बजारमा घट्यो भारुको मूल्य !
०७ फागुन २०७९
•
३ मिनेट पाठ
बजारमा घट्यो भारुको मूल्य !
बजारमा भारतीय रूपैयाँको मूल्य घटेपछि धनगढीस्थित एक पेट्रोल पम्पमा भारतीय रूपैयाँको कारोबार नगर्ने भन्दै टाँसिएको सूचना । तस्विर: पुष्पराज/नागरिक
केही महिना अघिसम्म भारतीय रूपैयाँ साट्न २ देखि ४ रूपैयाँसम्म यहाँका स्थानीय र व्यापारीहरूले तिर्नुपथ्र्यो। हिजोआज भने तिनै स्थानीय र व्यापारीले १ सय दरको भारतीय रूपैयाँ ५ देखि १० रूपैयाँ सस्तोमा कारोबार गरिरहेका छन्। एकाएक अनौपचारिक कारोबारमा भारतीय रूपैयाँको मूल्य सस्तिएपछि सुदूरपश्चिमको बजारमा हलचल मच्चिएको छ।  




आफूले बजारमा सामान किन्दा १० रूपैयाँ घाटा खाएर एक सय भारतीय रूपैयाँलाई एक सय ५० मा कारोबार गरेको धनगढीका मनोज जोशीले बताए। उनले भने, ‘किराना पसलमा खाद्यान्न किन्दा भारतीय रूपैयाँ ५ सय दिँदा त्यसको मूल्य ७ सय ५० रूपैयाँ मात्र उपलब्ध गराउन व्यापारीले माने। जबकी भारतीय ५ सय रूपैयाँको ८ सय रूपैयाँ हुन्छ।’ केही वर्ष अघिसम्म उपचार गर्न तथा अन्य कामले भारत जाँदा तिनै नेपाली व्यापारीहरूले भारतीय रूपैयाँ साट्न ४ रूपैयाँसम्म लिएको उनले बताए। उद्योग वाणिज्य संघ कैलालीका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले १५÷२० दिन यता सुदूरपश्चिमको बजारमा भारतीय रूपैयाँको कारोबार माइनसमा हुन थालेको बताए। उनले भने, ‘अहिले बजारमा एक सय भारतीय रूपैयाँको कारोबार गर्दा नेपाली रूपैयाँ १५० देखि १५५ मा मात्र साटिन थालिएको छ।’ नेपाली र भारतीय मुद्राबीच दशकौंदेखि विनिमय दर स्थिर रहँदै आएको छ। नेपालमा १ सय भारतीय रूपैयाँको १६० नेपाली रूपैयाँ तिर्नुपर्छ। नेपाल राष्ट्र बैंकमा १ सय रूपैयाँका नोट मात्र कारोबार हुने गरे पनि बजारमा १ सय रूपैयाँ भन्दा ठूला नोट पनि अनौपचारिक रूपमा कारोबार हुँदै आएका छन्।  

नेपाली रूपैयाँको मूल्य बढी भएर भारतीय रूपैयाँको मूल्य घटेको जस्तो देखिए पनि वास्तविकरूपमा त्यसो नभएको अर्थविद्हरूको भनाइ छ। ‘व्यापार घाटा पहिलेको भन्दा बढेकै छ, निर्यात र आयातको अवस्था पनि उस्तै छ,’ कैलाली बहुमुखी क्याम्पसका उप प्राध्यापक तथा अर्थशास्त्री राजेन्द्रवीर चन्द भन्छन्, ‘माग र आपूर्तिको सिद्धान्त बमोजिम भारतीय मूल्य सस्तो भएको देखिँदैन।’ तस्करी, हुण्डीलगायतका अवैध कारोबारले नेपालमा अवैध मानिएका ठूला भारतीय रूपैयाँका नोटको संख्या बजारमा बढेकाले भारतीय रूपैयाँको कारोबार सस्तिएको अर्थशास्त्रीहरू बताउँछन्। नेपालको निर्यात नबढे पनि भारतीय रूपैयाँको कारोबार सस्तोमा हुनुको यकीन कारण भने खुल्न सकेको छैन। अर्थविद्हरूले अवैध कारोबारका कारण यो अवस्था सिर्जना भएका आँकल गर्न थालेका छन्।  

सुन तस्करी, सुपारी तस्करी, केराउ तस्करी, चरेश लगायतका अवैध सामग्रीहरूको कारोबारबाट प्राप्त भारतीय ठूला नोट नेपाली बजारमा भित्रिएकाले एकाएक भारतीय रूपैयाँको मूल्यमा गिरावट भएको अर्थविद्हरूको विश्लेषण छ। ‘अवैध कारोबार नै यसको मूख्य जड हो,’ अर्थशास्त्री चन्दले भने।  

सुदूरपश्चिमबाट सबैभन्दा बढी रोजगारीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन्। यकीन तथ्याङ्क नभए पनि सुदूरपश्चिमका करिब ७ लाख नागरिकले भारतमा मजदुरी गर्ने गरेको अनुमान गरिएको छ। भारतमा मजदुरी गर्नेमध्ये अधिकांश सस्तो मूल्यमा श्रम बेच्ने गर्छन्। बजारमा भारतीय रूपैयाँको कारोबार सस्तिएपछि आफ्नै ठाउँमा जिविकोपार्जन गर्ने उपाय नभएपछि सस्तोमा मजदुरी गरिरहेका मजदुरहरू पनि भारतीय रूपैयाँ कम मूल्यमा कारोबार हुँदा प्रत्यक्ष मारमा परेका छन्। ‘नेपालमा भारतीय रूपैयाँ कम मूल्यमा साटिन थालेपछि हामीहरूले सापट लिएको पैसा फिर्ता गर्नुपर्दा बढी रूपैयाँ तिर्नु परेको छ,’ सुरेश साउदले भने, ‘भारतमा पसिना बगाएर जम्मा गरेको रूपैयाँ पनि घट्दा हामीलाई मर्का परेको छ।’ 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस