फुकोट कर्णाली हाइड्रोको जिम्मा पनी भारतलाई
१७ चैत्र २०७९
•
२ मिनेट पाठ
फुकोट कर्णाली हाइड्रोको जिम्मा पनी भारतलाई
फुकोट कर्णाली हाइड्रो निर्माण स्थित कर्णाली नदी। तस्बिर: ललित विष्ट
कालिकोट जिल्लाको एक मात्र गौरवको आयोजना ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत् उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको छ।




अर्ध जलाशययुक्त (पिआरओआर) उक्त आयोजनामा ५१ प्रतिशत एनएचपिसीले लगानी गर्ने र ४९ प्रतिशत विद्युत् उत्पादन कम्पनीको लगानी हुने गरी कम्पनीले निर्णय गरेको कम्पनीका प्रबन्ध निर्देशक सूर्य रिजालले बताए। 

‘हाम्रो छलफल एक वर्षदेखि चलिरहेको छ। योभन्दा अगाडि पनि बोर्डले यो निर्णय पास गरेको थियो। हामीले निर्णय गरेर मात्रै हुँदैन। मन्त्रीपरिषदबाटै स्वीकृत हुनुपर्छ,’ उनले भने। रिजालका अनुसार यो निर्णय मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्रै कार्यान्वयनमा जान्छ। 

‘आज र भोलिमा हामी यो निर्णयलाई ऊर्जा मन्त्रालय पठाउँछौँ। मन्त्रालयले क्याबिनेटमा कहिले लैजान्छ र त्यहाँबाट कहिले स्वीकृत हुन्छ भन्ने विषयमा त हामीलाई जानकारी हुँदैन,’ उनले भने।  उनका अनुसार एनएचपिसीले गत वर्ष २०२१ को डिसेम्बरमा नै फुकोट कर्णालीमा लगानी गर्न प्रस्ताव गरेको थियो। 

विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन। पूर्व तयारी भएर निर्माणमा लैजान सक्ने अवस्थामा रहेको आयोजनामा लगानी नै जुटाउन नसक्दा दुई वर्षदेखि मुख्य संरचना निर्माणको काम सुरु हुन नसकेको हो। 

‘डीपीआर तयार अवस्थामा छ। एक्सेस रोड पनि पुगेको छ । कर्णालीमा राजमार्ग आसपासमै पर्छ। आयोजनालाई चाहिने अधिकांश जग्गा अधिग्रहण भइसकेको छ। बिडिङ डकुमेन्ट समेत तयार छ,’ आयोजना प्रमुख  हिरामान वाइबाले भने,’ वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन(इआइए) पनि तयार पारेर विद्युत् विकास विभागमा पठाएका छौँ। रेडी टु मुभको अवस्थामा छौँ। तर त्यसका लागि स्रोत छैन।’

मन्त्रीपरिषदबाट स्वीकृत भयो भने एनएचपिसीसँग जोइन भेन्चर लगानी सम्झौता गरिनेछ।  कर्णाली नदीमा पहिचान भएको फुकोट कर्णाली आयोजनामा ९२ अर्ब तीन करोड लागत लाग्ने यसको सम्भाव्यता अध्ययनमा उल्लेख छ। निर्माण सुरू भएको पाँच वर्षभित्र सक्ने उल्लेख छ।

यहाँबाट उत्पादन भएको ४८० मेगावाट बिजुली भारतमा बिक्री गरिनेछ। यो आयोजनाको बिजुली कर्णाली करिडोरको प्रसारणलाइनमार्फत् भारत लगिनेछ। कर्णाली करिडोरमा ४०० केभीको प्रसारण लाइन बनाउनका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले भारतीय कम्पनी कल्पतरूसँग सम्झौता गरिसकेको छ। 

पछिल्लो समय नेपालका ठूला जलविद्युत आयोजनामा लगानी गर्न भारतीय कम्पनीहरू इच्छुक देखिएका छन्। केही समय अघि ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना निर्माणका लागि पनि भारतीय कम्पनी एनएचपिसीसँग सम्झौता भएको छ। 

सम्झौतामा गत भदौ ४ गते लगानी बोर्डका सिइओ सुशिल भट्ट र एनएचपिसीका अध्यक्ष एके सिंहले हस्ताक्षर गरिसकेका छन्। यी आयोजनामा भारतले दुई खर्ब ८८ अर्ब लगानी गर्ने घोषणा गरेको छ। 

त्यस्तै, भारतले ९०० मेगावाटको अरूण तेस्रो निर्माणको जिम्मा पनि पाएको छ। ४९० मेगावाटको अरूण ४, ६७९ मेगावाटको तल्लो अरूण पनि भारतीय कम्पनीले नै जिम्मा पाएको छ।
अर्को समाचार
निरु विक हत्या प्रकरण: अनुसन्धान सुरु, १८ महिनापछि हत्या आरोपमा दुई जना पक्राउ
०९ फागुन २०७९
•
२ मिनेट पाठ
निरु विक हत्या प्रकरण: अनुसन्धान सुरु, १८ महिनापछि हत्या आरोपमा दुई जना पक्राउ
१८ महिना पछि घटनामा सङ्लन्न रहेका निरु विकको अन्टी र नातेदार दाइलाई पक्राउ गरी सावर्जनीक गदै। तस्बिर: ललित विष्ट कालिकोट
कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहाँस्थित गोरालवाडाकी १६ वर्षीय वालिका निरु विक हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। निरुको हत्या भएको १८ महिनापछि दुई जनालाई प्रहरीले पक्राउ गरी विस्तृत अनुसन्धान थालेको छ।




विशेष अनुसन्धान अधिकृतहरूलाई खटाएर अनुसन्धान गदै आएको प्रहरीले १८ महिना पछि घटनामा सङ्लन्न रहेको पुष्टि गदै दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा निरु विकको अन्टी खाँडाचक्र नगरपालिका–६ कै वर्ष ३० की कमला बिक र सोही ठाउँका दाइ नाता पर्ने वर्ष ४७ का हाल खाँडाचक्र नगरपालिका वडा नं ३ ताडी बस्दै आएका अने नेपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयश्वर रिमाले सुरु देखि अनुसन्धान गर्दा घटनामा सङ्लन्न छन्। भन्ने आधार भेटिएकाले अनुसन्धानमा राखेको र केही प्रमाण फेला परेपछि पक्राउ गरी अदालतबाट म्याद लिएर गरी विस्तृत अनुसन्धान सुरु गरेको बताए। उनले घटना अनुसन्धानमै भएकाले केही कुरा गोप्य राखिएको र केही दिन पछि सार्वजनिक गर्ने बताए।

७ महिनाको विशेष अनुसन्धान पछि प्रहरी सफल

घटनामा सङ्लन्न भएका प्रशस्तै प्रमाण भेटिएपछि विस्तृत अनुसन्धानको लागी पक्राउ गरेको डिएसपी जयश्वर रिमाले बताए। ‘आफू साउन २५ गते कालिकोट पुगेपछि २७ गतेबाट फाइलहरू हेरेर अनुसन्धान सुरु गरे।  उनले  भने ‘भदै ४ गते घटना स्थलमा पुगेर पहिलो पटक अनुसन्धान गरियो। त्यस पछि निरन्तर ३ पटक सम्म घटना स्थल पुगेर आन्तरिक अनुसन्धान गरी। २०७८ सालमा प्रदेश प्रहरीको टोलीले गरेको अनुसन्धान माथि पनि फेरी टोली बोलाएर थप  विवरण लागि  पुनः सिआईविको टोलिले विशेष अनुसन्धान गरी उनीहरु घटनामा मुछिएको हुन सक्ने प्रमाण भेटिएपछि  थप अनुसन्धानको प्रकृया थालेकाे छ।’

पक्राउ परेकी कमलाले भदौ ४ गते निरुवालाई ओढ्ने पछ्यौरी समेत दिएको खुलेको थियो। निरु विक २०७८ साल भदौ चार गते घरबाट साँझ निस्किएकी थिइन।  निरुको चार दिनपछि भदौ सात गते आधा शरीर जङ्गली जनावरले खाएको अवस्थामा शव फेला परेको थियो। घटनामा रबै प्रमाण मेटिसकेकाले प्रहरीलाई तत्काल अनुसन्धान गर्न असहयोग पुगेको थियो। यो घटना रहस्यमय भएको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले सुस्म अध्ययन गरिरहेको थियो।

यता,प्रहरी प्रशासनसहित विभिन्न सरोकारवाला निकायलाई दबाब दिन परिवार,दलित अधिकारकर्मी र सामाजिक अभियन्ताले पुस १३ गतेदेखि आन्दोलन सुरु गरेका थिए। ‘चे फोर्स नेपाल’ कालिकोटको अगुवाइमा १३ गते जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको थियो। त्यस्तै,उसले १४ गते निरूको न्यायका लागि १२ सय हस्ताक्षर संकलन,१५ गते दलित अधिकारकर्मी,मिडियालगायतका सरोकारवाला निकायको उपस्थितिमा सडक सभा र त्यसपछि मैनबत्ती ¥याली गरिएको थियो।  पटक पटकको दबाब पछि प्रहरीले यो घटनालाई निकै चासो दिएको चे फोर्स नेपालका हिक्मतजंङ मल्ले बताए।

प्रहरीले गिरफ्तार गरेर पक्राउ परेपछि अव न्याय पाउने आसा पलाएको बुवा रत्ने विकले बताए। उनले लामो समय न्यायको प्रखाईमा रहेको भएपनि अब न्याय पाइने आशा पलाएको  बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस