तरिक पर्यटक पुग्ने गरेका छन्। जैमिनीको राङ्खानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हाँडीकोट टापु साँच्चिकै सुन्दर छ। त्यहाँ पुगेर ‘आहा १ हाँडीकोट टापु’ नभनी सुखै छैन। बितेका वर्षमा भन्दा यो वर्ष हाँडीकोट धेरै आन्तरिक पर्यटक पुगेका छन्।

नेपालको एकमात्रै शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष पुग्ने पर्यटकको सङ्ख्या पनि बितेका दुई वर्षमाभन्दा यो वर्षको दसैँ बिदाका समयमा धेरै भयो। त्यहाँ पुग्ने पर्यटकको तथ्याङ्क त कसैले राख्ने गरेको छैन् तर आरक्ष क्षेत्रका व्यवसायीका अनुसार यो वर्ष ढोरपाटन पुग्नेमा उत्साहित छन्। तीन जिल्ला बागलुङ, म्याग्दी र रुकुममा फैलिएको शिकार आरक्षमा सिकारका याममा विदेशी पर्यटक हेलिको सहायताले पुग्छन् भने पैदल र सवारीको सहायतामा शिकार आरक्ष घुम्न जाने पर्यटकका लागि बागलुङ हुँदै पुग्ने बाटो सहज छ।

धेरै समयपछि घुम्दै ढोरपाटन आएँ’ पोखराका साइकल यात्री दिवस गुरुङले भने, 'ढोरपाटनको योजना बनाएर आउँदा बीचमा बागलुङ घुम्ने ठाउँ धेरै रहेछन्।' सदरमुकाम आसपासमा रहेका पर्यटकीय क्षेत्रमा त दसैँअघिदेखि नै पर्यटकको चहलपहल सुरु भएको थियो। ‘बागलुङ कालिका खुला भएदेखि देशभरबाट पर्यटक बागलुङ भित्रिन सुरु गरेका हुन्’ जिल्ला पर्यटन समितिका अध्यक्ष राजु खड्काले भने, 'हाम्रा लागि यो वर्षको घुम्ने सिजन शुभ रहने सङ्केत मिलेको छ।'

पञ्चकोट, बागलुङ कालिका, बलेवा कालभैरव, भूमिगत शालग्राम सङ्ग्रहालयलगायत धार्मिक पर्यटकीय क्षेत्र खचाखच छन्। गलकोटको टेउवामा रहेको मूर्ति कार्यशाला, जैमिनीको हाँडीकोट र गाजाको दह, भकुण्डे भ्यूटावर, बागलुङ र पर्वत जोड्ने सिङ्गल स्पान प्रविधिको संसारकै लामो पुल ‘गण्डकी गोल्डेन ब्रिज’ गलकोट दरबार, गाईघाट झरनालगायत क्षेत्रमा असोज दोस्रो साता यता आन्तरिक पर्यटकको घुइँचो छ।

'व्यवसायीले पाएको कोरोना खोप र महामारीको दोस्रो लहर केही कम भएपछि पर्यटनमा आशा पलाएको छ', उनले भने, 'सुधारिएको अवस्था हो, सन्तुष्ट भइहाल्ने बेला आएको छैन, सजगता अपनाउँदै अझै मेहनत गर्नुपर्नेछ।' दसैँको मौकामा घुम्न आउने आन्तरिक पर्यटकका कारण यहाँका होटल र रेष्टुरेन्ट व्यवसायी उत्साही बनेका छन्। 
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस