भूमाफियाको चंगुलमा फसेर जमिन्दारका सन्तान बने भूमिहीन
२६ माघ २०७९
•
७ मिनेट पाठ
भूमाफियाको चंगुलमा फसेर जमिन्दारका सन्तान बने भूमिहीन
खक्रौलारोडसँगै जोडिएको पीडितको जमिन।तस्बि: योगेश/नागरिक
टीकापुर नगरपालिका–४ मौरानियाको एक जमिन्दार परिवार भूमाफियाको चंगुलमा फसेर भूमिहीन बन्न पुगेको छ।भूमाफियाले कृत्रिम अंशियार खडा गरेर उनीहरूको सबै जमिन सखाप पारिदिएका छन्।  




२०२१ सालतिर स्थानीय जितौं डगौरा थारूसँग ३० विगाह जमिन थियो। उनका छोरा पतिराम र नाती माघुसम्म पुग्दा पनि जमिन यथावत नै थियो। माघुका ७ छोरा र १ छोरी छन्। त्यतिञ्जेल उनीहरूको अर्को कुनै अंशियार थिएनन्।  

२०३५ सालमा माघुले आफ्नो घरमा काम गरेर रिझाएको भन्दै सोमै थारु, छेदु थारु, सोमल थारुलाई २ बिगाह १८ कठ्ठाका दरले जमिन बकसपत्र गरेर दिए। सोही वर्ष छेदुलाई थप १० कठ्ठा र पहरा थारूलाई १० कठ्ठा जमिन बकसपत्र गरे।  

सो बकसपत्रमा सोमैका बुबाको नाम चोदु, छेदुका बुबाको नाम माघु र सोमलका बुबाको नाम दरउपाल उल्लेख छ। उनीहरू तीनैजनाका बाजेको नाम भने थाहा छैन भन्ने उल्लेख छ। बकसपत्रमा बाजेको नाम थाहा छैन भनेर उल्लेख भएका आधारमा उनीहरू माघुका अंशियार हैनन् भन्ने स्पष्ट हुन्छ।  

तर अहिले उनीहरूलाई भूमाफियाहरूले माघुका अंशियारका रूपमा स्थापित गरिदिएका छन्। उनीहरूलाई अंशियार स्थापित गर्नमा स्थानीय जनप्रतिनिधि, मालपोत कार्यालय र अदालतसमेत संलग्न रहेको पीडित पक्षको आरोप छ।  

उनीहरूबीचको अंश मुद्दा जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चमा पुगेको थियो। सर्वोच्चले २०७३ मंसिर १५ गते अन्तिम फैसला गरेर कृत्रिम खडा गरिएका अंशियारलाई अंश दिनु भनेको छ। सर्वोच्चको सोही फैसलालाई आधार मानेर कैलाली जिल्ला अदालतले २०७९ असोज ९ गते मालपोत कार्यालय टीकापुरलाई जग्गा फुकुवा गरिदिने सम्बन्धमा पत्राचार गरेको देखिन्छ। सो जमिन कृषि विकास बैंक, सेती फाईनान्स र सामुदायिक सहकारी सत्तीबाट रोक्का रहेको थियो। अदालतले माघुकी श्रीमती सुगिनका भागमा परेको जमिन रोक्का यथावत राखेर अर्को पक्षको सबै जग्गा फुकुवा गरि दाखिला गरिदिन भनेको छ।  

स्थानीयका अनुसार जितौंका एकमात्र छोरा पतिराम हुन्। वडा कार्यालयको सर्जमिन मुचुल्कामा समेत यो कुरा उल्लेख छ। तर पछिल्लो घटनाक्रमले उनका दुई छोरा थपिएका छन। भूमाफियाले भोदु र कुकुरालाई जितौंका छोरा भन्दै नक्कली अंशियार सावित गरे। पतिरामका समेत एकमात्र छोरा माघु हुन्। उनका समेत छेदु र भुखाली गरी दुई छोरा थपिए। छेदु र भुखालीका छोराहरूले भने आफूहरू जितौंका सन्तान नभएको बताउने गरेका छन्। उनीहरूले कैलाली जिल्ला अदालतमा समेत आफूहरू मात्रै नभई माघुका अरू कोही पनि अंशियार नभएको बयान दिएको पीडित मध्येकी टीका चौधरीले बताइन्। ‘उनीहरूले प्रष्ट भनेकै हुन्। तर अदालतले समेत उनीहरूको कुरा सुनेन,’ उनले भनिन्, ‘हाम्रो कुरा न्यायालयले सुनेन।’

आफूलाई जितौंको नाती भएको दाबी गर्दै अंशियार बनेका पहरा डगौरा थारुका विभिन्न कागजातमा बाजेको नाम छुट्टाछुट्टै उल्लेख छ। उनको नागरिकतामा बाजेको नाम झुक्रा छ। २०३८ सालको श्रेस्तामा बाजेको नाम पतिराम छ। २०५० को आपसी अंशबण्डा मुद्दामा बाजेको नाम बिछुवा छ।अन्य कृत्रिम अंशियार बनेकाहरू समेत पहराकै आफन्त हुन्।  

‘उनीहरू हाम्रा अंशियार नै हैनन्’ टीका चौधरीले भनिन्, ‘यदि अंशियार भए उनीहरूका बुबा र बाजेले किन अंश मागेनन् ? अहिले अंशियार बनेका नाती पुस्ता हुन्।’

यो कुरा वडाध्यक्ष लालवीर चौधरी समेत स्विकारछन्। उनी यसअघिको कार्यकालमा पनि वडाध्यक्ष थिए। उनलाई यस घटनाका बारेमा धेरै कुराको जानकारी छ। तर उनले दुवै पक्षलाई आपसमा लडाउने काम गरेका छन। वडा कार्यालयबाट दुवै पक्षलाई अनुकुल हुने सिफारिस गरिदिएका छन्। उनले एकैदिन एउटै विषयमा दुवैपक्षलाई दुईथरी सिफारिस गरेको पाइएको छ।  

उनले २०७९ पुष १७ गते मालपोत कार्यालय टीकापुरलाई चलानी नं. १३६४ को एक पत्र पठाए। जसमा पहरा डगौरा थारुका तीनजना बाजे उल्लेख छन। सो पत्रमा उल्लेख भएअनुसार २०५० को अंशबण्डामा बाजेको नाम बिछुवा, सर्वोच्चको फैसलामा बाजेको नाम जितौं र २०३८ सालको बकसपत्रमा बाजेको नाम पतिराम छ।  

सोही दिन जोजससँग सम्बन्ध राख्दछ भन्दै चलानी नं. १३६६ को अर्को सिफारिस गरे। जसमा पहरा डगौरा थारुको बुबाको नाम झुकरा र बाजेको नाम बिछुवा हो भनेर कार्यालयमा निवेदन पेस भएकाले सोहीअनुसार कायमको लागि सिफारिस साथ अनुरोध छ भनिएको छ। यो सिफारिसले उनका एक मात्रै बाजे बिछुवा मात्रै हुन भन्ने पुष्टि हुन्छ।  

सोही वडाका कार्यवाहक वडाध्यक्ष प्रेमलाल चौधरीले २०७९ पुष १४ गते पहरा डगौरा थारुको पक्षमा मालपोत कार्यालय टीकापुरलाई सिफारिस गरिदिए। चलानी नं. १३५८ को पत्रमा पहरा डगौरा थारुको जग्गाधनी प्रमाणपुर्जामा बाजेको नाम उल्लेख नभए पनि २०२१ फागुन ७ गतेको मोही लगत र सर्वोच्चको फैसलामा बाजेको नाम जितौं भएको व्यहोरा उल्लेख छ। सिफारिस पत्र हेर्दा वडाध्यक्ष र कार्यवाहक वडाध्यक्षको राय एकापसमा बाझिन्छ।  

पछिल्ला दुईवटा सिफारिसमा पहरा डगौरा थारुको बाजेको नाम बिछुवा हो भनेर सिफारिस गरेका वडाध्यक्ष चौधरीले २०७९ असोज ३१ गते मालपोत कार्यालय टीकापुर पठाएको चलानी नं. १०८० को पत्रमा बाजेको नाम कायम गर्दा विवाद देखिएकोले बाजेको नाम कायम नगरिदिनु भनेका छन। उनले एकदिन अघि मात्रै २०७९ असोज ३० गते पहरा डगौरा थारुको बाजेको नाम जितौं डगौरा थारु हो भनेर मालपोत कार्यालय टीकापुरलाई सिफारिस गरेका थिए।  

एउटै विषयमा फरकफरक सिफारिस गरेर उनले दुवै पक्षलाई आपसमा लडाउने काम गरी भूमाफियालाई सहयोग गरेको पीडित पक्षको आरोप छ। वडाध्यक्ष चौधरीले भने अदालतको आदेश अनुसार सिफारिस गरेको दाबी गरेका छन्। तर उनको सिफारिस अदालतको आदेशविरुद्ध देखिन्छ। उनले फरकफरक व्यहोरा उल्लेख गरेर सिफारिस गर्नु कमजोरी भएको स्विकारे। ‘कतिपय कुरा व्यवहारिक रूपमा गरेको हुँ,’ उनले भने, ‘यसमा मेरो कुनै स्वार्थ छैन।’

तर रहस्यको कुरा वडाध्यक्ष चौधरीले जतिसुकै सिफारिस गरे पनि मालपोत कार्यालय टीकापुरमा प्रमाणका रूपमा भने कार्यवाहक वडाध्यक्षले गरेको सिफारिस मात्रै पेस भएको देखिन्छ। उनले गरेका सिफारिस दुई पक्षलाई उक्साउन मात्रै प्रयोग भएका छन्। सो जमिनको लामो समयदेखी मालपोत नतिरेको बताईन्छ। मालपोत तिर्न पाउँ भन्दै कृत्रिम अंशियारले दिएको निवेदनमा वडाध्यक्ष चौधरीले मालपोत तिरिसकेको भन्दै दरपिट गरिदिएका छन्। सोही प्रमाणका आधारमा जग्गा नामसारी भएको देखिन्छ। मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले वडाध्यक्षले दरपिट गरेको निवेदन अनुसार मालपोत तिरेको ठहरिने बताए।  

पीडित पक्षले मालपोत कार्यालय टीकापुरको समेत भूमाफियासँग मिलेमतो रहेको आरोप लगाएका छन्। उनीहरूले आफूहरूसँग कुनै सरसल्लाह नगरेरै कृतिम अंशियारका नाममा जग्गा दर्ता गरिदिएको बताएका छन। ‘हामीसँग कुनै सरसल्लाह नै गरिएन’ जितबहादुर चौधरीले भने, ‘कम्तिमा कित्ताकाट गर्दा नरमगरम बमोजिम हुनुपर्ने हो। त्यसो भएन।’

मालपोत कार्यालय प्रमुख चन्दले अदालतको आदेश अनुसार नै काम गरेको दावी गरे। उनले मालपोत कार्यालयको यसमा कुनै संलग्नता नरहेको बताए। ‘हाम्रो कुनै संलग्नता छैन। अदालतले जे भनेको छ। सोहीअनुसार गरेका छौं,’ उनले भने, ‘अदालतले फैसला गरेको कुरामा हामी कुनै कुरा तलमाथि गर्न पनि सक्दैनौं।’

अदालतको आदेश अनुसार सबै जग्गालाई तीन भाग लगाईयो। माघुकी श्रीमती सुगिनको नाममा १४ कठ्ठा मात्रै बच्यो। उनीहरूका अनुसार त्यो जमिन समेत लामो समय अदालतमा मुद्दा लड्दा लागेको ऋण तिर्न बेच्नु पर्यो। माघुका चारजना छोराको बस्ने बास समेत बचेन। रामबहादुर, तेजबहादुर, जितबहादुर र रामकृष्ण भूमिहिन भएका छन् भने बालकृष्णसँग ३ कठ्ठा र गोपाल र डगरामसँग बस्ने बास मात्रै बचेको छ। अदालतले कृषि विकास बैंकको १० लाख र सेती वित्तीय संस्थाको ५ लाख ऋण समेत उनीहरूले पाएको जग्गामा सारिदियो।उनीहरूसँग व्यक्तिसँग लिएको ऋण पनि छ। कतिपय साहु महाजनले उनीहरूसँग चर्को ब्याज असुलेका छन्। कतिपयले मुद्दा मिलाईदिने भन्दै रकम असुलेको जितबहादुर बताउँछन्। उनले अझै लाखौं ऋण तिर्न बाँकी रहेको बताए।  

पहरा डगौरा थारुले प्राप्त जग्गा बेचिसकेका छन्।उनले प्राप्त गरेको कित्ता नं. ९०२ को १ विगाह १४ कठ्ठा ३ धुर मध्ये सबै जमिन बेचेका छन। सो जमिन २०७९ माघ २३ गते कञ्चनपुरको महेन्द्रनगर–१ ठेगाना भएकी द्रोपती चन्दका नाममा नामसारी भएको मालपोत कार्यालय टीकापुरको रेकर्डमा उल्लेख छ। कित्ता नं. ९०३ अन्तर्गत अतवारी सहित सात जनाका नाममा रहेको १ विगाह १४ कठ्ठा ३ धुर जमिन भने यथावत छ। सो जमिनसमेत बिक्रीको तयारीमा रहेको स्रोतले बताएको छ। यो निकै महत्वपूर्ण जमिन हो। यो जमिन टीकापुर–खक्रौला सडकसँगै जोडिएको छ। खेतीयोग्य हुनुका साथै उद्योगधन्दा स्थापनाका लागिसमेत जग्गा निकै उपयुक्त छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
२५ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस