नेप्से परिसूचक लगातार आरोलोतर्फ
०४ फागुन २०७९
•
२ मिनेट पाठ
नेप्से परिसूचक लगातार आरोलोतर्फ
साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर राताम्मे भएको छ । बुधबार १३.९० अंकले नेप्सेपरिसूचक घटेर २०९१.५६ बिन्दुमा झरेको छ। बुधबारको सेयर कारोबार भने निकै उतारचढाव रह्यो। सुरुकै चरणमा २११७.७६ बिन्दुमा पुगेको नेप्से परिसूचक कारोबार बन्द हुने बेला २०९१.५६ बिन्दुमा झरेको थियो। बुधबार ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७३ करोड २५ लाख ७५ हजार २ सय २ रूपैयाँको कारोबार भएको छ। बुधबार ३७ कम्पनीको सेयर बढ्यो भने १७६ कम्पनीको सेयर घटेको छ। ३ कम्पनीको सेयर स्थिर रह्यो।




नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेका तीनवटै सूचक बुधबार घटेर राताम्य भएका थिए। सेन्सेटिभ सूचक १.५५ अंक, फ्लोट सूचक १.०७ अंक र सेन्सेटिभ फ्लोट सूचक०.७६ अंकले घटेका छन्। १३ वटा उपसूचकमध्ये उत्पादन तथा प्रशोधनबाहेक अन्य १२ वटै उपसूचक घटेका थिए। उत्पादन तथा प्रशोधनतर्फको उपसूचक ४८. ५३ अंकले बढेको छ। सबैभन्दा घट्ने उपसूचकमा जीवन बीमा परेको छ। सो उपसूचक ११६.३९ अंकले घट्यो। निर्जीवन बिमातर्फ ७२.११ अंक, होटल तथा पर्यटनतर्फको उपसूचक ४०.८१ अंक र माइक्रो फाइनान्सतर्फको उपसूचक ३०.४७ अंकले घटेको छ। बुधबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा युनिलिभर नेपाल कम्पनी रह्यो।

सो कम्पनीको सेयर ८.५४ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी बाराही हाइड्रोपावर कम्पनीको सेयर ७.५० प्रतिशत, कर्पोरेट विकास बैंकको सेयर भने ४.१७ प्रतिशतले वृद्धि भएको छ। बुधबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा गरिमा डिबेञ्चर कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.९७ प्रतिशतले घटेको छ। त्यसैगरी विजय लघुवित्त कम्पनीको सेयर ४.७६ प्रतिशत, माहुली लघुवित्त कम्पनीको सेयर ४.४८ प्रतिशतले घटेको छ।

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्सेपरिसूचक १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा झरेको थियो। सो दिन ४६ लाख ८५ हजार ८ सय ९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७८ करोड ७० लाख १६ हजार ३ सय ७२ रूपैयाँको सेयर कारोबार भएको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ बिन्दुमा झरेको थियो। सो दिन ८१ लाख ३९ हजार ८ सय ४० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८ सय १२ रूपैयाँको सेयर कारोबार थियो।
अर्को समाचार
नेप्से परिसूचक लगातार आरोलोतर्फ
०४ फागुन २०७९
•
१ मिनेट पाठ
नेप्से परिसूचक लगातार आरोलोतर्फ
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिकपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ।




मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको ४ कारोबारमा नेप्से परिसूचक ११२.२२ अंक घटेको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१.१५ अंक घटेर २०७०.४१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंकले घटेको छ।

बिहीवार कारोबारमा आएका २६५ कम्पनीको ४७ लाख ४७ हजार कित्ता शेयर १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधवारको तुलनामा बिहीवार नेप्से कारोबार रकम पनि गिरावट आएको छ। बुधवार १ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको थियो। 

बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ। त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ। 

बिहीवार नेप्से परिसूचकमा गिरावट आएपनि सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ७.६५ प्रतिशत बढेको छ। त्यस्तै, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य ५.२३ प्रतिशत बढेको छ। तर यता, युनिलिभर नेपालको शेयरमूल्य ५.९१ प्रतिशत घटेको छ। बिहीवारको कारोबारमा हिमालयन डिस्टिलरी कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस