उठ्नै सकेन पोल्ट्री व्यवसाय
१९ फागुन २०७९
•
५ मिनेट पाठ
उठ्नै सकेन पोल्ट्री व्यवसाय
फाइल तस्वीर
भरतपुरका टीकाराम पोख्रेलले एक वर्ष अघिसम्म हप्तामा ६० हजारसम्म कुखुराका चल्ला उत्पादन गर्दै आएका थिए। तर, आजभोलि उनले घटाएर २५ हजारसम्म चल्ला उत्पादन गर्ने गर्छन्। चल्लाको मूल्य घट्दै गएपछि पाख्रेलले उत्पादन घटाउँदै लगेका हुन्।




२०५४ सालदेखि यस व्यवसायमा लागेका पोख्रेलले शिवनगरमा २० करोडको लगानीमा ह्याचरी उद्योग खोलेका हुन्। यो अवधिको तीन वर्ष घाटामा भएपछि उत्पादन घटाउँदै लगेको उनी बताउँछन्।

‘कुनै समय ६० हजार चल्लासम्म उत्पादन गरेका थियौं, कोरोनापछि चल्लाको बिक्री हुनै छाड्यो,’ उनले भने, ‘अहिले बिक्री नभएपछि उत्पादन घटाएर २५ हजारमा झार्नुपरेको छ ।’ उत्पादन भएका चल्ला पनि घाटा खाएर दिन परेको उनले बताए।

ब्रोइलर कुखुराका चल्ला उत्पादन गर्न ६० रूपैयाँ लगानी लाग्छ। २० रूपैयाँमा पनि बिक्री हुँदैन,’ उनले भने, ‘व्यवसाय नै धरापमा छ ।’ उत्पादन कम हुँदै गएपछि उनले कामदारसमेत घटाएका छन्। कुनै समय २० जनासम्म कामदार राखेका उनले १० जनामा झारेको बताए। एक सातादेखि ब्रोइलर चल्ला ५० रूपैयाँमा बिक्री भएको बताए।

किसानहरू धमाधम घाटामा जान थालेपछि ह्याचरी उद्योगहरू बन्द हुन थालेका छन्। कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार, ब्रोइलरका चार सय ५० ह्याचरी उद्योग घटेर एक सय ५० मा झरेका छन्। १४ वटा लेयर्सका ह्याचरी उद्योग घटेर ३ मा झरेको उनले बताए। ‘खपत कम छ। ह्याचरीहरू धमाधम बन्द भएका छन्। हप्तामा ५५ लाख चल्ला उत्पादन हुने नेपालमा २५ लाख पनि छैन,’ उनले भने, ‘कोरोना महामारीसँगैै रुस र युक्रेनको युद्धको असर पोल्ट्री क्षेत्रमा देखिएको छ ।’

अहिले लेयर्सका चल्ला उत्पादन गर्ने व्यवसायी सबैभन्दा बढी मारमा परेका छन्। १ सय २५ रूपैयाँ लागतमा चल्ला उत्पादन गरेर किसानहरूले लेयर्सका चल्ला ५० रूपैयाँमा बेच्नुपरेको उनले बताए। किसानहरूले बिक्री नभएपछि चल्ला खाल्टोमा गाड्नेसमेत गरेका छन्। नेपालमा हप्तामा ४० लाख कुखुराका चल्ला आवश्यक छ। तर, उत्पादन भने हप्तामा ४५ लाख गर्ने क्षमता रहेको छ।

मासु र अन्डाको मूल्य पनि किसानहरूले पाएका छैनन्। नेपालमा दैनिक तीन लाख ५० हजार अन्डा उत्पादन गर्दै आएका विनोद पोख्रेल नौ रूपैयाँमा पनि अन्डा बेच्न सक्दैनन्। जब कि उनको लागत मूल्य १३ रूपैयाँसम्म पर्न आउँछ। तर, बजारमा १५ रूपैयाँमा अन्डा बिक्री भइरहेको छ। ‘सरकारले चार वर्षअगाडि अन्डाको समर्थन मूल्य प्रतिक्रेट चार सय रूपैयाँ तोकेको थियो। तर, अहिले प्रतिक्रेट २ सय ३० मा बेच्न परेको छ,’ पोख्रेलले भने, ‘त्यसयता दानाको मूल्य आकासियर कहाँ पुग्यो ।’ ब्रोइलर कुखुराको मासुको लागत मूल्य प्रतिकेजी २ सय ५० रूपैयाँ पर्ने किसानको दाबी छ। तर, अहिले एक सय ७० रूपैयाँमा बेच्नुपरेको उनले बताए। यद्यपि बजारमा भने उपभोक्ताले प्रतिकेजी ३ सय ८० रूपैयाँसम्म उपभोग गरिरहेका छन्। ‘हामीले लागत मूल्य नपाई बेच्न बाध्य छौं, उपभोक्ताले चर्को मूल्य तिरेर खानुपरेको छ,’ उनले भने ‘बीचको मार्जिन घटाउन सरकार लागेको खै।’

समग्र पोल्ट्री व्यवसाय नै धरापमा रहेको छ। कुखुरालाई खुवाउने दानाको मूल्य निरन्तर उकालो लाग्दा लागत मूल्य बढिरहेको नेपाल ह्यारी उद्योग संघका उपाध्यक्ष ज्ञानबहादुर विशुराल बताउँछन्। ‘एक वर्षको अवधिमा प्रतिकेजी ३० रूपैयाँसम्म दानाको मूल्य बढेको छ। तर, चल्लाको मूल्य बढ्लाभन्दा घट्छ,’ उनले भने, ‘लेयर्स कुखुरालाई खुवाउने दाना प्रतिकेजी ७० रूपैयाँसम्म पुगेको छ।

’तीन वर्षअघि सरकारले पोल्ट्रीमा आत्मनिर्भर रहेको घोषणा गरेको थियो। यहाँका व्यवसायीले पनि विगत ८ वर्षदेखि पोल्ट्रीमा आत्मनिर्भर रहेको बताउँदै आएका थिए। हाल नेपालमा पोल्ट्री क्षेत्रमा एक सय ५० अर्ब हाराहारीमा लगानी रहेको बताइन्छ। सस्तो कुखुरा भारतबाट भित्रने गर्दा किसान मर्कामा परेको ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेल बताउँछन्।

भारतीय सीमा क्षेत्रका खुला नाकाका कारण अवैध रूपमा चल्ला, कुखुरा, तयारी मासु र अन्डा भित्रिएका छन्, उनले भने, नेपाली उत्पादनले बजार पाएको छैन ।’ नेपाल सरकारले केही मात्रा कडाइ गरे पनि पूर्ण रूपमा लागु हुन सकेको छैन। नेपालमा नवलपरासी, सर्लाही, पर्सा, सिराहा, बाँके जिल्लाका नाकाबाट अवैध कुखुरा भित्रने गर्छन्।

भारत सरकारले किसानलाई छुट दिँदै आएको छ। जसका कारण उनीहरूसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न सकेका छैनन्। कृषिका कच्चा पदार्थमा भन्सार बढाएर सरकारले ९ प्रतिशत पुर्‍याएका छ। तीन वर्षअघिसम्म कृषिका कच्चा पदार्थमा सरकारले १ प्रतिशतसम्म भन्सार कर लिँदै आएको थियो। त्यस्तै पोल्ट्री सामग्रीमा २३ प्रतिशतसम्म भ्याट लगाउँदै आएको छ। जसका कारण व्यवसायीहरूलाई थप मर्का पर्दै आएको व्यवसायीको भनाइ छ।

पोल्ट्रीको ३० प्रतिशत हिंसा चितवनले ओगट्दै आएको छ। भारतबाट अवैध रूपमा चल्ला भित्रिएपछि यहाँका व्यवसायीले उत्पादन घटाउँदै लगेका हुन्। नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार कोभिड–१९ पछि पोल्ट्री व्यवसाय ४० अर्ब रूपैयाँ बराबरको घाटामा छ। खुल्ला सीमाका कारण भारतबाट अवैध भित्रने अन्डा, चल्ला र मासुलाई रोक्न नसक्दा यहाँका व्यवसायी समस्यामा परेको उनी बताउँछन्। ‘व्यवसायीक रूपमा ब्रोइलर पाल्नेलाई घाटा छ। चल्लाको त कुरा नगरौं। ५५ रूपैयाँमा उत्पादन गरेर १५ रूपैयाँमा बेच्न परेको छ। दाना उद्योग सुरक्षित थियो। यसको पनि बिक्री ह्वात्तै घटेको छ,’ उनले भने, ‘हाम्रो आन्तरिक नीति र खुला सीमाका कारण समस्यामा छौं ।’ पोल्ट्री व्यवसायीको समाधानका लागि छुट्टै ऐन ल्याउन उनले माग गरेका छन्। भारतबाट आउने पोल्ट्रीजन्य वस्तु रोक्न सके पहिलेकै अवस्थामा उत्पादन गर्न सक्ने उनले बताए।

नेपालमा २०१७ सालमा सरकारी स्तरबाट पोल्ट्री उद्योग खुलेको थियो। २०४७ सालपछि पोल्ट्री व्यावसायिक रूपमा अगाडि बढेको छ। अहिले देशको कुल ग्राहस्थ उत्पादन करिब ३ दशमलब ५ प्रतिशत पोल्ट्रीले योगदान दिँदै आएको छ। यसमा १ खर्ब ६० अर्ब रूपैयाँ लगानी भएको व्यवसायीको दाबी छ। ५ लाख परिवार पोल्ट्रीमा आश्रित रहेको अनुमान छ।  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस