विदेशी पर्यटक आगमनमा सुधार हुँदै, फेब्रुअरीमा ७३ हजार बढी पाहुना भित्रिए
१७ फागुन २०७९
•
३ मिनेट पाठ
विदेशी पर्यटक आगमनमा सुधार हुँदै, फेब्रुअरीमा ७३ हजार बढी पाहुना भित्रिए
विदेशी पर्यटक आगमनको सिजनको सुरुवाती चरण मानिन्छ फेबु्रअरी महिनालाई। डिसेम्बरदेखि जनवरीसम्म सुस्ताउने पर्यटन क्षेत्र फेब्रुअरी लागेपछि बिस्तारै उकालो लाग्न थाल्छ। पर्यटन आगमनको वृद्धिको त्यो लय यो वर्ष पनि निरन्तर देखिएको छ। आगमनको आकारको वृद्धिदर हेर्दा पर्यटन क्षेत्रले गति लिँदै गएको संकेत देखिएको पर्यटन बोर्डले बताएको छ।




कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाउने गरि यो फेब्रुअरीमा नेपालमा ७३ हजार २ सय ५५ जना विदेशी पर्यटक भित्रिएका छन्। सन् २०२२ को फेब्रुअरीको तुलनामा धेरै नै आकार बढ्नेगरि नेपालमा यो फेब्रुअरीमा पर्यटक भित्रिएको पर्यटन बोर्डले बताएको छ सन् २०२२ को फेब्रुअरीमा नेपालमा जम्मा १९ हजार ७ सय ६६ जना पर्यटक भित्रिएका थिए। नेपाल भित्रिएका यि सबै पर्यटक हवाई माध्यमबाट आएका हुन्।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सबैभन्दा बढी पर्यटक भित्रिएको वर्ष २०१९ को फेब्रुअरीको तुलनामा योवर्ष फेब्रुअरीमा पर्यटक आगमनमा ७२ प्रतिशत सुधार भएको छ। सन् २०१९ को फेब्रुअरीमा नेपालमा १ लाख २ हजार ४ सय २३ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यस्तै सन् २०२० को तुलनामा भने यो पटक ७५ प्रतिशत रिकभर भएको छ। सन् २०२० को फेब्रुअरीमा नेपालमा ९८ हजार १ सय ९० जना विदेशी पर्यटक भित्रिएका थिए। सन् २०२० मार्च पछि बल्ल पर्यटनमा कोरोना भाइरस संक्रमणको असर पर्न थालेको थियो। त्यसपछि आगमनमा गिरावट आउन थालेको थियो।

‘पोहोरको आगमनको तुलनामा यो वर्षको आगमनको आकार निकै नै माथि उक्लेको छ। पोहोरको संख्यामा भन्दा पनि सबैभन्दा बढी पर्यटक भित्रिएको वर्ष (२०१९)को आधारमा हेर्दा पनि रिकभर निकै नै राम्रो भएको मान्नुपर्छ,’ लामिछानेले भने, ‘पोहोरको आगमन त निकै नै कम थियो। बरु २०१९ र २०२० को तुलनामा यो पटक पर्यटक आगमनमा निकै नै सुधार भएको मान्नुपर्छ।’
 कोरोनाको सबैभन्दा बढी मार परेको वर्ष सन् २०२१ को फेब्रुअरीमा नेपालमा जम्मा ९ हजार २ सय ४६ जना विदेशी पाहुना भित्रिएका थिए। नेपालमा गत जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। यो फेब्रुअरीमा नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। भारतीयको संख्या १८ हजार ४ सय १ रहेको छ। त्यस्तै दोश्रो नम्बरमा अमेरिकी पाहुना नेपाल भित्रिएका छन्। अमेरिकी पर्यटकको संख्या ७ हजार ८ सय ८७ रहेको छ। तेश्रो नम्बरमा परेको थाइल्याण्डका ४८ सय २, चौथोमा परेको बेलायतका ४३ सय ४५ र पाँचौमा परेको दक्षिण कोरियाका ३२ सय ४६ जना पाहुना भित्रिएका छन्।

त्यस्तै अस्टे«लियाका २९ सय ६९ जना पाहुना भित्रिएर छैटौं नम्बरमा छ। सातौ नम्बरमा परेको चीनका २२ सय ६६ जना पाहुना भित्रिएका छन्। आठौंमा म्यानमारका २२ सय ३२, नवौंमा श्रीलंका २१ सय ७५ र दशौं नम्बरमा परेको जर्मनीका २१ सय ८ जना पाहुना नेपाल भित्रिएका छन।  

चिनियाँ पाहुनाको आगमन पनि बिस्तारै बढ्न थालेको लामिछानेले बताए। चीनले अघिल्लो महिना आफ्ना नागरिकलाई घुमघामका लागि विभिन्न २० मुलुक खुला गरेको थियो। त्यसभित्र नेपाल परेको थिएन। तरपनि समुहमा नभई व्यक्तिगत रुपमा चिनियाँ पर्यटक आउन थालेको लामिछानेले बताए। ‘चिनियाँ पाहुना समुहमा आएका छैनन। व्यक्तिगत (एफआईटी)हरु भने आउन थालेका छन । समुहमा खुलाएको भए यो आकार निकै नै माथि हुन्थ्यो,’ उनले भने, ‘व्यक्तिगत रुपमा भित्रिँदा पनि चिनियाँको आकार राम्रो देखिएको छ।’ चीनका विभिन्न सहरमा काठमाडौंदेखि सिधा हवाई उडान सुरु भएकोले चिनियाँको आगमन बिस्तारै बढ्न थालेको लामिछानेले बताए।  

पोखरामा माघ १ गते भएको हवाई दुर्घटनापछि विदेशी पर्यटक आगमन घटेको गुनासो व्यवसायीले गरिरहे पनि आगमनको संख्याले भने त्यो नदेखाउने लामिछानेले बताए। बरु पोखरा जाने विदेशी पाहुनाको संख्या केही घटेको हुनसक्ने उनले बताए। ‘नेपालभित्रै पाहुना नभित्रिएका होईनन, तर, दुर्घटनापछि पोखरामा भने पाहुना कम भएका हुन,’ उनले भने, ‘दुर्घटनाको असर नै नपरेको भन्ने होईन, केही त असर परेको थियो। तर, त्यसैका कारण पुरै गिरावट आएको भन्न मिल्नेगरि आगमन खस्किएको होईन।’
अर्को समाचार
विदेशी पर्यटक आगमनमा सुखद् संकेत
२० माघ २०८२
•
३ मिनेट पाठ
विदेशी पर्यटक आगमनमा सुखद् संकेत
सन् २०२६ को पहिलो महिना (जनवरी) मा नेपाल भित्रिएका विदेशी पाहुनाको आगमन संख्याले पर्यटन क्षेत्रमा आशावादी संकेत देखाएको छ। पर्यटन बोर्डका अनुसार जनवरी महिनाको आगमन (महिनाको आधारमा) अहिलेसम्मकै बढी हो।  




यो जनवरीमा मात्र नेपालमा ९२ हजार ५ सय ७३ जना विदेशी पाहुना हवाई मार्गबाट भित्रिएको पर्यटन बोर्डको भनाई छ। कोरोना भाइरस संक्रमण सुरु हुनुअघिको वर्ष २०१९ को जनवरीमा नेपाल भित्रिएका विदेशी पाहुनाको आकारलाई अहिलेसम्मकै बढी भनेर तुलना गर्ने गरिएको छ।  

२०१९ जनवरीको आगमनको आकारमा तुलना गर्दा यो जनवरीमा झन्डै १४ प्रतिशत आगमन बढेको बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बताए। २०१९ को जनवरीमा नेपालमा ८१ हजार २ सय ७३ जना विदेशी पाहुना भित्रिएका थिए।  

उनका अनुसार यो जनवरीमा भित्रिएका पाहुनाको आकार २०२५ को जनवरीको भन्दा १५ प्रतिशतले बढी हो। २०२५ को जनवरीमा नेपालमा ७९ हजार ९ सय ९१ जना विदेशी पाहुना भित्रिएका थिए। ‘सन् २०२६ को पहिलो महिनाको आगमनले विदेशी पाहुना आगमनले सकारात्मक संकेत दिएको छ। कुनै अवाञ्छित गतिविधि नहुने हो भने आगमन बढ्ने देखिन्छ,’ उनले भने, ‘सुरुवाती संकेत राम्रो देखिएको छ।’

उनका अनुसार यो महिनामा भारतीय पाहुनाको आगमनले पनि सकारात्मक संकेत देखाएको छ। सन् २०२५ मा भएको जेनजी आन्दोनलका कारण प्रभावित भएको भारतीय पाहुनाको आगमन पनि बढ्दै जाँदा वर्षको पहिलो महिनाको आगमनले सकारात्मक सुधार देखाएको उनले बताए।

‘नेपालले बढी संख्यामा विदेशी पाहुनाको आगमनमा आशा राख्ने मुलुक नै भारत र चीन हुन। तर, चिनियाँको आगमन उत्साहजनक नभएपनि भारतीयको आकारले भने गति लिएको छ,’ उनले भने।  
बोर्डका अनुसार २०१९ को तुलनामा जनवरीमा भारतीय पाहुनाको आगमनमा झन्डै ५० प्रतिशत नै वृद्धि भएको छ। २०१९ जनवरीमा नेपालमा जम्मा १७ हजार ६ सय ९० जना मात्र भारतीय पाहुना भित्रिएका थिए। त्यो आकार २०२५ मा बढेर २० हजार ४ सय ८५ पुगेको थियो। २०२५ जनवरीको तुलनामा २०२६ जनवरीमा भारतीयको आकार ३० प्रतिशतले बढेर २६ हजार ६ सय २४ जना भित्रिएका छन। ‘जेनजी आन्दोलनको प्रभाव नहुँदो हो त भारतीयको आकारले अझै उचाँइ लिने थियो। तर, अहिलेको आगमन पनि सन्तोषजनक नै हो,’ उनले भने।  

बोर्डका अनुसार नेपालमा जनवरी महिनामा भित्रिने विदेशी पर्यटक भित्रिने मुलुकमध्ये भारत पहिलो नम्बरमा छ। भारतबाट जनवरीमा २६ हजार ६ सय २४ जना पाहुना भित्रिएका छन। जनवरीमा भित्रिएका चिनियाँ आकार पनि अघिल्लो वर्ष (२०२५) को पछिल्ला महिना भन्दा केही बढेको छ। यो जनवरीमा चिनियाँको आगमन संख्या ९ हजार १ सय १ पुगेर दोश्रो नम्बरमा रहेको छ।

तेश्रोमा परेको अमेरिकाबाट ८ हजार ६ सय ४ जना पाहुना नेपाल भित्रिएका छन्। त्यस्तै चौथोमा परेको बंगलादेशी पाहुनाको संख्या ५ हजार ८ सय १४ जना पुगेको छ। पाँचौ नम्बरमा परेको अस्टे«लियाबाट जनवरीमा ४ हजार ९ सय ५७ जना पाहुना भित्रिएका छन।

बोर्डका अनुसार जनवरीमा सार्कका सदस्य मुलुकबाट भित्रिएका पाहुनाको आकार पनि २०२५ को जनवरीको तुलनामा २३ प्रतिशतले वृद्धि भएर ३६ हजार ३ सय ७५ पुगेको छ। त्यस्तै एशियाका अन्य मुलुकको आगमन पनि अघिल्लो वर्षको जनवरीको तुलनामा यो पटक भन्डै १९ प्रतिशतले २४ हजार १ सय ६१ पुगेको छ।

यूरोपियन मुलुक पाहुनाको संख्या भने अघिल्लो वर्षको जनवरीको तुलनामा १० प्रतिशतले बढेर यो जनवरीमा ११ हजार ४ सय १९ पुगेको पनि बोर्डले बताएको छ। अमेरिकी पाहुनाको आगमन संख्यामा भने अघिल्लो जनवरीको तुलनामा ३ प्रतिशतले मात्र बढेर झन्डै १० हजार पुगेको बोर्डको तथ्यांक रहेको छ।  
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १० सेकेन्ड अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
यो पनि पढौँ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस