सुर्खेत–पूर्णिमा पछिल्लो दिनदेखि तीन दिनसम्म चल्ने ठाँटी मेला सुरु भएको छ। सुर्खेत, दैलेख र जाजरकोटको केन्द्रमा पर्ने मटेला बजारमा सुरु भएको ठाँटी मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीका साथै खुल्ला भलिवल र लोक दोहोरी प्रतियोगीता सञ्चालन गरिएको छ।
ठाँटी बजार व्यवस्थापन समितिको आयोजनामा हरेक वर्ष पूर्णिमाको एक दिनपछि तीन दिनसम्म मेला आयोजना हुने गरेको छ। मेलामा सुर्खेतसहित दैलेख र जाजरकोटबाट १६ वटा टीमले भलिवल प्रतियोगीतामा प्रतिष्पर्धा गर्ने छन् भने लोक दोहोरीमा आठ वटा टीमको सहभागीता रहेको छ।
आयोजक ठाँटी बजार व्यवस्थापन समितिका अध्यक्ष दीपबहादुर जिसीका अनुसार भलिवलतर्फ प्रथम हुनेलाई ४२ हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै लोक दोहोरीतर्फ प्रथम हुनेलाई १० हजार, द्वितीयलाई आठ हजार र तृतीयलाई पाँच हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ।
मेलाको मंगलबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले उद्घाटन गरे। उनले मटेला तीन जिल्लाको प्रमुख व्यापारिक केन्द्र बन्दै गएको यस्ता मेला र महोत्सवले यहाँको व्यापार–व्यवसाय बृद्धिमा सघाउ पुर्याउने बताए। उनले सुर्खेतका मात्रै नभएर छिमेकी जिल्ला दैलेख र जाजरकोटबाट पनि हजारौं मानिसहरु मेलाको अवलोकन गर्न आउने भएकाले पनि मटेला प्रमुख ब्यापारिक केन्द्र बनेको बताए।
अध्यक्ष अधिकारीले सुर्खेत उद्योग वाणिज्य संघले पनि मंसिर २३ गतेदेखि वीरेन्द्रनगरमा कर्णाली एक्स्पोको आयोजना गर्न लागेको जानकारी दिँदै सो एक्स्पोमा चिङ्गाड क्षेत्रमा लगानीको संभावना र अवसरका बारेमा छलफल गरिने बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलहरुले चिङ्गाड क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा आफूहरुले सघाउने बताएका थिए ।